भजनसंग्रह ११६:७-८ ७. फेरि एक पल्ट हे मेरो प्राण, तँ फेरि शान्त हो, किनभने परमप्रभुले तेरो उपकार गर्नुभएको छ। ८. किनभने हे परमप्रभु, तपाईंले मेरो प्राणलाई मृत्युबाट छुटकारा दिनुभएको छ, मेरा आँखालाई आँसु झार्नबाट, र मेरा खुट्टालाई ठेस लाग्नबाट बचाउनुभएको छ,
भजनसंग्रह १२२:१, ३-४, ६, ९ १. जब तिनीहरूले मलाई भने, “परमप्रभुको भवनमा हामी जाऔं,” तब म आनन्दित भएँ। ३. यरूशलेम सुदृढ़ रूपले एकसाथ बाँधिएर निर्माण भएको सहरजस्तै छ। ४. इस्राएललाई दिइएका कानूनअनुसार, परमप्रभुका कुलहरू परमप्रभुका नाउँको प्रशंसा गर्न त्यहाँ जान्छन्। ६. यरूशलेमका शान्तिको निम्ति प्रार्थना गर, “तँलाई माया गर्नेहरू सुरक्षित रहून्, ९. परमप्रभु हाम्रा परमेश्वरका भवनको खातिर म तेरो भलाइ नै खोज्नेछु।