Тёмный
No video :(

के हो मष्टो? खसहरूको धर्म केहो? "मष्टोपूजा कुलपूजा हो भने खसहरूको धर्म वैदिक हिन्दू नै हो।" 

Bhimkanta Bhagawat
Подписаться 16 тыс.
Просмотров 8 тыс.
50% 1

#मष्टोपूजा____खससँस्कृति_____एक_विश्लेषण !!!
#के_हो__वास्तविकता? #क्षत्री_समूदायलाई_निवेदन !!!
ॐ अादिमष्टो गुरू शरन परी हातै जोडी पाउ लाग्याँ।रख्खे गरे,बडन्ती गरे............ वराह मष्ट कुल-कालिका कुल-मालिका श्रीछिन्नमस्ता बढि माई शरन 🙏
यो मष्टोपूजा लोकाचार र कुलाचार हो।
" लोकाचारान् कुलाचारान् देशाचारान् समाचरेत्" अनुसार वेद सम्मत छ।वेद र तन्त्रको मिश्रण हो यो मष्टो परम्परा।राजसी र तामसी पूजा पद्धतिको मिश्रण पनि हो यो।
मष्टोको अर्थ हो समस्त।सम्पूर्ण शक्तिहरूको एकीकृत महाशक्तिको नाम हो मष्टो।यसमा शक्ति र शक्तिमानको सङ्गै अाराधना हुन्छ।मष्ट देवताहरू वास्तममा कति छन् थाहा छैन किनकी नयाँ -नयाँ मष्टो देवताहरू प्रकट हुने र बक्ने क्रम अाज पनि छ।तर पत्ता लागे अनुसार खास मष्टहरू १०८ वटा छन् भनिन्छ।जसमा अाज सम्म बकेका मष्टोहरू १८ छन्।कसैले १२ मष्टोलाई मात्रै मान्छन्।मष्टोको अादि थलो कैलास मानसरोवर हो।अादि मष्टो भनेर भगवान् शिवलाई नै मानिन्छ।भगवान् शिवका एघार रुपहरू र मुल अादि मष्टो गरि बाह्र मष्ट अनि प्रभुका मुख्य छ जना शैव पार्षदहरू समेत गरि १८ मष्टोको खास अाराधना नेपालमा हुने गरेको छ।तर यी मष्टो देवताको नाम मुल ठेट नेपाली भाषामा हुन्छ।जस्तै दुधे मष्ट,खप्पर मष्ट,दाह्रे मष्ट अादि।मष्टो पूजाको ईतिहास हेर्दा लगभग १००० वर्ष भन्दा माथि जानू पर्दछ।वर्तमान बाहुन क्षेत्रीहरू यो पहाडमा फैलिनु पूर्व पनि मगर राजाहरूले मष्टो पूजा गरेका प्रमाण छन्।जसको प्रमाण अर्घाखाँचीको अर्घौते ढुङ्गो छँदै छ।मष्टो परम्परामा पुजिने नौ बहिनी देवीहरू पनि वैदिक नवदुर्गा नै हुन्।यो पहाडमा बाहुन,छेत्री,दशनामी,कामी,दमाई,सार्की,गाइन,वादी अादि अाउनु भन्दा पहिले नै मगर र गुरुङ राजाहरूले वेद र तन्त्र सम्मत विधिले भुईंफुट्टा शक्तिपीठमा पूजा अर्चना गर्दथे।हुन त अत्यल्प रुपमा यी अन्य समूदाय यहाँ रहे पनि मूलतः बढि संङ्ख्या मगर र गुरूङहरूकै थियो।मगर र गुरुङहरू प्राचीन वेदधर्म रक्षक क्षत्रीहरू हुन्।महाभारतको युद्धमा वर्तमान नेपालबाट शैवमार्गी वैदिक किरात र क्षत्री राजाहरू लड्न गएको उल्लेख छ।ती क्षत्री भनिएका वर्तमान मगर,गुरुङ,तामाङ अादिका पुर्खा थिए।बुद्धबाट गुरूङ वर्ग प्रभावित भए पछि शैव र बौद्ध मिलेर परम पवित्र हिमाली महायान मार्ग बन्यो।पछि भोटे,शेर्पाहरू हुँदै यो तिब्बत,भुटान,बर्मा,श्रीलंका सम्म फैलियो।यही मुल मष्टो परम्परा उपत्यकामा पनि थियो।यसैको जगमा विराट नेवार सभ्यता विकसित भएको हो।काठमाडौंका अधिकांश मन्दिरको गर्भगृह हेर्दा सामान्य शिला थापेर शक्ति बोलाइएको कुरा श्रीमहालक्ष्मीस्थान,श्रीवंगलामुखी अादिको अवलोकनबाट थाहा हुन्छ।नेवार जाती भन्छन् अचेल,जुन गलत हो।नेवार त सभ्यता हो जसमा पहाडे,मधिसे,हिमाली,भोटे,पर्वते,काँठे,खोले,मैदाने सबै मिसिएका छन्।वैदिक छहारीमा मुल मष्टो परम्परामा पछि गहन तन्त्र पनि मिसिए पछि वर्तमान नेवा सभ्यता र विश्वलाई नै चकित पार्ने खालको उपत्यकाको वर्तमान साँस्कृतिक विरासत बन्यो।यसैमा बुद्धको ज्ञान मिसिए पछि शैव दर्शन र साधना अनि बुद्धको ज्ञान मिलेर बज्रयान मार्ग विकसित भयो। किरात सभ्यतामा पूजिने सतलुङ्ग,मिलुङ्ग र पुतलुङ्ग ब्रह्मा,विष्णु,महेश वा अ उ म = ॐकारकै प्रतीक हुन्।यो पनि मष्टोकै स्वरुप हो।
मूलत: मष्टो हुन शक्ति र शक्तिमान सङ्गै हुनै पर्दछ।कर्णाली प्रदेशमा मष्ट देवतालाई कुलदेवता,मार्गदेवता,गृहदेवता,ग्रामदेवता र स्थानदेवता अादि विभिन्न रुपमा पुजिन्छ।छेत्रीहरूले अाफ्नी कुलदेवी महाकालीको साथमा मान्छन्।छेत्री वंशका खास कुल देवता महाकाली,खड्क देवता,छत्र महाराज अादि रहेको पाइन्छ।ठकुरीहरूको पनि कुल देवता श्रीकालिका न‌ै भएको पाइन्छ।मध्यमाञ्चलमा अाउँदा मष्टले कुलदेवताको खास रुप लिएको पाइन्छ।मध्यमाञ्चल र पश्चिमाञ्चलमा लगभग नब्बे प्रतिशत बाहुन र विश्वकर्माले मष्टोलाई कुलदेवताको रुपमा पुज्दछन्।केही परियार,गन्धर्व र नेपालीले पनि मष्टो पुज्दछन्।तर धेरै जसो परियार,नेपालीहरूले कुलको रुपमा देवीकै पूजा गर्दछन्।नेपालमा वास्तविक शूद्र कोही छैन।बाहुनबाट विश्वकर्मा,छेत्रीबाट दमाही,ठकुरीबाट सार्की बनाइएका प्रमाण छन्।बादी र गन्धर्व पनि बाहुनबाट बनाएको हो।यसैले माथिको पारम्परिक सामिप्यता देखिएको हो।

Опубликовано:

 

22 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 74   
@RiteshKarki-zr6dd
@RiteshKarki-zr6dd 2 месяца назад
जय सनातन मस्ट धर्म संस्कृति, जय खश गोर्खाली
@anishathapa9254
@anishathapa9254 Месяц назад
Jay gurudeb🙏🙏🙏
@ramkhadka2032
@ramkhadka2032 2 года назад
Om...धेरै सत्य बिषयमा धेरै राम्रो समाधान ।🌍️🌺🌹🥀🇳🇵🚩🚩🚩🚩🌾🌏️🌏️📚️
@parsukhadka3982
@parsukhadka3982 2 года назад
मष्टा कुलदेवता हो हिन्दु धर्म भित्रको सस्कार नै हो।
@RiteshKarki-zr6dd
@RiteshKarki-zr6dd 2 месяца назад
खुलित्तै
@sabitriacharya6689
@sabitriacharya6689 2 месяца назад
जय गुरुदेब
@rabinrayamajhi8303
@rabinrayamajhi8303 Год назад
ॐ नारायण नारायण हरि हरि
@vijohnkhadka5299
@vijohnkhadka5299 Год назад
Hami hamro khas sabyata masta hamro dharma manda temi haru aryalai kina tauko dukhai ki lutna paindaina vaner ho.
@dipakdhakal4313
@dipakdhakal4313 2 года назад
कोटी कोटी प्रणाम गुरुदेव
@jagatsoni8799
@jagatsoni8799 4 месяца назад
जय बाबा जी हजुर गुरु जेलि सयकुरा भाेनु भाे हजुर बाबा काे कुरा सदादिन मिरु मनमा जाउस
@netralalbhattarai2636
@netralalbhattarai2636 3 месяца назад
हाम्रा वैदिक तथा पौराणिक ग्रन्थहरुमा हिन्दुधर्म को बारेमा कहाँ कहाँ वर्णन गरियको छ कृपया बताउनु होस गुरुजी।अति धेरै नमन।
@OfGod-gq3qd4pg6v
@OfGod-gq3qd4pg6v 2 месяца назад
@rajankarki5850
@rajankarki5850 Год назад
It is truth.❤
@Dhruba7Ghimire
@Dhruba7Ghimire 7 месяцев назад
मष्टो थर पिच्छे अलग अलग हुन्छन कि एउटै हुन्छन् यो कुरा प्रष्ट पार्दिनुसन गुरु सबै घिमिरे हरु को कुल एउटै हुन्छ कि अलगअलग हुन्छ.?
@gyanendrajungthapa9494
@gyanendrajungthapa9494 Год назад
जय होस्।
@rajudiyali5407
@rajudiyali5407 Месяц назад
गुरूजी ले झै अन्य गुरूजनहरू बाट पनि यसरी स्पष्ट सित वैदिक सनातन धर्मको प्रचार भएमा पथ भ्रष्ट भएर बिथोलिन लागेको अवस्था मा अवश्यै लगाम लाग्ने छ भन्नुमा अत्युक्ति नहोला ।
@dinapokhrel7353
@dinapokhrel7353 Год назад
कोही क्षेत्रीहरु आफू मष्टो धर्म भन्ने छन् ती डलरे हुन् bhannelaagch
@bishnusingh4
@bishnusingh4 9 месяцев назад
Pandit Bhimkanta - I request you to write a book about all your preaching so that people can easily read them and accurately know about Khas, religions caste, etc.
@TekbahadurMalla-ct6up
@TekbahadurMalla-ct6up Месяц назад
Khadang bat aayka hunale. Khas bhaniy ta pani hami aarya hau ra masto kul debata hun dalr badi haru le deuta lai dharm ho bhanera failayka chhan ahile deuta haru sabai devadi dev sivaka hissa hun ra kasle manne ra kasle namanne hoina debta sabai ka saja hun dalra badi hru le jat jati ma manxe ladaune kam gardai chhan
@Khadka888
@Khadka888 10 дней назад
छेत्री हरुले महाकाली कुलपुजा मान्छन भन्नु भयको छ त्यसो होइन होला गुरु मस्टा नौ दिदि बहिनि मा कालिका, मालिका,कनकासुन्दरि , त्रिपुरासुन्दरी,जालपा,खेसमातिनी,ठिङ्चाल्नी,हिमालिनी र बिन्ध्यावासिनी हो होला हिन्दु नै तर मस्टका देबि देबतालाइ हजुर हरुले अन ब्ख्या नगरम अहिले सम्म त हिन्दु नै छौ हो हामि हिन्दुनै तर मस्ट को देबी हरु लाइ गलत ब्याख्या नगरम बरु मस्ट पुजा परम्परा गत पुजा हराउदै गयको छ यसको अध्ययन गरेर जगेर्ना गरौ
@samundrarajkhadka6
@samundrarajkhadka6 3 месяца назад
मष्ट देवता कतै महादेवका अंश कतै इन्द्रका अंश किन भए? कसरी भए? थप स्पष्ट पार्नु पर्याे गुरुवर ।
@manojchapagain1583
@manojchapagain1583 2 года назад
यो सबका सब बाबुरामका हाली हुन खस भन्दै उफृने
@ManiKumar-ht1cf
@ManiKumar-ht1cf 9 месяцев назад
गोर्खासभ्यता हिमन्त खण्डको मरश्यीदि नदी सभ्यता बीर सभ्यता,गोर्खाखाासाम्राज्य गोर्खाभाषानाम सभ्यता सिमरणगढगडसभता नेपालीनाममा नागरिकतानाम मात्रै छ वा नेवारी नेपालमण्डलको नेवालीन्पाली नेवारी सभ्यता जुन गोर्खा सभायताको synonymous hoina Shalya sa yata buddhist lumbini बिधेय ीमाथसभत्यता मैथिलीऋाषा
@rajkhembasnet8157
@rajkhembasnet8157 Год назад
पहिले वाहुन बाट झरेका हरु खस भने हेपेर बोलिने गरिन्थे बहुन ले अहिले बाहुन पनि खस हु भन्दा कुरा बुझिएन 💯
@tikaramrc674
@tikaramrc674 Год назад
बाहुन आर्य हुन ।😊
@HemantBhandari-li3gk
@HemantBhandari-li3gk Год назад
Khas ra aarya maa farak xa hami khas ho mast pujak Ani aarya bahun hindu ho hami hindu hoina
@kabirajsanjhyal10
@kabirajsanjhyal10 Год назад
Hello guru🙏🙏🙏🙏
@nabin7962
@nabin7962 11 месяцев назад
सबै दन्त्य कथा बाहुनले कथा लेख्दै आएका हुन्।। ९५% भन्दा ठकुरी मगर मंगोलियन हुन्।।
@indrapokharel1845
@indrapokharel1845 8 месяцев назад
अब ठकुरी हरुलाइ मङ्गोलिया पठाउने खेलो।
@user-se8kt7di1j
@user-se8kt7di1j 4 месяца назад
घण्टा तिमीहरू को मङगोलिया को झन्डा मा त्रिशूल छ त्यहा नि त्यङगि् धर्म मान्छन अर्थात तन्त्र को बिधा बिधान छ चङगोज ले नि मष्ट आभान गरेर त्यो साम्राज्य बनाएका थिए
@Khadka888
@Khadka888 10 дней назад
मस्टो भनेको भुमि पुजक हो हो छेत्री मात्रै खस होइनन् खस भनेको मस्ट कुल मान्ने खस हुन बेद पुरान भन्दा मस्टको रुप पहिले नै पर्चलन मा छ र हजुले भनेझैं सबै खस होइनन् किनकि मस्ट नमान्ने पनि छेत्री छन ति छेत्री भनेका चाहि मस्ट कुल नपुज्ने ब्राह्मण बाट झरेका हुन
@debthadarai1702
@debthadarai1702 3 месяца назад
तपाइलाइ नमसकारछ 130बरस कुलपुजाहांमो् दलितब्गमा भाकोछैन कुिलदेब सददेब महादेब को पुजाग्नुपछ भंनुभयो जिजुबा हजुरबा मेराबा हुँदापुजा भएन रगतदिनु गलतिछ छरलंङगपारि दिनुभएमा पुग्निछौ 90 घरले गुलमिमा गरेकाछै नौ गुरुजिको बचनसहिछ बताइदिनुहोला धंबाछ
@bhimkantapanthi6623
@bhimkantapanthi6623 3 месяца назад
आफ्नो परम्परा अनुसार गर्नुहोस्।
@nabin7962
@nabin7962 11 месяцев назад
एउटा बाहुन पनि खस होइन।। उत्तराखण्ड कुमाउँ गढवालमा पनि बाहुन र खस फरक क्लान हुन्। मष्ट र हिन्दु एकछेउ पनि एउटै सभ्यता हुँदै होइन।। पटटट जे मन लाग्यो त्यै नबोल है भाई।। इतिहास राम्ररी अध्ययन गरेर आउ बाबु।। ठकुरी मंगोलियन जाती हुन्। बाहुन पछि खससँग मिसिएका हुन्।।
@indrapokharel1845
@indrapokharel1845 8 месяцев назад
पहिला राम्ररी इतिहास पढ्नु भैया।
@kulabudhaxettri4480
@kulabudhaxettri4480 Год назад
हजुर त अाये हाे हामी खस हाे
@bhimkantapanthi6623
@bhimkantapanthi6623 Год назад
हामी सबै खस हौँ।
@kulabudhaxettri4480
@kulabudhaxettri4480 Год назад
हजुर अाये हाेनि अाये भनेकाे बिदेसि हाेनि हामी त खस नेपाली हाे याे सुदुरपसिम अछाम देखि हाे तपाईं अब अाये नभन्नु हाेला
@kulabudhaxettri4480
@kulabudhaxettri4480 Год назад
हामिलाई क्षेत्री पछि बनाईकाे हाे असलि दाेसि ठकुरि हाे भारत मा ठकुरि क्षेत्री हाे हामिलाई बिचमा नलेईदिनु हाेला हाम्रो बिहे बाहुन संग भयेकाे छईन बाहुन र क्षेत्री काे बिहे चल्दैन
@kulabudhaxettri4480
@kulabudhaxettri4480 Год назад
@@bhimkantapanthi6623 सुदुपसिम बाट हाे हामी खस हाे खस मानिस काे बसाेबास छ
@kulabudhaxettri4480
@kulabudhaxettri4480 Год назад
@@bhimkantapanthi6623 कमेन्ट गर हाे सर
@saubkarnakausila9019
@saubkarnakausila9019 Год назад
1000000%%राइट कुरो गर्नु भयो आमा उही बाउ फेर्ने हजार बाउ आमा यौटै बनायर जन्मेका हरु ले तेरो मेरो धर्म भनेर रिसले अवेगमा आयर धर्म परिवर्तन गर्छन धर्म त परिवर्तन गर्लान इमान परिवर्व्तन गरेर देखाउन त विरोधी हरु ले सबका मालिक यक जय मस्टो
@tikaramrc674
@tikaramrc674 Год назад
गुरु जि ,आर्य को हुन् ? खस को हुन ? फरक हुन कि होइनन् ? खसआर्य एउटै हुन भने जुम्लाका पावै खसहरुको संस्कार र संस्कृति फरक देखिन्छ किन ? हिन्दु संस्कार अनुसार कार्ज्य गर्दैनन् किन ?
@HemantBhandari-li3gk
@HemantBhandari-li3gk Год назад
Khas ra aarya farak ho hami khas ho hamro itihas xa pahichan xa astitwa xa hamro dharma mast pujak ho hamilai bahun le khas bata hindu karani garer xettri banayeko itihas le batauxa
@tikaramrc674
@tikaramrc674 7 месяцев назад
१०० % सहि भन्नु भयो, खसहरुको धर्म नै मष्ट हो, १८ भन्दा धेरै मष्ट ,नौ बहिनी भुवानीलाई कुनै न कुनै रुपमा पुजा गर्दछन। श्री ३ महाराजा जङ्ग बहादुर कुवर राणा ले बि.स. १९१० मा जारी गरेको मुलुकी ऐनको दफा ५० को पेज -३७४ अनुसार "अब उपरान्त तागाधारी षस ( खस ) जातलाई क्षेत्री जात भन्या बक्सी यो कागजपत्रहरुमा लेषनु(लेखनु) पर्दा पैल्हे नाउ लेषी(लेखी) उनको थर लेषनु वाहा पछि क्षेत्री भन्या लेषनु" भनी उल्लेख गरिएको छ। ref. ने.का.आयोग।
@rohitacharya3292
@rohitacharya3292 Год назад
मस्ट देवता को बारेमा अझै भिडियो बनाउनु परो गुरु ।।।
@ManiKumar-ht1cf
@ManiKumar-ht1cf 9 месяцев назад
ेपालका बहुन हरूले ख समाधि लदेंगे नेपाली शबप हरू लडाततिनाम हूनन
@Dhruba7Ghimire
@Dhruba7Ghimire 7 месяцев назад
बिध्या हराय कास्की जानू भनेर पैला भनिन्थ्यो पछि ईन्डिया ले काशी बनाकोहो भन्छन केहो जान्कारी पाउन गुरु.?
@aneelmahat5981
@aneelmahat5981 10 месяцев назад
वैदिक पुराणमा खस लाई आनार्य अवैदिक ब्रात्य भनि लेखेको झूठो हो है बाहुन बाजे? योगी नरहरी नाथले अनुसंधान गरेको खसको इतिहास झूठो हो है बाहुन बाजे??? 🤣
@bhimkantapanthi6623
@bhimkantapanthi6623 10 месяцев назад
नरहरि नाथले के भनेका छन् ?
@crankworld17
@crankworld17 7 месяцев назад
Mere pitaji ke kul devta bhi masht devta hai. Lekin hum kabhi vha nahi gae hum india me hi rehte hai, pitaji ki death 2011 me ho gai hai. Ab devta ka dosh nikl rha hai. Kya koi upay ho sakta hai iska.🙏
@KakuSharma-qv6sz
@KakuSharma-qv6sz 4 месяца назад
Bural Masto ma video bnaunos sapie masto ko utpati dhraka ho kehi tah ni rhencha ene bke to kte Chan kati masto bhnne ke ma masto hu khane khojeka
@bhimbarma3807
@bhimbarma3807 2 года назад
व्राह्मणहरु ले मस्टा पुज्न पछि सिकेको हो भनिन्छ नि गुरु ।
@kamikazehang8115
@kamikazehang8115 2 года назад
खै मैले आजसम्म बाहुन धामी झाक्री कहिल्यै देखेको छुइँन बरु खस क्षेत्री कामी दमाई अरु देखेछु बाहुन पुरोहित पण्डित मात्र देखेको छु।
@bhimkantapanthi6623
@bhimkantapanthi6623 2 года назад
नेपाली बाहुनहरूले मष्टो नपूजेको कुनै कालखण्ड थिएन।अाज पनि शत प्रतिशतले मष्टो पूज्छन्।
@bhimkantapanthi6623
@bhimkantapanthi6623 2 года назад
@@kamikazehang8115 तपाईंको घर कता हो? नेपालमा भए त देख्नु पर्ने।अब मंसिरे पुन्युमा हेर्नू।मलाई लाग्छ सबै भन्दा बढि धामी नै बाहुन वर्गमा छन्।
@bhimkantapanthi6623
@bhimkantapanthi6623 2 года назад
गलत हो।अफवाह हो। नेपाली बाहुनहरूको मुख्य कुलदेवता नै मष्टो हो।
@manojchapagain1583
@manojchapagain1583 2 года назад
तिमिलाइ राजा महेन्द्र ले बर्मा( म्यानमार) देखि लेर आएको प्रमाण भेटियो नि। बर्मा देखि आएका हरुले बर्मा लेखेका हुन कि नहि? त्यो पनि सोधुम जगमान गुरुङलाइ नत्र भिमदत्व गुरु लाई।
@nabin7962
@nabin7962 11 месяцев назад
सबै हावादारी
@kamikazehang8115
@kamikazehang8115 2 года назад
अरुको कुरा छोडौ किराँत शिव भक्त हिन्दु को हाँगा रे,,,!!??😁😁😁
@bhimkantapanthi6623
@bhimkantapanthi6623 2 года назад
किरात हिन्दूको हाँगा होइन हिन्दू नै हो। शिवपूजक अवैदिक र अहिन्दू कसरी हुन सक्छ?
@kamikazehang8115
@kamikazehang8115 2 года назад
@@bhimkantapanthi6623 किराँतीले कहाँ शिव पुजेको देझ्नु भो??😅😅 भन्नू होला पारुहाङ सुम्निमा थेवा युमा शिव पार्वती खास शिव पार्वती चिन्दा पनि चिन्दैन न मुन्धुममा शिव पार्वती को कुरा आउँन न मिथक/चरित्र नै मिल्छ वाहियात गफ नगर्नुस् गुरु,,,,हुँदा हुँदा मोहम्मद/जिजस पनि शिव कै रुप भन्नू होला।😁😁😁
@bhimkantapanthi6623
@bhimkantapanthi6623 2 года назад
@@kamikazehang8115 किराँत धर्मगुरू अात्मानन्द लिङ्देनको भनाइ सुन्नुहोस्। मुन्धुम अनुसार पारुहाङ र सुम्निमा नै शिव पार्वती हुन्।
@kamikazehang8115
@kamikazehang8115 2 года назад
@@bhimkantapanthi6623 गुरु आतमनन्द लिङ्देन भनेको लिम्बू हो लिम्बुले पारुहाङ सुम्निमा होइँन युमा थेवा मान्छ अनि आत्मनन्दको बाजे फाल्गुनन्द उबेला लाहुर हुँदा जोस्मुनी साधु धर्मबाट दिक्षित भए पुरै लिम्बुलाई सुधार गर्छु भन्दै सत्तेहाङ धर्म बनायो पछि आत्मनन्द इणडियन लाहुरेले सुधार त गर्यो ज्यादा नै गरि पठायो पुरै साधु जस्तो बनायो एक तारे बजाउँने चरु पोल्ने शंख फुक्ने चिम्टा कमण्डुलु बोक्ने खरानी घस्ने कान फुक्ने सब्दी लिने बनायो अब यो धर्मलाई अझ ठूलो बनाउँने राईहरु लाई तान्न हिज अस्ति किराँत धर्म भनेर बनायो जब कि यो किराँत मौलिकता भन्दा बिल्कुल उल्टो किसिमको किराँतीहरुले स्विकार्नै गार्‍हो भो त्यसैले अहिले मौलिकतावादीहरुले (युमा साम्यो) धर्म निकालेको छ।त्यसैले तपाईंले भन्नू भाको सोच्नु भाको किराँत असली किराँंत नभएर जोस्मुनी साधु धर्म हो असली मौलिक धर्म होइँन।
Далее
Девочки, у вас тоже так? 💅🏻✨
00:17
Chaturmas Ka Mahatmya | Chaturmas ka Palan Kaise Karen
10:30