मचिनौं
किरात राई जाति भित्रको चाम्लिङ राई समुदायमा मुन्दुमी बिधि अनुसार मचिनौं राख्ने एक बिशिष्ट परम्परा रहिआएको छ । मचिनौ भनेको संस्कारगत नाम हो । कुल पित्रीको पुजा गर्दा नक्छौं हँसुमिले घरमूलीको नामबाट होइन मचिनौबाट कार्यसम्पन्न गर्दछ । मचिनौलाई खोलाटोला अनुसार मिचिनुङ, मिच्नुङ, मेचिनुङ आदि नामले पनि पुकारिन्छ ।
मचिनौं राख्ने केही अवस्थाहरु छन , पहिलो अवस्था भनेको एकाघरको परिवार छुट्टिएर अर्को चुला स्थापना गर्दा छुट्टिएर जाने घरमूलीको नाममा राखिन्छ भने अर्को भनेको जसको नाममा मचिनुङ छ त्यो व्याक्तिको मृत्यु भएमा मृतक पछिको दोस्रो वरियतामा रहेको व्याक्तिको नाममा मन्दुमी बीधिद्धारा बिधिपूर्वक मचिनुङ राख्ने चलन रहिआएको छ । त्यस्तै कुनै घरको पुरुष घरमुलीको निधन भएको तर उसको छोराहरु नभएको हकमा श्रीमतिको नाममा मचिनुङ राखिन्छ, साथै छोरीचेलीले घरजम नगरि छुट्टिभिन्न भई बसेमा छोरीचेलीको नाममा पनि मचिनुङ राख्ने चलन रहेको छ ।
मरौपरौ भईसकेपछि पुरानौ मचिनौ भएको मछामामा भएको माटोको जाँड राख्ने भाडा लुम्बुलाई यसो भन्दै हटाईन्छ ।
तपाई माछाकुमा हौ, अब आज यहाँ के गरौं के भनौ त, भन्दाखेरी हिजो हँछानाम राख्दा नै तपाईको पनि नाम राखेको थियौं , आजदेखी के गरौं भनौं त भन्दाखेरी, मान्छे भएर जम्मे पछि एक दिन, हरार्ईु जानु, झरि जानु नै पर्छ, र नै तपाई ।सुम्मैमा पनि खसि जानुभयो, हराईजानु भयो, ९सुम्मैमा भन्नाले राष्टेम्पाको चुलाको मिचिनुङ० र बाबै काका अब तपाईले चित्त दुखाउनु हुँदैन यो घरघरानको पनि माया गर्नु हुँदैन, आजदेखि तपाईँ सुम्मैमा राष्टेम्पा हराईजानु, खसिजानु भयो है, र माछाकुमा आजदेखि के भनौ त भन्दा खेरी घरघराना, छोरीचेली केटाकेटी, दरदाजुभाई, ईष्टमित्र आफन्त कसैको माया गर्नुहुँदैन है, आजदेखी माछाकुमावौ तपाईँको शिर ढल्यो, साथ सहयोग हट्यो, आजदेखी तपाईले चित्त नदुखाउनु, झरिजाने मरिजाने चोला नै हो । अब तपाईलाई यहाँबाट बाहिर लैजाँदैछौं है, आजदेखि तपाईँ यहाँ हुनुहुन्न है चित्त नदुखाउनहै भन्दै माछाकुमा लुम्बु बाहिर निकालिन्छ ।
त्यसपछि फेरी चुह्लामा गएर खसिजाने घरमुलीको नाममा राखिएको दायाहुईलुङको तीन चुला सुप्तुलुङ, मैयालुङ, छैकुलुङ मध्य मूख्य चुला सुप्तुलुङलाई नछौंद्धारा केही मुन्दुमी बिधिद्धारा रिसिया गाउँदै उखेल्ने काम गरिन्छ । उखेल्नु अगाडि अर्को चुला ढुङगा पनि खोजेर कुँदेर ठिक पारिएको हुन्छ । अनि नछौंले सबैलाई सम्बोधन गर्दै रिसिया फलाक्नु थाल्छ ।
नछौंले यसो भन्दै जान्छ बुढासुङ ध्याको, सिबिसुङ रेपाको कुनेउ, कुङ चैमा मिमै दानी, सायामी बतमी कुनेउ जन्मेपछि सबै मरिन्छनै, एकदिन धर्ति पनि फाटिजान्छ, ढुङगा पनि झरिजान्छ, घाम पनि डुब्छ, जुनतारा पनि हराईजाने नै हो, त्यसैले चित्त दुखाउनु हुँदैन है भन्दै मचिनौंलाई पुकार्दै सम्झाउँदै भन्छ अब चित्त नदुखाउ, घर घरान, दर दाजुभाई आफन्त इष्टमित्रको माया नगर, दुख नदेउ है भन्दै चुला उखेल्ने काम गरिन्छ र उखेलेको चुला र मछामाबाट ल्याएको लुम्बुलाई घर बाहिर केटाकेटीले नभेटने ठाउँमा लगेर राख्ने काम गरिन्छ ।
नयाँ मचिनौं राख्दा वंश भित्र अरुको संग नदोहोरिओस भन्ने मान्यता रहिआएको छ । मचिनौं के राख्ने भन्ने निर्णय भईसकेपछि भने
के भनौ त भन्दा खेरी रोगव्याधी आयो, रोगव्याधि आएपछि दुखबिमार लाग्यो र पो सुम्मैमा राष्टेम्पा खसिजानुभयो, भरिजानु भयो र पो मेरीलाबो, हर्रा, चोखो माटोपानिले चोखोनितो गरि आजदेनी तपाईलाई हँछाली तावाछालाई यहाँ राखेको छौ है, र तपाईको नाम हँछाली तावाछा राखिदिएको छौं है माछाक्मा हमौ । अव आज यहाँ के भनौ त भन्दा खेरी घरघरानमा रोगव्याधि आयो, रोगव्याधी आएपछि दुखबिमार भर्यौ र पो तपाईँलाई यो नाम राखिदिएको छौ । भरैभोली राहमपा सिप्सपमा नछौं लगाउँदा वा नछौंले सोध्दा रोग बिमार नलुकाई कन सबै भनिदिनुपर्छ है , अब तपाईलो चित्त दुखाउनी गर्नु भएन, चित्त दुखिहालेपनि हर्रा, अदुवा, चोखो माटो पानिले सफा गरि चोखोनितो गरि कुखुरा चढाईदिएको छौं है , आजदेखी हँछाली तवाछाको सिर नढलोस, साथ सहयोग मिलिरहोस, शिर ढले तपाईले उठाईदिनुहोस, सहयोग मागे सहयोग पुर्याईदिनुहोस, ज्ञान माग्छ ज्ञान दिनुहोस, धन माग्छ धन दिनुहोस, साखा सन्तान माग्छ साखा सन्तान दिनुहोस रोग बिमार आयो भने उतै उतै मन्साईदिनु है तयाहमा औं । ह्रँछाली तावाछाको माछाक्मा हमौ अव उप्रान्त नछौं बसाउँदा, नछुङले सोध्दा यो रोगब्याधि के कस्तो हो नछौंलाई सबै कहनु हाृस, देखाउनु होस खोलानाला धमिलो भयो भने सफा गरिदिनुहोस, है रोगव्याधि आयो भने नलुकाईकन भनिदिनुहास है भन्दै नयाँ मचिनुङ राखिन्छ । अनि कुख्रा काटेर भोग दिईन्छ ।
यो लुम्बुमा कुल पित्रीको काम गर्दालाई आवश्यकिय चोखो जाँठ बनाएर राखिन्छ र चलाउने चलन रहिआएको छ ।्
मछामा घरको अर्को कुनामा राखिन्छ, यसलाई जुठो पुरो नपारी चोखो तरिकाले राख्ने गरिन्छ । मछामा राख्दा चोखो जाँडको छोक्रा लगाईएको एउटा माटोमो घ्याम्पा, वाबु र अदुवा राखिन्छ ।
चुल्हामा मचिनौं राख्दा
नछुङले रिसिया गाउँदै घरगाउँ, ईष्टमित्र, पित्रिपुर्खा सबैलाई सम्बोधन गर्दै माहाबु ङ पापाबु ङ नामैबु ङ चेउ निछाबु ङ साकुवा दिकुवा चेउ आज ई मरौ परौ भयौं र पो यो नयाँ नाम हँछाली तावाछा राखिदिएका छौं । जन्मेपछि सबै मर्नुपर्छ, बाबा आमाको कोखबाट नै त्यस्तै लिएर आउनु भएकोले हँछाली सुम्मैमा खसिजानु भयो, संरारको रित नै यस्तै हो, लहै दायाहुईलुङ हँछाली तावाछालाई बल माग्छ बल दिनुहोस, धन बिद्या माग्छ सोही दिनुहोस, बुहारी माग्छ बुहारी दिनुहोस है भन्दै नयाँ मचिनुङ राख्ने चलन छ । यसपछि भने पृत्रि कार्य गर्दा नयाँ मचिनौ बाट गर्ने गरिन्छ ।
प्रस्तुत गरिएको भिडियो खोटाङ दिक्तले लफ्याङ दुभेको चाम्लिङ प्लम्हँछा वंश भित्रको हो । रित चलनमा खोलाटोला अनुसार केही फरक पर्न जान्छ । सोहि अनुसार बुझिदिनहुन अनुरोध छ ।
जनक राई
२०७८ बैशाख २२
यलेदोङ ५०८१
23 авг 2024