रचनाः अच्यूत कृष्ण खरेल
संगीतः फत्तेमान राजभण्डारी
गायकः फत्तेमान राजभण्डारी
रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ
कालो नयन छ तिम्रो गाजल नलाए हुन्छ
रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ
कालो नयन छ तिम्रो गाजल नलाए हुन्छ
रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ
चाँदी माथिको स्वर्ण तिम्रो मुहारको कान्ती...२
उसै त राम्री छ्यौ तिमी फाहा नलाए हुन्छ
मौका पर्खिन्न भन्छन् यौवन फर्कीन्न भन्छन्
तिम्रो नयनको शान्ति मौन फिराद गर्छन
रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ
कालो नयन छ तिम्रो गाजल नलाए हुन्छ
मैले बुझिन भाका कैयन उपाय लाएँ...२
अडकल सकीन काट्न धेरै विचार लाएँ
विन्ती म लाटोलाई भाषा सजिलो बोल
टम्मै मिलेको ओठ संकोच नमानी खोल
रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ
कालो नयन छ तिम्रो गाजल नलाए हुन्छ
रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ
7 сен 2024