बस्नको लागि सबैभन्दा उपयुक्त ठाउँ भनेको पहिलेको समयमा सहर थियो भने अहिले गाउँ भएको छ। त्यो पनि पहाडका खेती नहुने खालका जग्गाहरूमा हलुका तौल भएका आधुनिक प्रविधि प्रयोग गरिएका र स्थानीय साधन प्रयोग गरिएका सामग्रीले बनेका घरहरू नै हुन्। किनकि अत्यन्त महत्वपूर्ण ठानिएका तीनवटा प्रमुख आवश्यकताहरू रोड अस्पताल बिजुलीबत्ती इन्टरनेट उपलब्ध भएको ठाउँमा गाउँमा नै बस्नु उपयुक्त हुन्छ। त्यहाँ मान्छेमाथि मान्छे खप्टिएर बसेका हुँदैनन् हावापानी शुद्ध हुन्छ। दीर्घजीवी बन्दछ।
यस्तो अमूल्य ज्ञानको जगेना सरकारी तवरबाट त अहिले हुन सकेको छैन। तर हरेक व्यक्तिले सुनेर आफ्नो भान्सामा भएका मसलाहरु को सही सदुपयोग गर्ने, आफ्नो वरिपरि रहेका जडीबुटीहरूको पहिचान गरेर आउने पुस्तालाई हस्तान्तरण गर्ने भने अवश्य पर्दछ। यो नै नेपालको समृद्धिको आधार हो। नेपालका पहाडहरूमा १५ मिटर चौडा सडक र ४० / ५० तले भवन हुनु भनेको समृद्ध हुनु होइन। त्यो त झन् बरु दुर्घटना निम्त्याउने निम्तो मात्र हो। त्यसैले नेपालको समृद्धि भनेको सानासाना आकारका हलुका तौल भएका घरहरु, कमला पहाडले थाम्ने किनारा तथा छेउ छेउमा रोपिएका बर पिपल लगायतका औषधीय गुण भएका वृक्षरोपण गरिएका तीन चार मिटर चौडा बाटा हुन्। तर हामीलाई शिक्षाको नाममा यस्तो कुशिक्षा दिएको छ कि कसरी भागेर अमेरिका जाने, कसरी अरुको नोकर बन्न सक्ने, कसरी दलाल बन्न सक्ने, मानसिकता स्थापना गरिएका छन्।
Radhey Radhey Radhey Radhey Radhey Radhey Radhey Radhey 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹💞 Hare Ram Hare Ram Ram Ram Hare Hare Hare Krishna Hare Krishna Krishna Krishna Hare Hare 🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🙏🌹🙏🌹🙏💞