प्रिय गुडफ्राइडे
धेरै धेरै माया
"छुपुमाछुपु हिलोमा धान हातमा बिउ छँदै
मर्की र फर्की मैजारो गरौँ डाँडामा घाम हुँदै"
मन्द-मन्दअसारे भाका घन्किरहेको थियो ।
असार १५ शनिबार परेकाले निराश थिएनन् कोही पनि ।१४ गते शुक्रबार बिहान दर्के झरी थ्याच्च बसेपछि चर्को राप दिनभर नै अनुभव भएन।सधैंको भन्दा फरक र विशेष पनि थियो गुड फ्राइडे आज।
विद्यार्थीहरुमा छुट्टै उत्साह र उमङ्ग ।भोलिको पर्व आजै मनाउनु थियो "राष्ट्रिय धान दिवस" एकातिर भने अर्कोतिर गत शैक्षिक सत्र २०८० मा उत्कृष्ट अङ्क प्राप्त गर्नेहरुका लागि पुरस्कार वितरण ।साथमा स्कुलद्वारा गरिने शिक्षक- कर्मचारी सम्मान कार्यक्रमकोअर्को चटारो ।फेरि नव आगन्तुक विद्यार्थीहरुलाई विशेष स्वागत एवम् सम्मान गर्न त्यतिकै हतारो । दही चिउरा खाँने अनि लोकलयमा हाँस्दै -नाच्दै रमाउँन झनै हतारो ।
तर के भयो र ! विद्यालयका प्रिन्सिपल तथा कोअडिनेटर लगायत शिक्षक ,कर्मचारी एवम् सबै विद्यार्थी भाइबहिनीहरुको कुशल सहकार्यबाट आजको शुक्रबार उल्लासमय बन्यो ।अविस्मरणीय बन्यो ।उत्प्रेरक बन्यो।त्यसैले त आइलब्यू शुक्रबार ! तिमी नरिसाऊ है ।
फेरि फेरि पनि यसरी नै आऊ ल प्रिय गुड फ्राइडे ।
उही तिम्रो मायालु
रुपरत्न
भावको स्वास भएका तस्बिरहरु:
28 июн 2024