Тёмный

हाम्रो जनैपूर्णिमा at Pashupatinath Temple | जनै पूर्णिमा-रक्षा बन्धन-ऋषितर्पणी Janai Poornima Vlog 

Rider Boy Bidur
Подписаться 8 тыс.
Просмотров 287
50% 1

हाम्रो जनैपूर्णिमा at Pashupatinath Temple | जनै पूर्णिमा-रक्षा बन्धन-ऋषितर्पणी Janai Poornima Vlog
This is the special day vlog for me with my dad:
we plan to pashupati for rakshya bandhan and also visit boudhnath stupa where we see ropai jatra dance nad lakhe dance.
जनै पूर्णिमा । रक्षा बन्धन । क्वाति खाने दिन | ऋषितर्पणी | पूर्णिमा व्रत |
Janai Poornima/ Rakshya Bandhan/Kwati Khane Din/Poornima Vrata/Rishi Tarpani
मन्त्र गरिएको धागोको एउटा पवित्र अंशलाई शरीरमा लगाउनुलाई जनै लगाउनु भनिन्छ । जनैका विभिन्न नाम छन्, उपवीत, यज्ञ सूत्र, ब्रह्म सूत्र आदि नामले पनि जनैलाई नै जनाउँछ ।
उपनयन संस्कार भएकाहरूले जनै लगाउने गर्दछन् । सनातन दर्शनमा मानिसको जीवनलाई १६ वटा संस्कारले बाँधेको हुन्छ र उपनयन संस्कार त्यस मध्य एक हो । उपनयनको शाब्दिक अर्थ चाहिँ नजिक जाने प्रक्रिया या चाहना हो र जीवनमा भगवानतत्वसंग नजिक जाने यस संस्कारको महत्त्व असाध्यै धेरै छ ।
आजको दिनको मन्त्र:
"येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।"
अर्थात्:
"जुन रक्षा (काँचो धागो)ले दानवहरूको महान् राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।
नेवा संस्कृतिमा जनै पूर्णिमा
" आजको दिनलाई नेपाल भाषामा गुंपुन्हि पनि भनिन्छ। नेवार समुदायले आजको दिनलाई "गुंला महिनाको पुन्हि" अर्थात् "गुंपुन्हि" भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ ।
राखी लगाउने चलन
यसै दिन दिदीवहिनीहरुले आफ्ना दाजु-भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखी को चलन र यस चाडको महत्त्व एकदमै बढी रहेको छ ।
क्वाति खाने दिन
यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अङ्कुरित भएका गेंडागूडीबाट बनेको "क्वाति" हो । नेपाल भाषामा क्वातिको शाब्दिक अर्थ 'क्वाः' भनेको तातो परिकार 'ति' भनेको झोल त्यसैले "क्वाति" भनेको झोलिलो परिकार हो । आजको दिनलाई क्वाति खाने दिन पनि भनिन्छ । दुई दिन अघिदेखि पानीमा भिजाई राखिएको विभिन्न ९ प्रकारका गेंडागूडिहरु (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाति भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलाई विशेष गरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन विशेषको महत्त्वपूर्ण स्वाद पनि हो ।
ऋषितर्पणी
यस दिन स्नान गरी सप्त ऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तर्ने त्यसलाई धारण गर्ने प्रचलन छ । तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्त ऋषिलाई तर्पण दिने भएकाले जनै पूर्णिमालाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।
पूर्णिमा व्रत
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान शिव र विष्णुको आराधना गरिन्छ । भगवान विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजाको स्वरुपमा गरिन्छ । सामान्यतया सत्य नारायण पुजा जहिले गरे पनि हुने कार्य हो यद्धपि पूर्णिमाको दिनमा गरिने यस पुजाको फल निकै धेरै पाइन्छ । वैज्ञानीक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम सुमरण गर्दा आत्मशुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्याष्ट्रिक समस्याहरु हल भएर जाने र शरीरमा सकारात्मक उर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समयवाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसंगै व्रत समापन हुन्छ ।
==============
My Action Camera-
Gopro Hero 12 Black: • How to use GoPro in Ne...
Edited on - Premiere Pro 2023
My Bike - • Pulsar N160 Review in ...
===============
🎬 Production Credits
✍️ Edited by: Rider Boy Bidur ( #Rider_boy_bidur)
📷 Filmed by: संयोग शिशिर " ssbks"
💡 Produced by: RBB Creation - @rbbcreation
 Music by: RU-vid Audio Library
Namo Namo Shankra. Copyright Free Music. No Copyright Music by Mueksh.
Music Jaya Jay Shankara: • Namo Namo Shankra. Copyright Free Mus...
Download Copyright Free Videos From This You tube Channel - / @uc8tvehjcyuhuynyv-zghwda
Thank you so much for wounderful copyright free music::
Special Copyright Free Music By : Anxmus Music
Channel Link - / @anxmu5
For any information and Query Please Send email or DM me on Instagram.
=============
© Rider Boy Bidur [ RBB ] ALL RIGHTS RESERVED
यो भिडियो अनुमति विना फेसबुक, टिकटक, युट्युब वा अन्य कुनै माध्यममा प्रयोग गर्न मनाही छ । यदि कुनै व्यक्ति वा संस्थाले विना अनुमति यो भिडियो पुन: प्रयोग गरेको पाइएमा कानुनी कारवाही हुनेछ ।
Uploading this video on other RU-vid channels or Facebook pages or any other platforms without prior permission is strictly prohibited. If found, legal actions will be taken.
(Link sharing and/or embedding to websites is allowed)

Опубликовано:

 

28 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 12   
@RiderKiru
@RiderKiru 2 месяца назад
la dami happy janai purnima sabaima dhilai bhayeni and buwalai dami aasirbad dinubhayex guru ba le buwako bhudi ni kadai ho bhannu parx anyway good vibes love from Rider Kiru❤❤👍👍🙏🙏🙏🙏
@RiderBoyBidur
@RiderBoyBidur 2 месяца назад
Oho oho😊😂😂 Thank you so much sathii Happy rakshyabandhan Love from RBB❤️❤️
@ShovaThapa-j2o
@ShovaThapa-j2o 2 месяца назад
Dami video🎉🎉🎉
@RiderBoyBidur
@RiderBoyBidur 2 месяца назад
Thank u
@shankarghimire6591
@shankarghimire6591 2 месяца назад
Wowo dami
@RiderBoyBidur
@RiderBoyBidur 2 месяца назад
Thank you dai
@Vlogonwithkrishna
@Vlogonwithkrishna 2 месяца назад
Dami , janai bidhiwat tarikale ferkubho 😊
@RiderBoyBidur
@RiderBoyBidur 2 месяца назад
Hjr buba sanga ramailo vayo Thank you❤️❤️
@janaksigdel1770
@janaksigdel1770 2 месяца назад
❤️❤️
@RiderBoyBidur
@RiderBoyBidur 2 месяца назад
❤️❤️❤️💝💝
@op_binod7857
@op_binod7857 2 месяца назад
Bahun vaneko caste matrai nabhai aauta brand ho😄❤️
@RiderBoyBidur
@RiderBoyBidur 2 месяца назад
Haitt brother kada😊🤣💝❤️💝❤️💝
Далее
Ванька пошел!!!! 🥰
00:18
Просмотров 1,1 млн
Ванька пошел!!!! 🥰
00:18
Просмотров 1,1 млн