Тёмный

पहिरोले पृथ्वीराजमार्ग बन्द Prithvi Highway will be closed for three hours 

Amar Raj Naharki
Подписаться 2,6 тыс.
Просмотров 225
50% 1

पृथ्वीराजमार्गको मुग्लिन आँबुखैरेनी खण्ड बन्द
अमरराज नहर्की
तनहुँ, जेठ २७ गते । पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी खण्डमा यातायात आवागमन बन्द गरिएको छ ।
आँबुखैरेनी गाउँपालिका-४ साँखर ड्याम नजिक सडक भासिएकोले मर्मत गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो १ बजे सम्मको लागि बन्द गरिएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख सिनियर डिभिजन इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिनुभयो । साँघुरो सडक भएको र जुनसुकै बेला पनि पहिरो खस्ने जोखिम भएकोले बन्द गरी मर्मत गर्नु परेको उहाँले जानकारी दिनुभयो । सो अवधिभर सवारी साधनको व्यवस्थापनमा आवश्यक सहजीकरण गरिदिन प्रशासन र प्रहरीलाई कार्यालयले अनुरोध समेत गरेको छ ।
पहिरो नियन्त्रणको कार्य भइरहेको र हिल साइडमा चर्किएर बसेको चट्टानहरू ट्रिमिङ गर्नुपर्ने भएकाले सडक बन्द गर्नु परेको कार्यालयका इन्जिनियर कल्पना मिश्रले जानकारी दिनुभयो । विसं २०७९ जेठ २७ गते वर्षाका कारण उक्त ठाउँमा सडक भासिएको थियो । हाल भासिएको सडक मर्मतका लागि काम भइरहेको छ । निर्माण व्यवसायी जिएस इन्जिनियरिङ प्रालि भरतपुरले सडक मर्मतको काम गरिरहेको छ । मस्र्याङ्दी नदीदेखि नै पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार विसं २०७९ जेठ २७ गते वर्षाले उक्त ठाउँमा सडक भासिए पछि सडक मर्मत भइरहेको छ । एक साता अघि हावाहुरी सहित आएको पानीले सो क्षेत्रमा थप पहिरो गएकोले यातयात बन्द गरि मर्मत गर्नु परेको ज्ञवालीले बताउनुभयो । निर्माण व्यवसायी जिएस इन्जिनियरिङ प्रालि भरतपुरले सडक मर्मतको काम गरिरहेको छ । मस्र्याङ्दी नदीदेखि नै पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । सो खण्डमा बैकल्पिक मार्ग नभएकोले यात्रुलाई समस्या पर्ने भएको छ ।#amarrajnaharki # Prithivi Highway

Опубликовано:

 

13 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
India's 'village of widows'
10:43
Просмотров 26 тыс.
Exactly how Trump could ban abortion
10:32
Просмотров 439 тыс.
Tracking Hurricane Francine | September 12, 2024
10:00
Explaining A New Dynamic Kickoff | September 13, 2024
10:00
Should schools ban cellphones?
29:01
Просмотров 591
Macron Makes Barnier PM: What Happens Now?
10:47
Просмотров 140 тыс.