यरीक यरीक नुगेन रो भतिज, धर्म हराए भाषा सस्कार सस्कृती हराउछ ! भाषा सस्कार सस्कृती हराए !! हामी सिङगो जाति हराइनेछ !!! हामी याक्थुङ्बा वा लिम्बु जातीहरुको मून्धुम ,मौलिक पहिचान र लोप हुन लागेको बिशेस्ताहरुलाई सबै मिली जगेर्ना गरौ साथै देश तथा बिदेशी भुमिमा रहेका नया पुस्ताहरुलाई पनि चिनारी गराऔ । याक्थुङ मून्धुम भनेको यो अहीलेको बिज्ञान र प्रबिधी को बिकास हुनु भन्दा हजारौ बर्ष अगाडी मानब सभ्यता र बिकास का प्रश्न हरु खोज्ने क्रममा बिकास भएको हो । यो कुनै अमुक धर्मले वा कुनै बिज्ञानले दीएको नभई हाम्रो पूर्वजले छाडेको आस्था र बिश्वाश हो यो नै याक्थुङ्:सा हाम्रो पहीचान र चिनारी हो । मेन्नीम माङ् मेन्धाम माङ ताघेरानिवाभु युमा माङ ले सबै को रक्षा गरुन.