“परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पिता धन्यका हुनुहुन्छ! उहाँको महान् कृपाले मृतकबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौं।” १ पत्रुस 1:3
परमप्रभुको डाँड़ामा को उक्लन सक्ला? र उहाँको पवित्रस्थानमा को खड़ा हुन सक्छ? त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय निर्मल छ, जसले आफ्नो मनलाई मूर्तितिर लगाएको छैन, र जसले झूटो कुरामाथि शपथ खाँदैन। त्यसले नै परमप्रभुबाट आशीर्वाद पाउनेछ, र त्यसको उद्धारकर्ता परमेश्वरले त्यसलाई निर्दोष ठहराउनुहुनेछ।” भजनसंग्रह 24:3-5