जुन देशका युवाले आफ्नै देशमा आफ्नो भविष्य देख्दैनन्, त्यो देशको भविष्य कहिल्यै उज्वल हुँदैन l आफुले जानेको नि:शुल्क सिकाउने र सिक्ने प्रयत्न। विश्व भर छरियका नेपाली तथा नेपाली भाषीहरुका लागी |
Dr. Dirgha Raj Joshi, PhD #Education: - Postdoctoral, National Institute of Health, USA - Ph.D. in Medicinal Chemistry, Yonsei University, Korea - MS Pharmacy, Medicinal Chemistry, Wonkwang University, Korea - Bachelor in Pharmacy, Pokhara University, Nepal - Diploma in Pharmacy, CTEVT, Nepal
#Research -1 USA patent, and 2 Korean Patents -11 Q1 ranked organic synthesis research articles, several reviews, and other articles, 700+ citations
#Volunteering/Leadership - President of the Society of Nepalese Students in Korea (SONSIK, 2021-22) - President of Crimson Association of Pharma Students (CAPS, 2013-14) - National Secretary of Pragyik Vidyarthi Parishad, Nepal (PVP, 2014-17)
पशुपतिको जात्रा सिद्राको बेपार कुनै इस्कान पन्थी पशुपति शिवको पूजा गर्न भनेर पोखरा र चितवनबाट या थानकोटबाटै पनि पशुपति परिसर काठमाण्डौँमा आउँदैन र सभक्ति पूजा गर्दैन । कुनै इस्कानपन्थी बोको लिएर या नरिबेलै लिएर भए पनि दक्षिणकाली देवीस्थान जाँदैन । कुनै इस्कान गणेश मूर्तिमा पाती चढाएर आत्मशान्ति लिने काम गर्दैन । ..... तर गत केही हप्ता अगाडि पशुपतिनाथको मन्दिर परिसरमा शिवभक्तमा के कमी थियो र "धर्म प्रचार" गर्न र हिन्दू धर्ममा आस्था बढाउन इस्कोनीय गीता लिएर कुद्छन् ? शिवलाई डेमीगाड भन्ने र बाइबलीय क्राइष्टलाई निःसंकोच प्रशंसा गरेर लेख्ने (११:५५) पुस्तक लिएर किन शिवभूमिमा जानु ? शिवपुराण र कुनै शैव ग्रन्थलाई उद्धृत गरेमा जातै जाने ठान्ने इस्कानको गीता (२:४०) ले कसरी Mark 8:36 वा Matthew 16:26 को उद्धरण गर्न पुग्यो ? यस्ता प्रश्न उठ्छन् नै र त्यसको जवाफ सम्बद्ध पक्षले दिई आगामी दिनमा सुध्रिँदै तेत्तीस कोटी देवताको साझा चौतारीलाई इस्कानीहरूले आफूलाई र अन्य हिन्दूलाई अब्राहमिक एकेश्वरी बनाउनुबाट बच्नु पनि पर्छ । कृष्ण भावना फैलाउन हाल इसाईकरण अन्धाधुन्ध भइरहेका क्षेत्रमा गएर प्रचार गर्नुपर्नेमा हिन्दू नै हिन्दू भएको समाजमा गएर भाँडभैलो किन गर्न ?
बर्तमानको नेपालमा यहांले प्रस्तुत गरेको जस्तो मैदानमा छैन। धर्मको मार्केटिङ अति भएको छ। चाउचाउ जस्तै। सबै मुद्रा बिनिमय शक्तिका आडमा भएका छन। संशोधनको अधिकार र कर्तव्यको पनि केही लक्षमन रेखा त होला नि। गीता - बेद हाम्रा मुल ग्रन्थ हुन। यति सानो भुगोलभित्र यत्रो ठुलो पन्थिकरणले समस्या ल्याएकै छ।
Christian lai kute desh ko arthatantra damadole hune. Tyasaile cheistian le Laash gade ni hunxa. Pakistan bata musalman ayera mandir bhitra nachera vedio khichera jada ni hune. Tara Krishna bhkata haru le kutayi khane. Yo ho Pashupati dham.