Тёмный

शारीरिक अशक्त एक युवाको सहासिक जिवन संघर्ष 

K Anuragi
Подписаться 42
Просмотров 9
50% 1

३१ बर्ष अगि बर्दियामा जन्मिएका बालीराम थारु अहिले जिवन यापनका लागी काठमाण्डौमा पठाओ राइडरका रुपमा काम गरिरहेका छन् । बर्दियाको एक दुर्गम गॉउमा जन्मिएका बालिराम थारु १८ बर्षको उमेरमा घॉस झार्ने क्रममा रुखबाट खसेपछि अहिले कम्मरमुनीको भाग नचल्ने अवस्थामा छन् । सामान्य परिवारमा जन्मिएका उनले राम्रो उपचार नपाउँदा शारिरीक रुपमा अशक्त हुनुपरेको छ । उनका अनुसार उनले गॉउमै रहेर जिवन यापनको प्रयास नगरेका पनि हैनन् । मोबाइल तथा कमप्युटर संबन्धि प्राबिधिक तालीम लिएर उनले गॉउमै लघुबित्तबाट लोन लिएर मोबाइल मर्मत पसल पनि खोले तर लकडाउनका कारण उनको त्यो काम धरासायी हुँदै गयो । पछि त्यहि पसलका पनि महंगा महंगा सामानहरु सबै चोरी भयो । पसल चोरी भएपछि लघुबित्तको किस्ता तिर्न सकेनन् , लघुबित्तले पैसा उठाउने बहानामा मानसिक टर्चर एवम् प्रहरी लगाएर धाक धम्कि दिन थालेपछि उनि त्यहॉ बस्न सक्ने अवस्था रहेन । मोबाइल रिपियर सप चलाउँदै गर्दा उनले जोडेको चार पाङ्ग्रे स्कुटर नै उनको संघर्षको प्रमुख सारथि भैदियो ।
गॉउमा बस्न सक्ने अवस्था नभएपछि उनि त्यहि चारपांग्रे स्कुटर लिएर ३ दिन लगाई काठमाण्डौ आइपुगे । जसको आड भरोसामा काठमाण्डौ आएका थिए उसैले साथ छोडेपछि उनि बिचल्लीमा परे । आफुले जानेको सिप देखाएर काठमाण्डौका गल्लीहरुमा उनले जागिरका लागी प्रयास गरे तर उनको शारिरक अशक्तताका कारण कसैले उनलाई रोजगारी दिएन । त्यसपछि उनि त्यहि चार पांग्रे चलाएर पठाओ गर्ने निधो गरे । पठाओ चलाएर उनले जेनतेन जिवन चलाउँदै गए । २२ महिने छोरा र श्रिमतीसँग काठमाण्डौको भंगालमा एउटा सामान्य कोठामा रहेर जिवन यापन गरिरहेका बालीराम पछिल्लो समय पठाओ चलाउन नसक्ने अवस्थामा रहेका छन् । लामो समयसम्म स्कुटरमा बसिरहँदा उनको कम्मर मुनिको भागमा दुखाई बढेका कारण उनि अहिले कोठामै बसेका छन् भने श्रिमतीले सामान्य काम गरेर घर चलाइरहेकी छिन् ।
उनका बारेमा हामीले यति जानकारी लिइसकेपछि हामी लायन्स कर्मी कृष्ण ढुंगाना र बिप्लव भट्टले हाम्रो पहलमा एक कार्यक्रम मार्फत एउटा ह्विल चेयर र केहि सहयोग रकम उनलाई हस्तान्तरण गरेका छौं र लायन्स इन्टरनेशनल ३३५ जे सँग उनको बाबुको पढाइका लागी अनुरोध गरेका छौं ।

Опубликовано:

 

19 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
6 September 2024
4:43
Просмотров 16
Kolkata Doctor Case
32:57
Просмотров 12 млн
August 30, 2024
8:25
Просмотров 33
6 September 2024
2:29
Просмотров 105