धेरै मीठो गित .....दिपक दाई सङ्ग मैले पनि सङ्गित सिक्ने मौका पाएको थिए अनि मिना राई सानो मा स्कुलको साथी हुनु हुन्थ्यो so miss you both... and wish u all the very best
लोक गीत भनेको यस्तो पो होत..! जेहोस् सारै मिठो शब्द र स्वर संगीत मा नयाँ पुर्बेली लोक गीत लिएर आईदिनु भएकोमा सम्पूर्ण युनिट टिमलाई नै बधाई तथा सफलताको कामना गर्दछु..! साथै सबै श्रोताको मन मा बस्न सफल हुनेछ भन्ने पूर्ण आशा लिएको छु..! 🙏🙏🌸🌸🙏🙏
यस्तो राम्रो लोकगीतमा भ्युज देख्दा मन कटक्क हुन्छ । हामी कस्ता गीत संगीत सुन्छौँ होला?? हामी हाम्रो लोकको गीत लाई चिन्न सक्दैनौं, आफ्नो गीतलाई सम्मान गर्दैनौँ । बडो दुःख लाग्छ । भिटेन का छाडा र्याप, वा दुर्गेशका कर्कश चिच्याहटलाई मिलियन मिलियन भ्युज़ दिने हामी नै हौं। अनि यस्ता सुमधुर भाकालाई यसरी घाममा सुकाई दिएका छौँ कठैबरा !! मैले ५० पटक हेरेँ होला यो भाका , धित मरेन । असाध्यै राम्रो । यसमा संलग्न सबैलाई धेरै धेरै शुभकामना छ ।