#9857039341 #अलनेपालडेलीभरी
माडी टर्की फार्म पाल्पा
कुखुरा पालनमा सबै भन्दा ठूलो समस्या चल्ला हुर्काउन हो।जब राम्रो संग चल्ला हुर्काउन सकिन्छ अनि बल्ल बजार खोज्ने हो।चल्ला राम्रो संग हुर्काउन जानियो भने त्यो बल्ल राम्रो संग हुर्कन्छ र रोग हरु लाग्दैन।
कुखुराको तौल,रोग मा ध्यान दिनु छ भने चल्ला राम्रो संग हुर्काउन सिक्नुहोस्।
कुखुरा पालनमा घाटा चल्ला राम्रो संग हुर्काउन नजान्दा पनि हुने गर्छ।
पोल्ट्री क्षेत्रमा अहिले चलेको नराम्रो अवस्था।
बजार म खोजीदिन्छु तपाईं ढुक्क भएर पाल्नु भनेर 5000 चल्ला भिडाएर च्याप्प पैसा लिएर भोलि बाट ब्लक हान्दिने।
विश्वास गर्नेपनी उस्तै फेरि भनेको भरमा 4/5000 चल्ला एकै पटक हाल्ने।
त्यसले दिने लाइट कोइलर हो हाम्रो पियोर लोकल हो भनेर 5 पिस घाँटी खुइले भाले देखाएर महंगो मूल्यमा चल्ला भिडाउने अनि पियोर भन्न नछोड्ने।
जता गएर पनि पार्टनरसिप मा काम गरौं भनेर बीचमा आफ्नो हिसाब बुझेर फरार हुने
चल्ला एकदम सर्टेज भएको बेला दिनमा 7 पटक पोस्ट गरेर सबै मन त्यतै खिचेर पैसा हाल्न लगाएर चल्ला नदिने
चल्ला म संग जति पनि छ भनेर पैसा लिगेर चल्ला नदिने।
कुखुरा झ्याम झ्याम उठाएर पैसा नदिने ।
घरमै ह्याचरी राख्छु भनेर विद्युत कतिको जान्छ,विद्युतको स्रोत नमिलाई 300/500/1000 क्षेमता को मेसिन हालेर लगानी फसाउने ! २/३ महिना भन्दा बढी नचल्ने मेसिनहरु प्रयोग गर्ने अनि टाउको समाउने।। अनि ठग्यो भन्नपनी नछोड्ने
विदेशबाट नेपालमै केही गर्छु भनी आउने आएर नजानी नजानी काममा हात हाल्ने धेरै मेहनत पनि नगर्ने उता विदेशमा महिना मोरेर पैसा बुझ्ने बानी परेको यता लगानी हालेर टिक्न नसकी 1 वर्षमै सबै लगानी डुबाएर फेरि विदेश जाने
यी र यस्ता कुरा बेलैमा ध्यान दियो भने पोल्ट्रीमा अगाडि बढ्न सकिन्छ।।
आफू पहिला कति लागत बाट सुरु गर्ने हो सबै योजना नबनाई नचिनेको मान्छेले भनेको भरमा पुरै विश्वास नगरौं।
हरेक व्यवसाय गर्नु अगाडि बजार ठूलो कुरा हो ।
कसैले तपाईंको बजार खोज्ने ठेक्का लिँदैनन्।
आफै तातेर काम गर्नुपर्छ।
29 сен 2024