राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले म गायिका सुनिता दुलाल र गायक प्रकाश सपूतलाई ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ घोषणा गरेको छ । नेपाल सरकारले अघि सारेको यो जनचेतनामूलक अभियानमा जोडिन पाउँदा अत्यन्तै गौरवान्वित महसुस गरेकी छु । बाढीपहिरोको जोखिमबारे गीतसंगीतका माध्यमबाट समाजमा सचेतना फैलाउने उद्देश्यले यो गीत तयार पारिएको हो । यहाँहरुलाई गीतसंगीत कस्तो लाग्यो ? यसले वास्तवमै चाहेको सन्देश पुर्याउन सक्यो कि सकेन कृपया प्रतिक्रिया दिनुहोला है ।