संविधानसभाको निर्वाचनसँगै नयाँ जनादेश पाएका दुई ठूला राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमाले अहिले शक्ति बाँडफाँडका विषयमा अल्झिएका छन् ।
सत्ताको नेतृत्व गर्ने तहमा पुगेका दललाई संविधानसभाको वहिष्कार गर्ने धम्की दिइरहेको एकीकृत माओवादी र निर्वाचननै वहिष्कार गरेको नेकपा--माओवादीलाई सहमतिमा ल्याएर अगाडि बढ्नु पर्ने र अन्य दलहरुभन्दा ठ्याक्कै विपरित राजसंस्था र हिन्दू राज्यको एजेण्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी-- नेपाल संविधासभामा चौथो शक्तिको रुपमा उदाउनुले संविधान निर्माण प्रक्रियामा केही जटिलता थप्ने अनुमान गरिन्छ ।
पछिल्लो समय यी दुई दल विचमा पनि राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन गर्ने की नगर्ने विषयमा कुरा मिल्न सकिरहेको छैन् । कांग्रेस जतिसक्दो चाँडो संविधान लेखेर राष्ट्रपति र उपराष्ट्रपतिलाई विदाई गर्न चाहन्छ भने एमाले राष्ट्रपति वा प्रधानमन्त्री मध्ये एक पद आफूले पाउनु पर्ने बार्गेनिङमा छ ।
संविधान बनाउनका लागि म्यान्डेट पाएका दलहरु अहिले किन सत्ताको छिनाझम्टीमा लाग्न थाले ? राष्ट्रपतिको भविष्य के ? कांगे्रसले राष्ट्रपति र उपराष्ट्रपतिको बखेडा नझिकी अगाडी बढौं र प्रधानमन्त्री पनि नेपाली कांग्रेसको हुनुपर्छ भनेमा एमालेले के गर्छ ? प्रभावशाली नेता के.पी. शर्मा ओली .
7 окт 2024