वरिष्ट निर्देशक प्रताप सुब्बाकाे चलचित्र गीत अपलाेड गर्नु भएकाेमा धन्यवाद ! मैले सानाे हुँदा उहाँकाे चलचित्र 'दिदी' हेर्ने माैका पाएकी थिएँ । यसमा कलाकार सराेज खनाल, मिथिला शर्मा, विजया गिरी, रवि गिरी आदि दिग्गज कलाकारकाे अभिनय थियाे । दिव्य खालिङले सङ्गीत दिनुभएकाे थियाे । यु ट्युबमा प्रताप सरकाे परालकाे आगाे, बाँच्न चाहनेहरु, भीष्म प्रतिज्ञा र चट्याङ मात्र पाइन्छ । अब मसाल, कहीँ अँध्याराे कहीँ उज्यालाे र दिदी पनि अपलाेड गर्ने पहल गराैँ न ।