कामना
उडिरहेको मनको अनन्त उडानमा
वासन्ती सुवासको सुगन्ध फैलिएजस्तो
मन मुग्ध पार्ने सङ्गीतका रागहरू
बोकेर
प्रभातकालीन स्वर्णिम किरणका ज्योत्स्नाले
उज्यालिएको पूर्वजस्तो
त्यस्तै
तिमी नै तिमीले भरिएको यो मन
तिमीसँग रमाएर आह्लादित छ
रोमाञ्चित छ कणकण
तिमी भएर नै जमिन टेकेका छन् सपना
तिमी भएर नै फक्रेको छ मौसममा रङ
मुटु मुटुसँग साटिएपछिको आनन्द
तिमीले जितेको जीवनको सौभाग्य
अचम्मको छ, आनन्दको छ
यसैगरी हिँडिरहून् मेरा खुसीहरू माइलौँमाइल
तिम्रा पाउसँग
तिम्रो ओठको हाँसो बोकेर
तिम्रो बोलीको सङ्गीत बनेर
तिम्रो आँखाको ज्योति बालेर
प्रिय ! यही कामना छ
तिमीसँगको अन्तहीन यात्रा !
Follow CG Entertainment On:
Instagram : / cgentertainmentofficial
Facebook : / cgentertainment.np
Unauthorized downloading and duplicating on RU-vid channels may result in a claim/strike from RU-vid. (Embedding to websites is allowed)
CG Entertainment Pvt. Ltd owns the rights to this video.
7 сен 2024