नराम्रो पक्ष पनि अलि राम्रो सँग भन न भाई। LED हेडलाइटले राति उति राम्रो उज्यालो दिँदैन, विशेष गरी अगाडिबाट कुनै गाडी आयो भने। डिस्क ब्रेक राम्रो होला तर ABS नभएकोले गर्दा नयाँ चालकलाई र अझ आकस्मिक ब्रेक लगाउँदा सुरक्षित भने छैन (यहाँ त life saving भनेर गुणगान गाइएको छ)। यो स्कुटर ११० सिसि मध्येकै सबै भन्दा महंगो स्कुटर हो। नेपालमा स्कुटर अगाडि सामान बोक्न नि प्रयोग गरिन्छ, तर यसको अरु स्कुटरको तुलनामा अगाडिको ठाउँ अलि कम छ वा भनौं अलि साँघुरो किसिमको छ।