दसैंमा घर आउछु भन्थे छुट्टी नै पा'छैन आमा !
त्यही पिरले कती दिन भो खाना नै खा'छैन आमा !!
आफु आउन नपाए पनि खर्च पठाउछु भन्थे !
छोराले ढाट्यो नभन्नु होला तलबै आ'छैन आमा !!
भाईटिकामा रुन्छिन दिदी तिजमा नि रोयो भन्थी !
दस बर्ष भो उस्को हातको टिका नै ला'छैन आमा !!
पोहोर जस्तै यसपाली नि रमाइलो हुन्न था' छ !
यती महान चाडमा पनि खुशी नै छा'छैन आमा !!
अर्को सालमा आउछु आमा खै कसरी भनु फेरी !
यस्तै हुन्छ कि अर्को साल नि अहिलै था'छैन आमा !!
दसैंमा घर आउछु भन्थे छुट्टी नै पा'छैन आमा !
त्यही पिरले कति दिन भो खाना नै खा'छैन आमा !!
8 сен 2024