आज मैले मेरी आमा लाई अमेरिकी चिहानघर देखाउन लिएर आएँ किनकि उनले कहिल्यै चिहानघर देख्नुभएको थिएन, टेलिभिजनमा पनि होइन। मैले उहाँलाई भने, "यो अमेरिका को चिहानघर हो, जहाँ मानिसहरु मरेपछि गाडिन्छन्।" जबजब म बुवालाई सम्झिन्छु, म सधैं यहाँ आउँछु। आज मैले आमालाई पनि भने, "जब म बुवालाई सम्झिन्छु, म यहाँ आउने प्रयास गर्छु र यहाँ कति धेरै मानिसहरुले आफ्ना प्रियजन, परिवार, छोराछोरी गुमाएका छन् भनेर हेर्छु।" आज म र मेरी आमा दुबैजना बुवाको सम्झनामा रोयौं। मेरी आमाले पनि आफ्ना दिदीबहिनी र जीवनभर गुमाएका सबैलाई सम्झनुभयो। जिन्दगी कति अनिश्चित हुन्छ। म सबैलाई भन्न चाहन्छु, जबसम्म मानिसहरु जीवित छन्, उनीहरुलाई माया गर्नुहोस् र ख्याल राख्नुहोस्।
मेरो च्यानल हेरेर धन्यवाद! #bimakumaridura #nepali #nepalivlog #nepalese #momdaughter
26 сен 2024