मेरो बिचारमा मोक्ष प्राप्त गर्ने कुरोमा त यी धर्मराजहरु सँग कुनै सम्बन्ध नभएको हुनु पर्छ l हरेक जो कोही को मोक्ष प्राप्त गर्ने चाहना हुन्छ भने जसको लागि कर्म नष्ट गर्दै लानु पर्छ भने प्राणीहरुलाई सजाय सुनाउँने धर्मराजको त कहिलै कर्म नष्ट नहुने भयो नि त किन कि महा करुणा देखाउँने अभ्यास त कहिलै गर्न नपाउँने भयो वहाँले त l जब तिब्बत, भुटान तिरका ठुला ठुला रिन्पोछेहरुको प्रवचन सुनिन्छ तब अर्कै फ़िलिंग आउछ मनमा र जब हजुरहरुको प्रवचन सुनिन्छ तब पुन: बडो confusion मा परिन्छ l
अवश्य माेक्षा का लागि धर्मराज सँग सम्बन्ध नहुनुपर्ने त हाे तर यहाँ धर्मराजसँग जाेडिएका कुरा भने कर्मसँग सम्बन्धित भएकाले माेक्षाका लागि कर्म शुद्धि हुनु आवश्यक छ यहाँनेर धर्मराजकाे स्व राजिखुसीका निर्णयका कुरा गरेका छैनन् व्यक्तिका कर्मअनुसारका फलका कुरा सँग जाेडिएकामात्र हुन् र
प्राणीहरूका कर्म स्वयं प्राणी आफैंले नष्ट गर्नुपर्छ याे कुनै धर्मराजले नष्ट गर्न सक्नेछैन, तर यहाँ नेर धर्मराज एक आफूले जे कर्म गर्छ त्यस्तै फल पाउँछ भन्ने मूल उपदेश दर्शाउने पात्र हुन् । हरेक प्राणी माेक्षा चाहान्छ भने त्यही अनुकुलकाे कर्म गर्नुपर्छ भन्ने सन्देश पनि यही कथाले दिन्छ तर सबै राम्राे नसुने बुझ्न कठिन हुन्छ।।
मोक्ष प्राप्ती कसरी हुन्छ त ? भाव चक्रबाट बाहिर पनि यी धर्मराजहरुले नै पठाउँने हो र ? कर्मको नियम/प्राकृतिक नियमको आधारमा automatic जन्म लिने मोक्ष प्राप्ती हुने होइन र ? यो कथा अनुसार त धर्मराजले चाहे भने जस्तै कर्म गरेपनि अलि तल माथि गर्न सक्नु हुन्छ भन्ने बुझियो नि जब कि बुद्धले पनि मैले त बाटो मात्र देखाउँने हो केही गर्न सक्दिन भनेर भन्नु भएको थियो रे l यो कथाले त confused पो परि दियो त !
कथा राम्राे सुन्न जान्नुपर्छ हजुर , जिज्ञास आफै मेटिन्छन् किन की यहाँ कर्म अनुसारकाे फल विपरीतका कुरा कहाँ ने र छ? ? सबै एपिसाेड काे राम्ररी सुन्नु कहाँ बाट कहाँ सम्बन्धित भएर भनेका छन् ती कुरा हरू । मूल आशय के हाे मूल उपदेश के हाे मूल लक्ष्य के हाे पहिला त्यसलाई टिपाेट गर्नु अनि याे एपिसाेड्मात्र सुन्दा confused हुनु स्वाभाविक नै हाे । कस्ले कुन गुरूले के प्रवचन गर्याे त्याे आफ्नाे ठाउँकाे कुरा हाे तर याे कथा भगवान् बुद्धका उपदेश वा कर्मफलकाे नियम भन्दा विपरीत भने विल्कुल हाेईन।।