अलि धेरै लामो भयो भिडियो ३० मिनेटसम्मको ठिक हुन्छ। धेरै लामो भिडियो कसले हेर्नु समय सन्दर्भ जोडेर त्यस्तै खालको कन्टेन्ट बनाउ अहिले नेपालमा दुई घण्टाको फिल्म बन्छ भने एक घण्टाको सिरियल बनाएर कसले हेर्नु
संसारभर छरियर बस्नु भएका सम्पुर्ण नेपाली भाषी दर्शक हरुमा म कलाकार भरत थापा (धनेको बुबा ) को तर्फबाट नमन गर्द्छु हाम्रो सिर्यल कता कताबाट हेर्दै हुनुहुन्छ प्रतिक्रिया दिनुहोला ।धन्यवाद ।
सहरीया बुहारी विशुद्द सामाजिक कथानक चलचित्र हो र यस सिरियलले समग्रामिण समुदाय त्यसमा पनि पुरानो सामाजिक परिवेसलाई जस्ताको त्यस्तै चित्रण गर्न सफल देखिनन्छ । कथावस्तु र पात्रहरुको अभिनयले सजीवता झल्काउँछ । यो सिरियलको म नियमित दर्शक र श्रोता हुँ । सहरीया बुहारी ३औं भाग आइ पुग्दा सम्मको नियमित अवलोकन गरि रहेको छु । तर मनमा लागेको कुरा भन्नै पर्छ कि ३६ भाग सम्मको अभिनय लोभ लाग्दो र अत्यन्तै रोचक अनि व्यवहारिकतामा मेल खादैथियो तर ३७ भाग अगाडिका भाग जस्तो रोचक हुन सकेन र यो भाग त्यसै त्यसै मेलोमेसो नमिली उही साप्ताहिक रुपमा प्रस्तुत गर्नु पर्ने भएकाले नियमित रुटिनलाई निरन्तरता दिए जस्तो मात्र लाग्यो, सुन्रमा उति चाख लागेन । कथा वस्तु अलमलिए जस्तो लाग्यो ।७
मलाई यि गाउॅलेका कुरा मन परेन।अब जुनु र रितु यानी नन्द र भाउजू यो सिरियलमा नभयपछि कमेन्ट गर्न मन लागेन।जसले जे पायो त्यही बोलेका छन गाउँकाले।यदि यस्तै हो भने यो सिरियल हिट होइन फ्लप हुन्छ। अनि अर्को कुरा त्यो चिठी कसैले जुनुलाई बदनाम गराउन फसाउन षडयन्त्र गरेको हुनुपर्छ।(शुभ लाभ)
तपाईको विश्लेषण ठिक हो बाटुली, ज्ञानु र राधाले पनि रोल बिगारेर पहिलेको आफ्नो भुमिकालाई दर्शकहरुबाट माइनस गराएको अनुभुत हुन्छ ।फेरी कथा वस्तु अलमलिन थालेको छ, एउटा पाटोलाई नटुङ्ग्याइ अर्को पाटोमा कथा प्रवडस गरेकोले पनि सुन्न र हेर्नमा चाख हराउदै जान थालेको छ । ३६ भाग सम्म त कथा र अराम्रै थियो तर ३७ मा आइपुग्दा कथा र पपात्रहरुको अभिनय बोर लाग्दो देखियो । धनेको अभिनय अहिले सम्म ठिकै छ र बसन्तेको पनि ठिकै छ तर बसन्ते अलि लोसो देखिदैछ किनभने मालालाई बसन्ते भेट्टाइ दिन ढिलो गरि रहेको छ र धनेले मालाकी छोरीबाट रुपयाँ लिए पछि त्यो केटि कता जान्छे उतै पछ्याएर रुपयाँ केटीलाई फिर्त दिनु पर्नेमा उसले कमजोरी गरेको छ । अब आउने अंकहरु उति रोचक होलान भन्ने कुरामा विश्वास लाग्न छाड्यो हेरु कथाले कस्तो रुप लेला तर कथा ढिलो र पट्यार लाग्दो हुन थालेको कुरा औंल्याइ दिनै पर्छ ।