Тёмный

राउटे वृषबहादुरको २१ बर्षको उमेरमा मृ*त्यु | यस्तो छ कारण, घट्दै जनसंख्या | Raute Birkhe | 

Karnali Media
Подписаться 29 тыс.
Просмотров 167 тыс.
50% 1

राउटे वृषबहादुरको २१ बर्षको उमेरमा मृ*त्यु | यस्तो छ कारण, घट्दै जनसंख्या |
#karnalimedia #raute #rautepeopleinnepal #rautebirkhe #surkhet
लोपोन्मुख राउटे समुदायका २२ वर्षका युवक वृषबहादुर शाहीको मृत्यु भएको छ । ६ महिना अघिबाट बिरामी शाहीलाई भदौ ३१ गते उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको थियो । अस्पतालमा चेक गर्दा उनलाई डाक्टरले सरूवा टिबी भएको बताएका थिए ।
उनको कलेजो, मुटुमा पनि धेरै क्षति पुगिसकेकोले उपचार हुन नसक्ने भनेपछि अस्पतालले डिस्चार्ज गरिदिएको थियो । डिस्चार्जपछि बसोबास भएको ठाउँ दैलेखको गुराँस गाउँपालिका-१ सिमेसाल फर्किंदै गर्दा सुर्खेतको कल्यान काँधमा बुधबार राति ९ बजेतिर मृत्यु भएको राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार सुरूमा राउटेले उपचार गर्न ल्याउन दिएनन् । धेरै प्रयास गर्दा पनि उनलाई समयमा अस्पताल ल्याउन नसकिएको उनले बताए । अन्तिममा बिरामीले आमाबुवाले नमाने पनि मलाई उपचारका लागि लैजानुस् भन्दा अस्पताल ल्याएको उनको भनाइ छ ।
मृतक राउटे समुदायभित्र पर्ने कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साइँला सन्तान हुन् । वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसङ्ख्या घटेर १ सय ३४ मा झरेको छ ।

Опубликовано:

 

11 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 123   
Далее
Авто уровни Happy Glass level 604 - 606
00:49
Авто уровни Happy Glass level 604 - 606
00:49