२/३ बसाईमा भए पनि पुरै अन्तर्वार्ता हेरें। देव भाईलाई सानै देखी चिनेको जानेको भएर र भाईको काम पनि नजिकबाट नियालेर हेरेरहेको थिँए। त्यही भएर पुरै अन्तर्वार्ता हेर्न मन भयो । गफ गाफ र भाईका अनुभवहरू रमाईलो लाग्यो। एउटा विषयमा निरन्तर लागिरहे पछि मान्छे परिस्कृत हुदै जाने कुरा देव र लक्ष्मी भाईको कामबाट पनि प्रस्ट नै छ। लगभग १ बर्ष पहिले मैले लक्ष्मी भाईले डा. लक्ष्मी नेपाल गुरूआमासंग लिनुभएको अन्तर्वार्ता पुरै हेरेको थिँए। र यो नै दोस्रो हो। १ बर्षमा भाईमा कति प्रगति भएछ। अति सुन्दर प्रगति भएकोमा हर्ष लाग्यो। I would encourage you to do give opportunity to new generation children too in the language they are comfortable with. This would inspire other children to take the right path. I appreciate Laxmi brother’s work. All the best!