After 3 years, College of Dental Surgery BPKIHS has reinstalled a new OPG and Lateral Cephalogram Machine. Patients had to go to Itahari and Biratnagar for Lateral Cephalogram due to this. It is believed better service can be provided to patients visiting CODS BPKIHS after this equipment has been installed. VC of BPKIHS Dr. Gyanendra Giri has promised that within 2 months CBCT machine will be installed too. Within the next three months, renovation and installation of different medical equipments of BPKIHS will take place. तीन वर्षपछि कलेज अफ डेन्टल सर्जरी बिपीकेआईएचएसले नयाँ ओपीजी र लेटरल सेफालोग्राम मेसिन पुनः स्थापना गरेको छ । जसका कारण बिरामीले लेटरल सेफालोग्रामका लागि इटहरी र विराटनगर जानुपर्ने बाध्यता थियो । यो उपकरण जडान भएपछि सिओडीएस बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने बिरामीलाई अझ राम्रो सेवा दिन सकिने विश्वास गरिएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले दुई महिनाभित्र सिबिसीटी मेसिन पनि जडान गरिने बताउनु भएको छ। अबको तीन महिनाभित्र यस प्रतिस्ठानका विभिन्न स्वास्थ्य उपकरणको जीर्णोद्धार र पुनस्थापना गरिनेछ ।
12 сен 2024