One of the most profound and resounding philosophies that have its roots in India is Buddhism. Over time, the creed spread its branches to many parts of the world, particularly South East Asia, China, and Japan.
Born in the aristocratic Shakya clan in North India, Siddhartha Gautama renounced a luxurious royal life in search of the truth of life. He was deeply dismayed to see humans suffering from decay, illness, and health and wanted to investigate the origin of “Dukh” (pain and unhappiness).
Speaking about the subject of ‘Buddha’ at Sarnath, a few years ago, during his journey of giving discourses on Ramayana in different cities, Morari Bapu explained that the origin of the term is ‘Buddh’, which is also mentioned in the Manas of Goswami Tulsidas.
He then listed the Panchsheel or the 5 precepts given by Buddha as the most important system of morality in Buddhism and explained how these remain eternally relevant. Lord Buddha taught us to:
The five Panchasheel given by Lord Buddha Shakyamuni are:
Abstain from falsehood: Not to speak the untruth
Abstain from theft: Not to steal
Abstain from killing: Not to indulge in violence
Abstain from sexual misconduct: To show Fidelity.
Abstain from intoxication: Not to indulge in substance abuse
source: www.timesnownews.com/spiritua...
बुद्ध धर्ममा पञ्चशील के हो ?
बुद्धले उपदेश गर्नुहुने पञ्चशील यस प्रकारको छन्-
१ पाणातिपाता वेरमणी अर्थात् कसैलाई पनि दु:ख, कष्ट नदिनु, हिंसा नगर्नु,
२ अदिन्नादाना वेरमणी अर्थात् अरुको केहि पनि चोरेर नलिनु, नसोधी पनि नलिनु,
३ कमेसुमिच्छाचारा वेरमणी अर्थात् व्यभिचार नगर्नु, परस्त्री / परपुरुष गमन नगर्नु,
४ मुसवादा वेरमणी अर्थात् असत्य कुरा नगर्नु,
५ सुरमेरय मज्जापमाद्ट्ठाना वेरमणी अर्थात् अम्मल नशालु पदार्थ सेवन नगर्नु ।
बुद्धधर्ममा पञ्चशीलको महत्व धेरै रहेको छ । यसको ज्वलन्त उदाहरण हो, जुनै बुद्ध कार्यक्रम प्रारम्भ हुनु अघि कोहि एक भिक्षुबाट सम्पूर्ण उपासक-उपासिकाहरुले पञ्चशील प्राथना गरेर मात्र शुरु गर्नु । भिक्षु नभए बुद्धमूर्तिको अगाडी मात्र भए पनि पञ्चशील प्राथना गर्दछन् ।
आफुलाई कसैले बिना कारण एकपल्ट चिमोटी दिंदा पनि मनपर्दैन, कुट्न आउँदा, मार्न आउँदा त् झन कसरी मनपर्छ र ? यसरी नै अरुलाई पनि मनपर्दैन भन्ने कुरा जानेर कसैलाई पनि मार्नुहुदैन दु:ख दिनुहुदैन ।
आफुलाई मनपर्दैन भनेर छुट्याईराखेको आफ्नो कुनै एक समान पनि कसैले चोरे लाग्यो भने मनमा चस्स दुख्छ । झन् आफुलाई मनपर्ने, आवश्यक कुनै बस्तु चोरेर लाग्यो भने त् के नहोला ? यसरी नै अरुलाई पनि मनपर्दैन, मन दुख्छ भन्ने कुरा जानेर अरुको कुनै पनि कुराहरु चोरेर लिनुहुदैन । लिनै परे पनि बस्तु- धनीलाई साधेर मात्र लिने गर्नु पर्दछ ।
आफ्नो दिदि-बहिनि वा परिवारमा जो कोहीलाई पनि कसैले बिगारिदियो, व्यभिचार गर्यो भने आफुलाई कति मन पर्दैन ? कति रिस उठ्छ ? त्यसरी नै अरुलाई पनि रिस उठ्छ भन्ने कुरा जानेर व्यभिचार गर्नुहुदैन ।
आफुलाई कसैले पनि असत्य कुरा बोलेर छल गर्यो भने कति मनपर्दैन ? कति रिस उठ्छ ? झन् साह्रै हानी हुने गरि असत्य कुरा गर्यो भने त् के मात्र हुदैन ? त्यसरी नै अरुलाई पनि हुन्छ, भन्ने कुरा जानेर आफुले पनि कसैलाई झुट बोल्नु हुदैन छल गर्नुहुदैन ।
कसैले रक्सि, जाँड खाएर कसैलाई पिनेटको, सबैलाई गाली गरेको हामीलाई कति मन पर्दैन ? अरु पनि धोकेर बाटोमा हल्ला गरेर हिडेको देख्दा आफुलाई कति मनपर्दैन ? यसरी नै अरुलाई पनि मन पर्दैन भन्ने कुरा जानेर अम्मल नशालु पदार्थ जतिसक्दो चाँडो त्यागिदिनुपर्दछ ।
आ-आफुमा भएको नराम्रो स्वभावलाई हटाई काम-कुरा राम्रो बनाउदैं लानको लागि पनि यी पाँचवटा शील अति महत्वपूर्ण रहेको हुन्छ । भगवान बुद्धले पञ्चशीललाई घरमा बसेर पनि परस्पर मिलेर बस्ने राम्रो गुणधर्मको रुपमा आज्ञा गर्नुभएको छ ।
पञ्चशील पालन गरेमा मानिस राम्रो हुन्छ । उसको गुनले गर्दा परिवार पनि राम्रो हुन्छ । त्यसपछि टोल, समाज पनि विस्तार बिस्तारै राम्रो हुँदै आउँछ ।
यहानिर दु:खको कुरा पनि रहेको छ । संसारमा आधाभन्दा बढी मानिसहरुलाई त पञ्चशीलको बारेमा केहि पनि थाहा छैन । पञ्चशील भनेकै थाहाछैन भने कसरी पालन गर्न सकिन्छ ? पञ्चशील समेत पालन नगर्ने व्यक्तिलाई भने कसैले कसरी विश्वास गर्न सकिन्छ ? त्यस्ता व्यक्तिहरुले कसरी आफुले आफुलाई संयमित गर्न सकिन्छ ? अनि त्यस्ता मानिसहरुको बसोबास रहेको टोल, समाज घरको भविष्य कस्तो कल्पना गर्न सकिन्छ ? यो कुरा स्मरणीय रहेको छ ।विहारमा गएर भगवान बुद्ध अथवा भिक्षुहरुको सामु शील प्राथना गर्नु नै मात्र ठुलो कुरा होइन । बरु यसलाई राम्ररी जानेर व्यवहारमा पनि राम्ररी पालन गर्नु नै ठुलो र महत्वपूर्ण कुरा हो । तिब्बतमा चलेको एउटा बौद्ध लोकोत्ति यसरि रहेको छ- जसले शील(धर्म) बुझेको हुन्छ तर व्यबहारमा पालन गर्दैन, ऊ त्यो व्यक्ति समान हुन्छ जसले बत्ति त् बल्छ आँखा चिम्लिन्छ ।
श्रोत :आनन्दभुमि बौद्ध मासिक
follow us on Facebook: / buddha-gyan-for-better...
26 июн 2022