Тёмный
पाँचपोखरी थाङ्पाल गाउँपालिका
पाँचपोखरी थाङ्पाल गाउँपालिका
पाँचपोखरी थाङ्पाल गाउँपालिका
Подписаться
पाँचपोखरी गाँउपालिका नेपालको पूरानो प्रशासनिक विभाजन अनुसार मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा र हाल बागमती प्रदेश मा पर्दछ । पाँचपोखरी यो पालिकाको नाम प्रसिद्द धार्मिक र पर्यटकीय स्थल पाँचपोखरी सँग जोडिएको छ । यो गाउँपािलकाको स्थापना २०७३ सालमा राज्यको पुर्नसंरचना सँगै भएको हो । पुर्वमा जुगल, पश्चिमा हेलम्वु गाउँपालिका उत्तर तर्फ रसुवा र लाङटाङ राष्ट्रिय निकुञ्ज साथै दक्षिण तर्फ मेलम्ची नगरपालिका पर्दछ । यो गाउँपालिकाका नामाकरण भएको स्थल पाँचपोखरी यहि पालिकाको वडा नं ३ भोताङको भौगोलिक क्षेत्र भित्रको राष्ट्रिय निकुञ्जमा पर्दछ । यो पालिकाको कुल क्षेत्रफल १८७.२९ बर्ग कि.मी. रहेको छ भने समुन्द्रि सतह बाट ४१०० मि.को उचाइमा यस पालिकाको उच्च भुभाग पाँचपोखरी पर्दछ । नेपाल सरकारको निर्णयअनुसार साविकका बाँसखर्क, बरुवा, भोताङ, थाङपालकोट, गुन्सा, थाङपालधाप, भोटेनाम्लाङ र लागर्चे गा.वि.स.हरू समेटेर पाँचपोखरी थाङपाल गाँउपालिका घोषणा गरिएको थियो ।
Комментарии