इन्द्रावती गाउँपालिका नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार प्रदेश नं. ३ मा पर्दछ ।इन्द्रावती गाउँपालिका भौगोलिक हिसाबले ८५°३४’३५” देखि ८५°४१’३४” र पूर्व देशान्तरसम्म२७°४२’१९” देखि २७°५२’०३” उत्तरी अक्षांश सम्म फैलिएर इन्द्रावती नदीको काखमा प्राकृतिकमनोरम संरचना सहित उच्च पहाडी क्षेत्रमा अवस्थित छ । १०५.११ वर्ग.कि.मी. क्षेत्रफल रहेकोयस इन्द्रावती गाउँपालिकाको उत्तरमा पाँचपोखरी थाङपाल र जुगल गाउँपालिका पश्चिमतर्फ मेलम्चीनगरपालिका, दक्षिणमा काभे्रपलाञ्चोक जिल्ला र पूर्वमा चौतारा साँगाचोकगढी नगरपालिका र जुगलगाउँपालिका रहेका छन् ।
16 фев 2019