Тёмный

बित्थडचिर-८ बर्बेल्लका ब्रमस्थान गाउँको गौरा पर्व सम्बन्धि जानकारी तथा भकारी र मांगल फाग । 

surmasarobartv
Подписаться 683
Просмотров 53
50% 1

बित्थडचिर गाउँपालिका- ८ बर्बेल्का ब्रमस्थान गाउँमा गौरा पर्व २०८१ बिसर्जन गरिएको छ ।
मंगलबार गाउँ रहेको दुर्गा भगवती मन्दिरमा गौरा बिसर्जन गरिएको हो । गौरा पर्व भगवान विष्णुको आठौँ अवतारको रुपमा श्री कृष्णको जन्मदिनको अवसरमा मनाउने वार्षिक पर्व हो । विशेष गरि यस पर्वमा भगवान श्री कृष्णको पूजा आराधाना गरिन्छ । गौरा पर्व नेपालको एक उत्कृष्ट सांस्कृतिक पर्व र प्रतीक हो। भदौ महिनामा पर्ने यो पर्व नेपालको मध्ये पश्चिम र सुदुर पश्चिममा विशेष रुपले मनाइन्छ । यस पर्वमा शिव र पार्वतीको विशेष पुजा अर्चना गरिन्छ ।
भाद्र शुक्ल पञ्चमी देखि शुरु हुने गौरा पर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा भिजाउने गर्दछन् । त्यसैले यस पञ्चमीलाई बिरुडा पञ्चमी भनिन्छ । बिरुडा पाँच प्रकारका अन्नहरु (मास, केराउ, गहत, गहुँ र गुराँश) मिलाइ बनाइन्छ । भिजाइएको बिरुडा षष्ठीको दिन नजिकैको पवित्र धारा, पँधरो, कुवा आदिमा लगेर पखालिन्छ र घर ल्याइन्छ । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ मन्दिरमा भित्रयाउने चलन छ । गहुँ, धान र कुश मिलाएर गौरीको आकृति बनाइन्छ । व्रत बसेका महिलाहरुले गौरालाई घर तथा मन्दिरमा राखी कन्याको रुपमा पूजा गर्ने चलन छ ।
अष्ठमीको दिन व्रत वसेर गौरा पर्व मनाउने स्थलमा (गौरा खला) पार्वती र शिवको पूजा गर्ने परम्परा छ । यस पर्वमा शिव र पार्वतीको प्रेम र विवाहको स्मरण गर्दै व्रत बसी विधिपूर्वक शिव र पार्वतीको विशेष पुजा गरिन्छ । यस पर्वमा घमारी, फाग, देउडा जस्ता गीतहरु गाउनृे तथा देउडा खेल्ने गरिन्छ । प्राय जसो महिलाहरुले घमारी फागुजस्ता गीतहरु गाउने गर्दछन् भने पुरुषहरुले देउडा खेली रमाइलो गर्ने गर्दछन् । पञ्च अन्त भएको बिरुडालाई पूजापछि घरघरमा ल्याएर प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ ।गौरा पर्वको अन्तिम दिनमा गौरा सेलाउने गरिन्छ ।

Опубликовано:

 

18 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1   
Далее
What happened to my dad?! 😭🕊️🌍|Real Story
20:11
Gaura 2081 Attariya
32:56
Просмотров 199