Lyrics - VERSE - l आए थिए रुदै यहाँ आँखा भरी आँसु बिना हासेकी आमा को मुहार मा रह्यो आशु किन सायद सोचेउ कि अझै रुनु नै छ मेरो कारण तिम्रो सपना बिच मै गर्नेछु समाधी वरण जानू छ टाढा तिम्रो मुहार अझै हेर्न मन छ चिसो अङालो तिम्रो ममता मा बेर्न मन छ एकछिन नजलाइदिनु बिन्ती मेरा बन्ध आँखा प्राप्ती को पल यो साची दृस्ठि भरी केर्न मन छ नबिर्सु चाए मेरा दृस्ठि रहे बादल माथी चाए बनेर तारा चम्किरहु पर्दा राती नजिक भा दाजुभाइ हितैशी आफ्ना रहे जति सबै को समीप रहन्छु मात्र रहन्न नजर मा ती जन्म यो कर्म अपुरो रहेछ बिना मृत्यु यसै लाई अङालन्को लागि त म बाचेको हु कर्म लाई विश्राम दिन आयोजित यो प्रतियोगिता अरु पछारी पहिलो चोटि चाहे यस् मा जितु यात्रा को थालनी भो भए चार काध माथी नचढाउ फुल भाको सुन्दरता लाई हानी पारी टुटेर भक्कानिदै गुम्सिरयो बाबा मेरो खुलेर रुन लाई नि पाएनौ यो लास अगाडि सार न पाइला दिदी जानू टाढा नेटो काटी धुन नि पाइन तिम्रो गोडा मेरो सिरमा राखी गुनासो नरहेनी नया सुरुवाती क्रम मा तिर्सना प्रेरणाको रहिगयो दाजु को नि VERSE- ll नरुनु मेरो शरीर आगो मा रन्कदा सपना को खाका मेरो शरीर सङै थन्किदा नमान्नु खिन्न सुन्न नपाए ती अन्तिम बोली बिदाइ को मन्तब्य यो चिता बाटै घन्किदा एक मुश्लो धुवाँ बनी उडि गए थोरै माथी खाली भो घाट को किनार थोरै गए खोज्न साथी कयौं पीडा को रन्को सहेको यो छाती मेरो आज फुटेर मात्र अवशेष रह्यो खरानी भए का रिस राग चिता सङै जाउन सति शान्ती ले भरी रहोस् फर्कि हेर्दा मेरो अतित नदुखी टुटि जाउन भित्र जोड्या सम्बन्ध ती छेवै को नदि सङै बगि जाउन याद जति जानू छ टाढा आम नझार न आशु बिन्ती तिमिले नै सिकाए थियोे गन्तब्री मा पुग्ने जुक्ती उघारे पखेटा र हाम फाले यो समाधी मा कसरी बस्नु एकै ठाउँ मा बाटो खन्ने यात्री उठाउ ती अधर प्रिय् बुझ्छौ नि आँसु का मोल यी जुटाउन साहस हाम्रो सम्बन्ध कै कदर बनी पुछ न आँसु सम्झी तिमी नै थियोे हिम्मत मेरो सबै को सामु भन्नू गर्वले म को थिए भनी ******
First of all, Rest in haven Xitiz Dai 🕊🕊 You will always be in our soul, Heart and words.👀 You are the biggest inspiration for me to start music producing. Ekdin pakkai vet hune xa hamro.❤ And Anup dai performed very well, Love you dai. Dolakha and Ghattekulo is always proud to have you