असार 15 । सास्कृतिक सद्भाव सहित उत्पादनमा उत्साह सन्देश
कमलामाइ नगरपालिका , जनज्योती माध्यमिक बिध्यालयको सयुक्त आयोजनामा कमलामाइ 5 बिद्यालय परिसरमा धान रोपाइ गर्दै धान दिबस मनाइएको छ । नगरप्रमुख उपेन्द्र पोखरेलले आफू पनि किसान भएको र दिबश मात्र नभएर देशमा सबै समय उत्साहमा लागेर उत्पादनमा लाग्न जोड सहित शुभकामना दिनुभएको छ । त्यस्तै उपप्रमुख मन्जु देबकोटाले उत्पादनमा युवाहरुलाइ प्रोत्साहन र सरकार जिम्मेवार रहेको जानकारी गराउनुभयो । किताबी ज्ञान सहित कृषिमा समेत शिक्षालाइ जोड दिएको हुनाले एस कार्यक्रम बिशेष राखिएको बिद्यालयका प्रअ योगेन्द्र प्रसाद अधिकारीले बताउनुभयो । कृषि कार्य रोपाइमा खास महत्त्व रहेको पन्चेबाजा परम्परालाइ निरन्तरता स्वरुप कलाघरले मौलिक भाका पन्चेबाजा प्रस्तुत गरेको थियो । सबै मिहिनेती कृषक दाजुभाइ तथा दिदिबहिनिहरुमा सम्मान सहित धान दिबशको शुभकामना 🙏🙏
28 июн 2024