विषयवस्तु धेरै छन् गित बनाउनको लागि, जमाना hit/trending गीतको पछि दौडिरहेको बेला मलाई चाहिँ यस्तै यस्तै गीतहरु गर्नुमा आनन्द मिल्छ । भोली आउँदैगरेको बुबाको मुखहेर्ने पर्वको अवसरमा सँगै हुनेले भेटेर माया बाँढौं, टाढा हुनेले फोनबाट सम्झिएर माया बाँढौं...जसले यो दुनियाँ देखाइदिनु भयो जति व्यस्त भएपनि थोेरै समय परिवारको लागि निकालौं । #happyfathersday 🙂🙏
"बा " मैले धेरै पढेँ आमाका बेदनाका कथाहरु तर कहिल्यै पढिन बाका अनुहारमा सलबलाएका दु:खका बक्र रेखाहरु धेरै पटक कविहरुले आमाकै तारिफमा कबिता कोरे आमाकै गीत संगीत भरे आमालाई धर्ती भन्नेहरुले बालाई कहिल्यै आकाश भनेनन् र त बा सँधै ओझेल परे । हाम्रो अँधेरो मेटाउन मैन झै जलिरहे हाम्रा खुसी समेट्न मोनो रेल झैं चलिरहे जिन्दगी भर कुदिरहे कुदिरहे थाकेर सुइय नगरि सँधै एक्लै कुदिरहे त्यसैले त अग्लिदैछ एक्लोपनको हिमाल बाको मनभित्र । यतिखेर लम्पसार छ निरस जिन्दगी बाकै अघिल्तिर थिचिएर त्रासले सँधै घुरिरहन्छ कुम्भकर्णको निद्रामा बाको अन्योल जिन्दगी तर बा करकलाको पातमा टलपल पानी झैं आँसु टिलपिलाएका आँखामा निद्रा हराएपछि खुसीहरुको सिला खोज्दैछन् परेलीका डीलहरुमा । बारीको डीलमा चुपचाप ठिंग उभिएको बूढो रुख झैं बा कहिल्यै उभिएनन् भन्ज्यांगको चौतारी झैं ढसमस्स बसेनन् बा कहिल्यै बोल्दा बोल्दै भासिन्छ बाको स्वर बोली बन्द हुन्छ एकाएक थाहा पाउछु म गला अबरुद्ध भएको र पनि दबाएर सबै पीडा मुस्कुराएको अभिनय गर्छन् म चिन्छु त्यो मुस्कान त्यो नक्कली मुस्कान जो बाको होइन हुदै होइन । फुंग रंग उडेका उदासीका फूलहरु फुलेका छन् बाका मुहार भरि चाउरिएर ग्राफ जस्ता गालाका रेखाहरुमा कतै एक धर्को सन्तोष छैन कपाल झरेर खुइलिएको बाको तालुमा जिम्मेवारीको चर्को घामले उदाए देखि अस्ताउदा सम्म ठुंगिरहन्छ । भित्र मनमा कता कता बिगत र आगतको उही चिन्ताको पहाड उभिएको छ र बा त्यही पहाडमा उभिएर संसार जितेको नाटक गर्छन् अनि बाँड्छन् हामीलाई पैंचो मागेका खुसीहरु तर यथार्थमा बा हारिरहन्छन् पलपल मेरो लागि तिम्रो लागि र हाम्रो लागि हो, बा त्यो हरुवा हो जो सँधै हारिरहन्छ केवल सन्तानका लागि ।
भुपु दाइको यो गित सुन्दा सारै आँखा रसाएको बेलामा झन यस्तो मीठो शब्दमा मार्मिक बास्तबिकता लुकेको कमेन्ट पढदा आँसु थाम्नु गारो भयो । धेरै धेरै धेरै राम्रो छ 💞 अनगिन्ती शुभकामना र धन्यवाद भुपु दाइ लाई यति मार्मिक गितको लागि 🌹🙏💞💞 भुपु
I was searching this song for more than two years. I had heard this song at that time through vajan team in a saptaha program. It is very touching song. I love this song 😍 very much.
You have raised Nepali society trend in this song, it is reality, mesmerizing voice and contemporary composition. Thank you for this song and keep it up!!!!💖💕
namaste dada, Wowwwwww dada amazing really heart touching,mindblowing song voice and also singing ....आजभोलि मान्छेहरु रमाइलो रङ्गरश भएका गीतको खोजीमा लागिरहदा हजूरको यस्तै गीतहरुमा म भने भावविह्वल हुन मन पर्छ।dada सधैं हजूरको यस्तै गीतले मन छुन्छ...हाम्रो वास्तविक जीवनका साना देखि ठूला आशा,घटना हरुको समावेश हुन्छ हजूरको गीतमा सुरुमा त मैले छोटो छ जिन्दगी सुनेकी थिए,रन्जित भाईले भनेर ,त्यो गीत सुनेपछि मन यत्ती ज्यादा डुब्यो..प्रत्येक शब्द-शब्दमा यत्ती मिठास यत्ति भाव...मन्त्रमुग्ध भएर सुनिरहु जस्तो।।।।जति सुने पनि नपुग्ने।।हजूरको आवाज, गायन,शब्द अनि भाव साह्रै मन पर्छ dada,thanks for these all dada.🌹🌹😍😍
Sorry बुबा हजुरले हामि छोराछोरीको लागि सबै सुख त्याग्नु भयो ,,,,,....... अब त मलाई सुख छ है भनी बसेको कहिलेइ थाहा छैन 😭😭heart touching song. Thank you Bhupu Pandey for this song