Song: Tadha Tadha Janu Chha Sathi Singer/Lyrics/Music: Bachchu Kailash गीतः टाढा टाढा जानु छ साथी स्वर/शब्द/संगीत: बच्चु कैलाश . Disclaimer: This channel does not own copyright to the audio, we have only produced video.
टाढा टाढा, जानु छ साथी, एक फेर हाँसिदेउ छुटी सकेको मायालाई साथी एक फेर गाँसीदेउ टाढा टाढा, जानु छ साथी, एक फेर हाँसिदेउ छुटी सकेको मायालाई साथी एक फेर गाँसीदेउ यो फुलबारी उजाडिएला, केहि छिन बसेथ्यौ यो फुलबारी उजाडिएला, केहि छिन बसेथ्यौ बाहानै सहि आँखामा आँसु, लिएर रोएथ्यौ लिएर रोएथ्यौ टाढा टाढा, जानु छ साथी कहिँ गएर अल्मल्लिएर, भुलेर बसौंला कहिँ गएर अल्मल्लिएर, भुलेर बसौंला कहिले काही सम्झना आए, रोएर टारौला रोएर टारौला टाढा टाढा, जानु छ साथी, एक फेर हाँसिदेउ छुटी सकेको मायालाई साथी एक फेर गाँसीदेउ टाढा टाढा, जानु छ साथी
आहा बालाकाल को त्यो रमाइलो पलहरुको याद आयो, तिरहारमा फुलेका ती सयपत्रि फुलहरु को दृश्य हेरि धानकाटेका फाटहरुमा कुदेको याद आयो,साथीहरू सङ दिन भरी गुच्चा खेलेको याद आयो, हजुर बुवा र बुवा मिलेर खेत हरु जोतिरहदा आफुले आलिमा बसेर टुलुटुलु हेरेको याद आयो, बिजुलि नभाको जुनेली रातमा आगनमा उछ्यान लगयेर आकास तिर पल्टिएर ताराहरु गनेको याद आयो, खाली सडक मा सथिहरु सङ साइकलको टायर खेलाउदै दौडेको याद आयो,आपको पातको फिरफिरे बनायेर हावा मा घुमायेको याद आयो, सनिवार school बिदाहुदा गाई भैसिको गोठालो बसि दिन भरी साथीहरूसङ cricket खेलेको याद आयो, पुरै कपडा र शरीर फोहोर हुने गरि डन्डिबियो खेलेको याद आयो, गर्मी को महिना भरी दिउँसो तिर नजिकैको नहरमा नुहाउने गरेको याद आयो, सनिवार दिनमा नुहाएर पछि तल्लो घरे uncle को घरको tv maa सिनेमा हेरेको याद आयो, धान काट्ने दिनहरुमा गाउघरमा साझ पख खेत बाट घर्को आगन मा धान बोकेको याद आयो,साथीहरू सङ राती अबेर सम्म नहरको पुलमाथि बसेर गरेका मिठा ती कुराहरुको याद अयो,दसैमा साथी हरु सङ अबेर सम्म रमाइलो गरि तास खेलेको याद आयो, साउन भदौ महिनाको साझ तिर घरमै चङ्गा बनायेर साथी हरु सङ गाउँ भरी सबै मिलेर चङ्गा उडायेको याद आयो😢
Yesta shrastha ko swargabas paxi nepali sangit le adhunikta tw payo tara maulikta gumayo naulo pan tw payo tara afnopan gumayo. katti saral sabda ra mithas xa bhawna sanga sabdik anubhuti hunxa sunda