Тёмный

पहिरोको डरले पिरोलेको कफलकोट गाउँ (ग्राउण्ड रिपोर्ट) Baitadi-Dogadakedar 

Dibyastra TV
Подписаться 796
Просмотров 134
50% 1

समाचार संग सम्बन्धित भिडियो रिपोर्ट हेर्नुहोस !
बैतडी- श्रीमानले भारतमा मजदुरी गरेर कमाएको पैसाले किनेको घर सडकको चपेटमा परेपछि कफलकोटकी कौसा भाटका आँसु रोकिन्नन् । रात परेपछि गाईवस्तु घरमै छोडेर कौसा छिमेकीकोमा वास वस्न जान्छिन् । सडकले जोखिममा परेको घर बचाउन पटक-पटक वाल लगाउन आग्रह गरेपनि सडक भिडिजन कार्यालय मौन वसेको कौसाको गुनासो छ । ‘सडक हेर्न आएको प्रत्येक वेला घर जोगाइदिन आग्रह गरेपछि हुन्छ मात्रै भन्छन् गरिदिने कहिल्यै हैन् ।’ कौसाले भनिन् ।
अव्यवस्थित रुपमा खनिएको सडकले बैतडीको दोगडाकेदार गाउँपालिका- २ कफलकोट तल्लागाउँ पहिरोको जोखिममा छ । सडकले लगाएको ग्याभिङ वाल भासिएपछि सिंगो गाउँ जोखिममा परेको हो ।
अव्यवस्थित रुपमा खनिएको सडकले कफलकोटको तल्लोगाउँ पहिरोको जोखिममा छ । सडकले लगाएको ठुलो ग्याभिङवाल धसिएपछि यहाँका १० घर परिहरोको उच्च जोखिममा छन् । पुरानो ग्याभिङवालमै नयाँ ग्याभिङ थुपारिएपछि वाल भासिएको हो । जसका कारण सडक तलका तीन परिवार घरमा ताला लगाई छिमेकीकोमा वास बसिरहेका छन् ।
वाल भाँसिएपछि वस्ती जोगाउन माटो पन्छाउने काम भइरहेको डिभिजन सडक कार्यालयका प्रमुख मुकुन्द लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो ‘ग्याभिङ वाल भाँसीएको खबर आएपछि निर्माण कम्पनीलाई माटो पन्छाई सो क्षेत्रमा निरन्तर निगरानी गर्न भनेका छौँ ।’ वर्षात सकिएपछि ग्याभिङ हटाएर हुन्छ या कसरी वस्ती बचाउन सकिन्छ सोही अनुसार काम गरिने उहाँको भनाई छ ।
डिभिजन सडकले दिएको लाइन र निर्देशन अनुसारनै काम गरिरहेको निर्माण कम्पनीको दाबी छ । तर स्थानीयले भने निर्माण कम्पनीले ढुङ्गा निक्लने ठाउँमा आवश्यकता भन्दा बढी वाल लागएको तर वास्तविक आवश्यकता भएको ठाउँमा वाल लगाएर वस्ती तथा खेतहरु जोगाउने काम नगरेको आरोप लगाएका छन् । स्थानीय जयबहादुर भाटले भन्नुभयो ‘ठेकदार र सडक डिभिजनको मिलेमतोमा ढुङ्गा आउने ठाउँमा आवश्यकता भन्दा बढी ग्याभिङ थुपारेर क्वान्टिटि सक्ने काम भइरहेको छ ।
खेत त परको कुरा वस्ती जोगाउन समेत यिनिहरुले कुनै काम गरेका छैनन् ।’ जयबहदाुर भाटको दुईतले घर सडकले पुरेपछि अहिले अवशेस समेत मेटीने अवस्थामा छ ।
सडक निर्माणका क्रममा स्थानीका घरहरुमा भएको क्षतिको कुनै वास्ता गरिएको छैन् । केही परिवारका पुरै घर पुरिदा समेत सम्बन्धित निकाय मौन छ । यतिमात्रै होइन सिल्लेगडा कफलकोट सडकको कालोपत्रे गुणस्तर समेत निकै कमजोर छ । सडक आवश्यक भएको तर वस्ती जोगाएर सडक निर्माण गर्नुपर्ने यहाँका स्थानीयहरुको माग छ ।

Опубликовано:

 

11 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
Раскрыла секрет дочки!
00:37
Просмотров 384 тыс.
Charlie Chaplin's Modern Times Full Movie
1:27:18
Просмотров 342 тыс.