आमा - छोरीले बेदना छरप्रस्ट पार्ने खुल्ला मैदान आमा - संस्कार ,सस्कृति र सहनसिलाताको क ख रा ... सिक्ने पाठशाला अनि बिष्णु माझीको " तीज " आमा र छोरी बिचको " सेतु " एउटा चिज ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-TQ0ElQ2TkmQ.html
लोक दोहोरीकी रानी, गायिकाहरुकी आमा महागयिका - बिष्णु माझी, नामै काफी छ, मौलिक तीज गीत र रचना कस्तो हुन्छ छाडा गीत गाएर २ दिन भाइरल हुन खोज्नेले सुन्नैपर्ने तीज गीत २०८१ को ! त्यसै माथि सुन्दरमणि दाजुको शब्द र संगीतले जहिले नै मन छुन्छ ! hats off to all team ! Bishnu Majhi - Queen of Nepali Music Industry ☺☺
आहा! कुनै शब्द नै भेटिन मैले उक्त गीतको बयान गर्नलाई। बिष्णु माझी र शुन्दरमणि अधिकारी प्रती नमन🙏। गीतले सफलताको शिखर चुम्नेमा कुनै दुईमत नै छैन। शुभकामना मेरो तर्फबाट पनि लाखौं लाख 👏👏❤️❤️
स्वरमा हाम्रा नदीको कल-कल,कोईलीको मेलोडी,सुनौलो हिमालको सुन्दर दृश्य,हाम्रो सस्कृतिको छाप र समग्र नेपाल चीयाउन मिल्ने अदभूत जादु भएकी बिष्णु माँझी । नेपथ्य बाट गाँउनु हुन्छ,दुई पहाडको बिचको यात्रामा ठुलो स्वरले बोल्दा प्रतित्ध्वनी भएर जसरी आवाज निरन्तर फर्किन्छ ठिकै त्यस्तै बिष्णु माझीको स्वर हृदयमा ठोक्किएर धेरै समयसम्म कानमा गुन्जीरहन्छ। कति कलाकार बिदेश भ्रमण गर्छन ,माया र दाम र इज़्ज़त पाँउछन।बिष्णुलाई दर्शक स्रोताले संसारभरी बोकेर हिड्ने थिए। आँउ बिष्णु नेपथ्यबाट बाहिर। हामी तीनकरोड नेपालीले तिम्रा हर सरोकार ,गुनासा र चासोको सम्बोधन गर्छौ।आँउ।
जति सुन्यो झन उति सुनौं सुनौं लाग्ने बिष्णु माझीको आवाज! उस्तै मिठास लय तथा अर्गानिक शब्दमा। प्रसंशाको पात्र द्वय बिष्णु माझी र सुन्दरमणी अधिकारी ज्यु प्रती नमन🙏❤️❤️
खै त मायाको पोको,अनि बिस्ताराले पोलेको।दुई दिनका हावाहुरीलाई यो एक आदिले सखाप पार्ने छ।उच्च सम्मान छ सबै सर्जकहरुलाई। मिठो माया बिष्णु माझी दिदी त्यो कोकील स्वर प्रती।🔥❤️
यो बर्षको तिजमा करोड क्लबमा पुग्ने एक मात्र गित अग्रिम सुभकामना ,,Lok Dohori queen बिष्णु माझी दिदिलाई हृदय देखि सम्मान ,एक्चोटी दिदिको फ्यानले हाजिर लगाईदिनु त 🔥
तिमिले गाउँदा तीज लाग्छ तिमिले गाउँदा दशै लाग्छ तर तिमी कस्ती छौ कहाँ छौ के गर्दै छौ हामी दर्शकलाई केही थाहा छैन जहाँ छौ भगवान् ले सधै रक्षा गरून् तिम्रो जादुमय स्वरबाट यस्ता मन मुटु अनि दिमागमा छुने गीत सधै सुन्न पाउ ❤
बिष्णु माझी तिजको गितको लागि एक Brand हुन। तिम्रो गित नसुनी तिज पनि आएको जस्तो लाग्दैन। Thank you very nuch यसपाली पनि तिजलाई जादुमय स्वरले तिजलाई सम्पन्न पारेउ। तिमी हुन्जेल म हुन्जेल तिम्रो तिजको गित सुन्न पाउ। तिमी जहाँ भए पनि जस्तो अवस्थामा भए पनि सधै खुसी सुखी हुनु। हरेक तिजमा तिम्रो जादुमय स्वरको तिज को गित सुन्न पाउ।
तर सुन्दरमणि माथि पनि आज गुनासो छैन नारिकै बारेमा यति मीठो लेख्ने मान्छे ले बिस्नु लाई पक्कै खुसि नै राख्नु भाको छ नारि को पीडा नबुझ्ने पुरुस को मन मा यतिको शब्द नै आउदैन्न सबैले हेरै सबैभन्दा धेरै सर्बादिग बनादनु पर्छ बल्ल तिज लायो है मलाइ
कता छन के गर्दै छन बिस्तराले पोल्नेहरु तिमिहरुका तिजका गित भनेको विस्नु मस्झिको गित न आउदा सम्म मात्र हो अब तिमिहरुका गितको आयु सकियो। पालो आइन आमा यो तिज मा बिस्नु माझिको ओके चौबिस घन्टामा 1m पुग्ने पक्का👍️
रोई छोरी, मै छोरी, आइन आमा ओई यो तीजैमा । परंरागत तीजको महत्त्व र आमाको आँगनमा एकै झल्को टेक्न ममत्व दर्शाउने यो गीत, नृत्य र जादुमयी स्वरको संगमले भावुक बनायो । सलाम छ, सम्मान छ बिष्णु माझीलाई । थाह छैन, कर्म कस्ले देख्छ, भाग्य कस्ले लेख्छ आमै ।
नेपाली नारीहरु को महान् पर्व हरी तालिका तीज लाई एक तर्फ बाट दुर्गेश थापा जस्ता नालायक कलाकार र शान्ति श्री परियार लगायत ले तीज लाई छाडा पन ले भरि दिए । अर्को तर्फ बाट नेपाली हरु को मन मुटु मा बस्न सफल गायिका श्री विष्णु माझी दिदी ले एक्लै तीज लाई तीज जस्तै अहिले सम्म जोगाई राखी दिनु भएको छ। तपाईं लाई कोटी कोटी प्रणाम विष्णु माझी दिदी।। 💞💞👏🥰 यो गीत सुन्दा मेरो प्रिय मान्छे को आँखा बाट आँशु झर्छ होला आमा नहुँदा को पीडाले मन भकानिन्छ होला । प्रिय मान्छे यो तीज गीत मा तिम्रो वेदना छ धेरै दुखी न हुनु 😥 टाढा बाट भए पनि तीज को धेरै धेरै सुभ कामना प्रिय Dec..30💞🥰
यति मिठो स्वरकी धनीको यो मिठो तीजको गीतको लागि हामी सारा दर्शकको तर्फबाट कोटी कोटी नमन छ हजुरको गीतले न त पुरुष दाजुभाइलाई नै बिपक्षी बनाएको छ न त महिला दिदीबहिनीलाई नै छ त केवल शब्दमा मिठासपन जसले तीजलाई रमाइलो पर्वको रुपमा ल्याइदिनेछ भन्ने भरपुर आशा छ । 🙏🙏🙏🙏
यो जुनिमा बिष्णु माझी दिदि लाई नदेखिकन मर्ने भए 😢😢एक झल्को भए पनि अनुहार देखाई दिनुस् न भगवान 🙏यति मिठो आवाज साथै गितको शब्द शब्दले मन नै कटक्क खान्छ हजुरले गाउनु भको गित हरु नछुटाई सबै सुनेको छु जब हजुरको गित गुन्जिन्छ तब मात्र नेपालिहरुको हरेक चाडबाड आएको अनुभव हुन्छ दिदी ❤️🙏हजुरलाई सधै भगवानले रक्षा गरुन 🙏🙏
यी बिष्णु माझी कहाँ छिन यिनको स्वरमा दर्द हुन्छ, वेदना हुन्छ । तीजको गीतमा चेलीको दर्दलाई समेटिएको यो गीतलाई सलाम ! आशा छ यी गायिका जहाँ भएपनि कुशल मंगल रहिरहुन, शुभकामना । तीज जस्तो पर्वमा छाडा गीत गाएर पब्लिसिटी बटुर्न खोज्नेहरूलाई यो गीतले केही पाठ सिकाओस !!
सबै को मनमुटु मा बस्न सफल बिष्णु माझी लाइ आज केहि शब्दहरु लेख्न मन लागेकोछ। देश बिदेशमा रहेका नेपालीहरुको मन जिति छुट्टै पहिचान बनाउन सकेको बिष्णु किन नजरबन्द कि आफ्नो खुशिले हो या कसै धम्कि चुनौतिले तेस्तै बिष्णु को बहिनी पनि किन गुमनाम छिनत? यो प्रश्न म सुनदरमाणि ज्यु लाई सोध्नु आवश्यकता मानेर मात्रै म दुइ चार शब्द लेख्न गहिरहेको छु गल्ती भएमा क्षमा प्रार्थी छुं प्रश्न न:१ बिष्णु किन नजरबन्द? प्रश्न न:२बिष्णु लाइ किन नजरबन्द राखियो? प्रश्न न:३कि बिष्णु को नाम मा उनकि बहिनी जिबन हुनकि? प्रश्नः न४: बिष्णु लाइ यसरी गुमनाम गराएर राख्नुको कारण? प्रश्न न ५:कि बिष्णु लाइ लुकाएर आफु चर्चित हुन खोजेको? प्रश्न न ६: बिष्णु गित गाउन आउदा मुख छोपि आउनुको कारण के हो? प्रश्न न ७: कि मुख छोपिनु कारण कतै उनकि बहिनी जिबन हुनकि? प्रश्न सोध्न त धेरै मन छ तर सबै कुरा उथलपुथल किन पार्नु हाम्रा कलाकार भनेको देशको गहना हुन तेसैले सबै गहना झल्किन आवश्यक छ मेरो कमेन्ट के कस्तो लाग्छ रिप्लाई दिनुहोला हस्त धन्यवाद
विष्णु मांझी आपकी आवाज.... इतनी सुरीली है कि रोना आ जाता है... इतनी सुंदर आवाज की आप मालिक है..मुझे नेपाली समझ तो थोड़ी थोड़ी आती है... जब से आपके गीत सुने है..पूछो ना कि कितना सुकून देती हो... जैसे भारत रतन हमारी प्यारी लता दीदी है... वैसे ही आप नेपाल का रतन हो...सच में आप कोहिनूर का हीरा हो...ऐसी आवाज न सुनी..न देखी कही भी..में हर रोज आपके और भी कई गीत सुन रहा हूं.. इश्वर आपको खूब तरक्की डे...आपको बहुत सारी खुशियां प्रदान करे... आप सदा खुश रहो.. सदा ओर भी सुरीले गीत गाते रहो....
मेरो बढ्दै गरेको उमेर पनि दिदी मै थपिदिनु है भगवान, ताकी मर्ने बेला मा पनि दिदी कै गीत सुनेर मर्न पाउँ 😥 ,तीज र दशै को गीत मा स्वर नसुने सम्म मन ले पनि मान्दैन😥बानी भैसकेछ ❤️🤗
दिदी तिम्रो र मेरो घर नजिक नजिक थियो। म सानै थिए तिमी दोहोरी गाउन हिड्थ्येउ कहिले प्रथम हुन्थ्यो कहिले दोश्रो हुन्थ्यो तर कहिले हारेर आएको खबर मैले सुनिन SLC सकेर म काठमाडौ आए एतै हराए बिस्तारै तिमी चर्चित हुँदै गएउ ,गाउँ गएको बेला म तिम्रो घर जान्थे अझै सम्झना छ दिदी तिमी मलाई त्यो बेला कति माया गर्थेउ ,तिजको बेला गाउँमा बास घारिमा बासको तामा आएको हुन्त्यो न तिम्रो बारिमा तामा थियो न हाम्रो बारिमा एकपटक तिम्रो जबर जस्तिले हामी तामा चोर्न गएको याद छ दिदी तिमिलाई? हाम्रो भैंसी ब्याएको बेला मैले बिस्नु दिदी हाम्रो भैंसी ब्याको छ ब्याउती खान आउ दिदी भनेर बोलाउदा तिमी कति खुसी भाकिथिएउ याद छ दिदी ? साउन 1 गतेदेखि गाउमा साझ साझ दिदिबहिनी तिज गित गाउथे तिम्रै भरमा , त्यो समय अब त कहिले आउलार दिदी म तिम्रै गाउको भाइ म तिम्रै भाइ ❤ हाम्रो भेट नभएको पनि झन्डै 17 बर्स भएछ अब हाम्रो भेट छिट्टै होस दिदी ❤🎉 कलाकार त सयौ छन तर तिमी जस्तो कोहि छैनन तिमी गाउछेउर र तिज आएझै हुन्छ ,दशै आएझै हुन्छ ,तिहार आएझै हुन्छ , तिमी सयौ बर्स बाचिरहनु मेरि दिदि ❤😢 सदै यसैगरी गाईरहनु । भगवान पशुपतिनाथ ले सदै तिम्रो रक्षा गरून् तिम्रो जय जय होस तिम्रो जय होस मेरि दिदी तिमिलाई राज्यले पनि सुरक्षा दिनु पर्ने हो तिमी नेपाल को सान हो मान हो तिमि नेपाल हो तिमी सगरमाथा हो तिमी बुद्ध हो तिमी सीता हो तिमी हामि सबैको भावना हो 💞🌻🌸🇳🇵🙏 अहिले मैले पनि युटुब खोलेको छु तिमी जस्तै एकदिन तिम्रो भाइ पनि शिखर छुने छ । आशा छ तपाईं सबैले subscribe गरेर जोडिनु हुनेछ । दिदी म नेपाल भ्रमण गर्दा तिमी सङ्ग भेटेर कुरा गर्न पाउ ❤ 🖐️🙏ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-m0wGQggnADg.htmlsi=huCF7exotMgupr_D
कट्टकै मुटू बिज्ने गरि , धुरुक्क आँसु खस्ने गरि लेख्नु भएको रैछ। Thanks for sharing such a beautiful story of your past brother. May god bless her forever & her voice.
विष्णु माझी जस्तो गायीका न ईतिहासमा जन्मेको सुनीयो, न वर्तमानमा कसैको जन्म भएको छ, न त भविष्यमा जन्मिने नै छ। ताराहरु हजारौ होलान तर नेपाली सांगीतिक आकाशकी एकमात्र जुन हुन विष्णु माझी ।🙏🏻💝🥰🫡
न बीस्ताराले पोल्यो, न बैश जवानीले पोल्यो...पोल्यो त केबल नारीको बेदनाले पोल्यो, बल्ल गीतले बास्तबीक कहानी बोल्यो.... बीष्णु माझीको तीज गीत आयो अब तीज लायो 🎵 आईन आमा यो तीजमा...😍😍 लाग्छ बीष्णु माझीले आफ्नै बेदना पोखीरहेकी छीन्...🥲🥲🙏🙏
बिस्ताराले नि पोल्यो ,, झुसे बारुलाले नि टाेक्यो ,,तिन महिने सुइ नि लगायो ,,जति हान्यो उति नै धुन देला सुरु मा त बेसरि सुन्यला यस्ता ,, कति तिज गित सुनियो तर बिस्नु माझि को गित नआउदा सम्म बिना चिनि को चिया जस्तो खल्लो फिक्का भैराखेको थियो 🤩🤩🤩 अब सुनिन्छ मज्जाले,,पैसाको लागि जे मन लायो त्यहि गित गाउनेहरु,अभिनय गर्ने हरु एकपटक यो गित सुन हेर ,, नारिको तिज के हो बुझि राख😮
तिज के हो दशै के हो गित कस्तो हुनुपर्छ कसरी गाउनु पर्छ कसका लागि गाउदै छु यसले भोलि कस्तो response पाउछ ? आफ्नो मौलिकता , कला सस्कृतिको बारे सोचेर बुझेर गित गाउने कलाकार आजसम्म बिष्णु माझी नै हुन तपाईं लाई मेरो आयु पनि लागोस तपाइ गाइदिनु हुन्छ र त तिज , दैशै चाडपर्व आए जस्तो हुन्छ ❤तपाईंको जय होस🙏 जय गित जय संगीत सबैको जय होस ❤ आजकालका यी तिजका गित गाउने हरुले पनि तपाइको यो गित बाट केही कुरा सिकुन 🙏
सर्ब प्रथम त बिष्णु माझी दिदी लाई उच्च सम्मान गर्न चाहान्छु,साथै यो गितका सम्पुर्ण टिम प्रती सफलताको शुभकामना अर्पण गर्न चाहान्छु!गितका सम्पुर्ण पक्ष अति राम्रा छ्न! एउटा नारीले पाएको दुख पीडा र अपहेलना सहेर आफ्नी आमालाई सारा पिर लुकाएर आमा म खुशी छु !तिमिले दिएको कर्म भुलेको छुइन!तर यो तिज मा आउन पाइन भन्दै आमा लाई सान्त्वना दिएको अत्यन्तै मर्मस्पर्शी गित मन छोयो 😂😂😂😂😂हामी पुरुष लाइत यो गितले मन छोयो झन नारी हरुमा के बित्यो होला !कुनै पनि नारीहरु ले पिर ब्यथा सहनु नपरोस मेरो यहि कामना छ!यशपालिको तिज गित मध्ये सर्ब उत्कृष्ट गित हो! यो गितलाइ राज्य बाटै सम्मान गर्नु पर्छ! यो गितले मन छुने सम्पुर्ण ले यो कमिन्ट पढेर लाइक गर्नु हैत यो गितले मनछुने हामी कति रहेछौ एकै ठाँउ भेला हुत! तिज गित भनेको यस्तो हुनु पर्छ मौलिक भाका❤❤❤❤❤जय गित जय संगीत !!❤❤❤❤❤
बीस्नु माझीको तीजका गित सुनेर यिनको आमा कति रुन्छिन होला😥😥😥😥हाम्रै शरीरको रोम रोम थर्किन्छ आँखा रसाउछ पिडाको महसुस हुन्छ धन्य ती आमा कसरी सहन्छिन होला यति मिठो गीत गाउने गाइका हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
मैले जन्मेर आज सम्म देखेको बिस्णु माझिको एउटै मात्र फोटो देखेको छु नत कुनै मिडियाबाजि न कुनै सोसियल मिडिया उनी आफ्नै घरको चारकुनामा बसेर पनि यो लेभलको गीत निकाल्न सक्छिन भने सोचत तिमिहरुको जस्तो मौका पाउनु भने के सम्म गर्थिन होला तिमिहरुत पतन भएर जाने थिएउ पका!! सम्मान छ कलाको अनि बिश्णु माझिको धन्यबाद ❤❤❤
तिमी देवी नै हौ, तिमी सरस्वती नै हौ । तिमी अदृश्य नै भएपनि आम नेपाली जनताको अपार मायाँ छ बैनी। चाड बाड हरु तिम्रै स्वरका तीज गीत सुनेपछि सुरु भएको आभास हुन्छ।
बिश्णु माझि दिदी को नया गित आयो भन्ने खबर फेसबुक मा देखेर सुनेर RU-vid मा खोज्न आउने जति एता हाजिर हुम|||| thanks for yati mitho swor sunne mauka milaidinu vako ma dd agami din haru ma ni hjr ko sabda swor ko parkhaii maa❤❤🎉🎉🎉😊😊
भारतमा लता मङ्गेस्करलाई भारत रत्नको सम्मान दिए जस्तै - हाम्री आदरणीय दिदी बिष्णु माझीलाई पनि नेपाल रत्नको सम्मान दिन आवस्यक छ । वहाँको गित आएपछि सबैलाई तिज आएको महसुस हुन्छ । प्रत्येक सब्दको आवाजले हृदय छुन्छ ।
कस्ले सक्छर बिष्णु माझी जति स्वर कि धनी उच्च सम्मान सफलताको सुभकामना । यो आवाज सधै सुनिरहन पाउ हजुर को आवाजको गीत सुन्यो भने बल्ल चाडपर्ब आएको जस्तो लाग्छ ।।।❤❤❤❤❤❤
सबै मिलेर विष्णु माझीलाई सार्वजानिक गर्न पहल गरौ घरमा बन्धी बनायर राख्न पाईदैन किन की उनी राष्ट्रको गहना हुन अधिकार छ भन्दैम राष्ट्रको सम्पतीलाई घरमा बन बन्धी बनाउन पाईदैन
हरेक दुख पीडा आमाको सामु लुकाएर परिवारको जिम्मेवारी घर सम्हाल्दै बसेकी महान नारिको कथा व्यथा भावना समेटिएको तिज गित उच्च सम्मान सधै सधै गायिका विष्णु माझी प्रती 🙏🙏प्रत्यक्ष रुपमा उहालाइ देख्न पाइयोस भगवान सग कामना 🙏🙏🙏🙏
सारै मिठो लाग्यो बिष्णु माझीको तिइज गीत। यो गीतले बजारमा झ्याली पिट्दै गर्दा अन्य बेकम्फुसे छाडा गीतहरुको नामोनिसान भेटिदैन त! सबका सब साईट लागे। बिष्णु माझी बाट केही सिक है भट्मासहरु हो!
आमा शब्द एकदमै अमुल्य सब्द हो,आफ्नी छोरीको माया बुवाको भन्दा पनि बढि माया आमाले गर्छिन्,आमा नहुनेको मन कति रोला छोरा मान्छे भएर पनि आखा भरी आसु झारेर कमेन्ट गरेको छु।
सामाजिक संस्कार संस्कृति र धर्म परम्पराको अस्तित्व र मर्यादालाई आफ्नो पहिचान बनाई सबैको मन मुटु छुने र मुग्ध पर्ने मार्मिक र कारुणीक गीत गाउन एक उत्कृष्ट र सफल कलाकारको महान स्तंभ साबित भएको छौ, विष्णु माझी बैनी तिमीलाई धेरै धेरै बधाई तथा शुभकामना छ !!!