सम्हालेर राख, सँगालेर राख। फेरी फुल्ने हो कि हैन, जोवनको फूल। यसलाई राख, साँची-साँची राख। चाहे झरोस विरानीमा, निशानी भै फुल। सम्हालेर राख। तारा टिप्ने मायाँ छैन, जुन झार्ने प्रित छैन।...२ छोटो जीवन धेरै बात, गर्ने यहाँ फुर्सद छैन। यसलाई बुझ, मनमै गुनी राख। घरि-घरि हुने होइन, मायालुको फूल। सम्हालेर राख। हावा त्यसै छिर्ने छैन, तुफान त्यसै घिर्ने छैन।...२ सपनाको जस्तो प्रिती, उस्तै यहाँ रात छैन। यसलाई राख, नखसाई राख। घरि-घरि हुने होइन, यस्तो मिठो फूल। सम्हालेर राख, सँगालेर राख। फेरी फुल्ने हो कि हैन, जोवनको फूल। सम्हालेर राख।