Тёмный

‘बहुप्रतिभाशाली’ ओली : ११३ प्रकारका आवाजबाट ‘गिनिज बूक’मा नाम लेखाउने सुरसार 

Everest Television HD
Подписаться 108
Просмотров 143
50% 1

कैलाली सुख्खडका दीपेन्द्र ओलीले १५ वर्षको कलिलै उमेरमा फरक-फरक आवाज निकाल्ने कला प्रस्तुत गर्दा हौसला दिने कोही थिएनन् । बरु केही काम नपाएर बौलाइरहन्छ भन्दै धेरैले आलोचना गर्थे ।
तर अहिले समय फेरिएको छ । ओलीलाई देश-विदेशबाट कला प्रस्तुत गर्न निम्तो आउने गरेको छ ।
‘शुरूमा मेरो कलालाई कसैले पत्याएनन्,’ उनले भने, ‘अहिले देश-विदेशका विभिन्न ठाउँमा गएर आफ्नो कला देखाउन भ्याइँ-नभ्याइँ छ ।’
ओली पछिल्लो समय ११३ प्रकारका आवाज निकालेर चर्चित छन् । नेपालका चर्चित नेता, कलाकारदेखि लिएर चराचुरुङ्गी तथा विभिन्न बाजाहरूको आवाज दुरुस्तै निकाल्न सक्ने क्षमता र कला छ ओलीमा ।
कैलालीको घोडाघोडी नगरपालिकाको सुख्खडमा २०५७ फागुन २५ गते जन्मिएका दीपेन्द्र अहिले २० वर्षको भए । आफ्नो फरक कलाका कारण उनलाई अहिले मेला महोत्सवमा पुग्न भ्याइँ-नभ्याइँ छ ।

Опубликовано:

 

26 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
npc vs wmc LIVE
14:32
Просмотров 483