नमस्ते टाशी देलेक सम्पूर्ण दर्शकवृन्दहरुमा आज शेचेन गुम्बामा परम पवन सातौं नाम्खी ञिङ्पाे रिन्पोछ्येज्यूकाे दर्शन गर्ने सुवर्ण अवसर मिल्यो। विशेषगरी उँहा गोदावरी स्थित ङाग्युर जोग्छ्येन श्री सिंह लुङ्ग्तोक छोएलिंग गुम्बामा यहि मंसिर १७ गते देखि पौष १ गते सम्म हुन गहिरहेको जोग्छेन लोङ्ग्छेन ञिङ्थिग चापोई (मूल ग्रन्थ) को वाङ्ग-लुङ्ग (अभिषेक आगम) प्रदान गर्नुका साथै रोङ्स्होम महापण्डितको सम्पूर्ण उपदेशहरुको आगम (लुङ्ग) प्रदान गर्नुहुन भुटान देखि नेपाल पाल्नु भएको हो। र यहि पौष ११ देखि १७ गते सम्म तीनचुली, बौद्ध स्थित योल्मो गुम्बा मा पनि ज्याङ्तेर डुब्कोर नाम्सुम, ज्याङ्तेर फुर्पा, श्हि-ठो गोङ्पा स्हाङ्थाल (श्हि-ठो ल्हुन्डुब्) र छेडुब् च्याग्दोङ्माको अभिषेक आगम प्रदान गर्नु हुने कार्यक्रम रहेको छ। #Rinponche #buddhism #compassion #shechen #monastery #foryou #trending #viral #fypシ #peace #shorts #fyp #blessed
19 сен 2024