Тёмный

किन लेण्डुप दोर्जेलाई दक्षिण एसियाकै गद्दार नेता मानिन्छ ? | Lendup Dorje Biography | Phalaicha 

Phalaicha Entertainment
Подписаться 205 тыс.
Просмотров 150 тыс.
50% 1

किन लेण्डुप दोर्जेलाई दक्षिण एसियाकै गद्दार नेता मानिन्छ ? | Lendup Dorje Biography | Phalaicha
#LendupDorje #LendupDorjeBiography #phalaichaentertainment
Credit fo source:
- fairnepal.net
- BBC India
Background Music:
- RU-vid Audio Library
Audio/Video:
- Krishna Udashi
Advisor
Kishor Shiwakoti
Kshitiz Siwakoti
Gaurav Darpan
Leela Neupane
Bishnu Dhital
विदेशीसँग मिलेर आफ्नो देशमाथि गद्दारी गर्ने नेतालाई ‘लेण्डुप’ उपमा दिने गरिन्छ । खासमा लेण्डुप शब्द नाम हो तर पछिल्लो समय लेण्डुप शब्द विशेषण बनिसकेको छ । लेण्डुप शब्द कुनै व्यक्तिको नाम थियो भन्ने कुरा मानिसहरूको दिमागमा आउनु भन्दा पहिला नै यो शब्दले देशको लालगद्दार र घृणित कोही व्यक्तिको उपमा दर्शाउँछ । जनताको मतले जनताकै प्रतिनिधि बनेको व्यक्ति वा नेता तिनै जनतको कोखामा भाला रोपेर आफ्नै मातृभूमिलाई परचक्रीको हातमा सुम्पिने, आफ्नै देशको सार्वभौमिकता अर्को शक्तिशाली देशलाई खुसी साथ सुम्पिने राष्ट्रघाती प्रवृत्तिलाई लेण्डुप दोर्जेपथ भनिन्छ । लेण्डुप दोर्जे स्वतन्त्र सिक्किमका अन्तिम प्रधानमन्त्री हुन् । उनैले स्वतन्त्र सिक्किमको सार्वभौमिकतालाई खुसीसाथ भारतमा भेटी चढाएका थिए । त्यसलै लेण्डुप दोर्जेलाई विश्वका गद्दार नेताहरूको सूचीमा राखिन्छ र दक्षिण यसियाकै सबै भन्दा ठुलो राष्ट्रघाती, देशद्रोही र लालगद्दार मानिन्छ । उनलाई आफ्नै आमा कसाइको हातमा बेचेर प्राप्त सम्पतिले भोगविलासको जीवन बाँच्न खोज्ने मातृहन्ता मानिन्छ । हाल नेपालका ठूला भनौँदा पार्टीका मुख्य नेताहरू सोही बाटोमा रहेको आम जनताको अनुमान छ । त्यो कुरा नेपाली नेताहरूको राजनैतिक जीवनले क्रमश देखाउँदै पनि छ । त्यसैले नेपालका नेताहरूको बाटो पनि अन्ततः लेण्डुप मार्ग नै रहेको भान भइरहेको छ । पद र पैसाको लागि आफ्नै देशमाथि खेलबाड गरिरहेका नेपालका नेताहरू लेण्डुप दोर्जेका नयाँ संस्करण होइनन् भन्ने आधार नै छैन । यस सामग्रीमा हामीले को हुन् लेण्डुप दोर्जे? भन्ने बारे बिस्तृत रुपमा जानकारी गराएका छौँ ।
यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
Website:
phalaichakhabar.com/
Our next channel: Phalaicha Infotainment
/ @roshandhimalofficial
Facebook Page:
/ sirjanako.bagaicha

Опубликовано:

 

26 июл 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 346   
@shreehari9349
@shreehari9349 2 года назад
नेपाली लेण्डुप दोर्जेका अनुयायी कथित नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, त्यस्तै बाबुराम, माधब नेपाल, केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उसैका नजिकका आफन्त सहयोगीहरु आज सत्तापक्ष र प्रतिपक्ष दुबैतिर लेण्डुप कै मार्गमा नेपाललाई यसरी नै देशद्रोही अभियान चलाउने गठबन्धन र प्रतिपक्षको भूमिका निर्वाह गरेका छन् !
@dilbhadurgurung9075
@dilbhadurgurung9075 Год назад
Lender.dorje.ra.aile.ko.neta.haru.ma.ke...farad.chha.ra.hajur.ho
@sabitarana4747
@sabitarana4747 Год назад
हो नि
@yakthungs4201
@yakthungs4201 Год назад
विलकुल सहि भन्नुभयो ।
@alfredleewangun20
@alfredleewangun20 Год назад
Kaji lendup dorjii is not nepali he is Denjongpa
@alfredleewangun20
@alfredleewangun20 Год назад
Sorry but u guys are so funny b3cause Kaji lwndup dorjee is not nepali everyone know that.
@shaktimanchaudhari3996
@shaktimanchaudhari3996 2 года назад
सिक्किम मा त एकजना मात्र लेण्डुप दोर्जे (देश द्रोही) थियो । तर नेपाल मा त प्रत्येक दलमा लेण्डुप दोर्जे ( देश द्रोही ) हरु मात्र देख्छु त।
@narbahadurgharti609
@narbahadurgharti609 2 года назад
नेपालका कथित नेता भनौदाहरु पनि लेन्दुप भन्दा कम छैनन्
@suryamantamang7005
@suryamantamang7005 2 года назад
यो इतिहास हरु सुनेर बुझेर अब सार सचेत हामी नेपाली ले पुर्खाले अर्जाएको बिर्ता लाई जोगाइ राख्न एकताबत्त भएर यी नेपाल का लेन्डुप दोर्जे हरु लाई बेलैमा पत्तासाब गर्नु पर्छ।
@knowledgekokhoji246
@knowledgekokhoji246 Год назад
Ekdum sahi ho aba Jo payo tei lai vote Dina ni hunna paxi laagna ni hunna harka sampang jasto lai vote dinuparxa sir
@robarmagar7703
@robarmagar7703 Год назад
right 👍
@narayanneupane5855
@narayanneupane5855 2 года назад
हाम्रा राडाबानहरु पनि लेण्डुप भन्दा एकरत्ती पनि कम छैनन्, जनयुद्ध,गणतन्त्र घोषणा र नागरिक विधेयक यसैको उपज हो।धोतीगाठे जेमराजले हाम्रा राडाबानहरुलाई भित्रभित्रै लडाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्दैछ।।हामी आमनागरिकहरु यसप्रति सचेत हुन जरुरी छ।।
@bebishabhusal7026
@bebishabhusal7026 2 года назад
लेन्डुपे ले त एकपटक मातृभुमी बेच्यो हाम्रो देश का रन्डिकावान ले त पटक -पटक नेपाल आमाको बालात्कार गराएर अकुत आर्जन गरेका छ्न
@twitterify
@twitterify Год назад
नेपाली बासीहरुले यति सजिलै बुझ्दैनन अझै समय लाग्छ बुझ्नु भन्दा पहिला नै क्यान्सर भैसक्छ हजुर
@Mr.Rana99
@Mr.Rana99 Год назад
Agreed🫡🫡
@surajrasaili2286
@surajrasaili2286 2 года назад
हाम्रा नेता सबै लेण्डुप नै हुन् , पगरी गुत्थने प्रतिर्स्पधा मात्रै चलेको हो।
@karmabahadurkarki5212
@karmabahadurkarki5212 2 года назад
लेण्डुप र सिकिक्मबारे अज जननकारी भयो जानकारी दिनुहुने प्रस्तोलाई मुरी मुरी धन्यवाद ! कता कता यो दैवकोअनौठो खेल जस्तो लाग्यो । १ उनलाई दरबारमा प्रवेश गराउनु २ उनको दिमाग तिक्ष्ण हुनु ३ देशभक्तको नाटक गरेको जनताले थाहै नपाउनु ४ श्रीमती पनि भारततर्फै मिल्नु ५ उनको रगतमै मतृभूमिको रति स्नेह नहुनु ६ मातृभूमि परचक्रिलाई सुम्पेर पनि १०४ वर्षसम्म गद्दार कहलिएर लामो जीवन बांच्नु बल्ल अाज यसबारे यति ज्ञान भो । धेरै के लेखूं !
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 года назад
Hardik dhanyabd
@nitaraut3710
@nitaraut3710 2 года назад
इतिसाको कुरो जान्ने मौका पाए धन्यवाद सर
@ajitgurung9759
@ajitgurung9759 Год назад
यो जान्न र बुझ्नैपर्ने सुचनामुलक भिडियोको लागि हृदयदेखिनै धन्यवाद ! हरेक नेपालीको मन र मस्तिष्क पटलमा तत्कालीन सिक्किमका राष्ट्रघाती लेन्डुप दोर्जेको अहिलेका हाम्रा देशका नेताकार्यकर्ताका क्रियाकलाप बिछ कति मिल्छ वा मिल्दैन मनन गर्न यथेष्ट बल पुल्याउंछ।
@manojshankar1813
@manojshankar1813 Год назад
पूर्ण इतिहासको जानकारी पाइयो, हाम्रो प्रस्तावित गोरखालैंड क्षेत्रको गद्दार नेताहरूको पनि इतिहास तैयार गरिदिनु होला। धन्यवाद
@sushilatamang7474
@sushilatamang7474 Месяц назад
सिक्किमको गद्द्दार लेन्डुप बारेमा जान्न पाउँदा खुशी लाग्यो।येस्तै लेन्डुपहरु नेपालमा धेरै छ्न तेसैले --------🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@ekrajrai4724
@ekrajrai4724 2 года назад
नेपाली हरुको नजरमा मात्र हो लेन्डुप गद्दार / स्वयम् सिक्किमे जनता ले त उसलाई महान मान्छन क्यारे, भारतीय हुन पाएको मा /
@hastamichael9596
@hastamichael9596 Год назад
यदि नेपाल सिक्किम भन्दा उचस्तर र बिकशित सिंगापुर स्विजर्लेन्ड नै भए सिक्किमदेखि भागी भागी आइहाल्थेनी नेपालमा तर कठैको अवस्था एइले सिक्किम भन्दा कयौं गुणा गरिबी र अशिक्षित अस्भ्य हुँदै गएकोले उहाँहरुलाई नहुनुमामा भन्दा कानुमामा नै जाति । मर्नुभन्दा बौलाउनु नै जाति ।
@MrAndroidAsia
@MrAndroidAsia Год назад
आफ्नो माटो र देश बेचेर खुशी हुने गद्दार जाती नेपालीहरु बाहेक अरु कोहि हुन सक्दैन भन्ने प्रष्ट छ, राजाका बिश्वास पात्र लेन्डुप त हतियार मात्रा हो जाल झेलमा पार्ने नेपालीहरु नै हुन्, बिचारा सोझा भुटिया जातिको बिजोग बनायो जाली नेपालीले। त्यसैले भुटान सिक्किम हुनबाट बचाउन भुटानी राजाले प्रायः खस जातिका नेपालीहरुलाई देश निकाला गरे। नत्र चीनले सिक्किम लिने थियो भन्ने भारतीय सरकारले फैलाएको प्रपगाण्डा मात्र हो। त्यसैको भ्रममा सिक्किमे नेपालीहरु बसेका छन् ।
@bhimbahadurkc1696
@bhimbahadurkc1696 Год назад
Hunchhan 2 4 jana tapai jasta
@dhamaka8437
@dhamaka8437 2 года назад
सर नमस्कार तपाईंको प्रस्तुती सारै नै मिठो हुन्छ। नेपालको पहिलो र्याप गायक गिरिस खतिवडाको बरेमा पनि भिडियो हेर्ने चाहा छ❤️❤️❤️
@sarurai8634
@sarurai8634 2 года назад
नेपालमा पनि लेन्डुव आई सकेको छ।
@kishanpandey2930
@kishanpandey2930 2 года назад
यो भिडियो देश भक्त आम नागरिक ले हेर्नू पर्छ , ताकी हाल नेपाल मा पनि लेन्डुपे हरु एक होइन धेरै भारत ले तयार गराइ सकेको छ , हाल यो नागरिकता कानुन पास भयो नेपाल स्वतह मेटिने छ , याहाका रैथाने अल्पमत मा पर्ने छन , अनि सिक्किम हुन , सजिलो तरिकाले हुन्छ , नेपाली नगरिक्ले यो बुझेर , यी पेसेबर आपराधी लुटेरा लाई समय मै पाखा लगाउनु पर्छ
@haribhatta5845
@haribhatta5845 Год назад
इतिहास सम्बन्धि जानकारी क लागि धेरै धेरै धन्यवाद ।यस्तै अन्य जानकारी को अपेक्षा गर्दछु।
@MrBkas
@MrBkas 2 года назад
प्राय सिक्किमेलीहरु उसलाई माफ गरी सके तर अरु देशकाहरु अहिले पनि उसलाई गद्दार र देशद्रोहीनै ठान्छ मैले देखे अनुसार।
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 года назад
किन कि, अब त्यो पुस्ता सकियो, अबको पुस्तालाई त्यसको कुनै मतलभ हुँदैन । उनीहरू भारत भइकन जन्मिएका छन् । अब इतिहास मात्रै बाँकी छ । इतिहासले अबका सिक्केमे जनतालाई किन पनि बिजाउँदैन भने, उनीहरूले समृद्धी पाएका छन् ।
@shreehari9349
@shreehari9349 2 года назад
सिक्किमको जनतालाई इण्डियन हुँ भन्न पनि अहिले गाह्रो भैरहेको छ इन्डियन भन्न चाहेका छैनन् ! लेण्डुप दोर्जेका अनुयायीहरूले यसरी नै ढाट्न सिक्किमेली जनताको आँशुको भाषा नबुझेको जस्तो अवमुल्यन गरेकाछन् !तिनैले सिक्किमेली जनताको आँशुको सागरमा पौडी खेल्न रुचाउँछन् विकास गुरुङजस्तो डरछेरुवा फलैचा इन्टरटेन्मेन्ट पापीहरु उसैको वकालत गर्दैछन् !
@MrAndroidAsia
@MrAndroidAsia 2 года назад
Sikkim का नेपालीहरु मतलबी हुन्, उनिहरु भारतको गुलामी गर्ननै रुचाउँछन् किनभने उनिहरु जस्को पल्ला भारी छ उतै चिप्लो घस्ने जाती हो तर सिक्किमका आदिवासी भुटिया जाती अझैपनी आफ्नै राज्य भए आफ्नो पहिचान हुन्थ्यो भन्ने छ। भुटियाहरुलाई मूल भारतियहरुले केवक बौद्ध लामाहरु हुन् भन्ने रुपमा मात्र बुझेका छन् ।
@kaushalpakhrin9131
@kaushalpakhrin9131 Год назад
​@@MrAndroidAsia
@menuka945
@menuka945 Год назад
Teha pani Nepali lai jastai sikimeli janata lai galat history padaiyeko xa tesaile hola ni
@sastogharjagga632
@sastogharjagga632 Год назад
इतिहास जान्ने मौका दिनुभयो त्यसको लागि धन्यवाद
@kushaltamang3854
@kushaltamang3854 Год назад
जै होश फलैचा ईन्टरनेट सेवा को लेन्डुप बारे नपाली जनता लाई जानकारि गराई दिनु भऐक‍मा हामि नपली जाति ले पनि सिक्किमि परिनति भोग्न नचाहने हो भने समयमाई सचेत हौँँ धन्ये बाद
@jitenlimbu1599
@jitenlimbu1599 Год назад
इतिहासका पाना पल्टै दिनु भो धन्यवाद सर
@Mr.Rana99
@Mr.Rana99 Год назад
यो सिक्किम को लागि इतिहास हुनसक्छ तर हामी नेपालीहरुको लागि समय सन्दर्भिक बर्तमान परिस्थिति लाई सुचित गरिएको सन्देश सहित चेतनामुलक पाठ हो।🙏🏼🙏🏼🙏🏼दोस्रो सिक्किम हुनबाट बच्न नेपालको लेन्डुप दोर्जेहरु जस्तालाइ समयमानै निष्क्रिय पर्नुपर्छ।
@tasisrp7710
@tasisrp7710 Год назад
हो यो सही हो किनकि यिनीहरु पुत्ति बाट निस्केको होईन र यिनीहरु गु निस्किन्ने ठाउ बाट निस्केको नेता हारु येस्तै हुन्छ लोभ लालच मा आफु को आमा नि बेच्छन् नेपाली जन्ता हारु सबै बेलैमा सतर्क रहनु होला
@gaganjames6032
@gaganjames6032 4 дня назад
तर नेपालका जनताहरू भन्दा सिक्किमे जनताहरूको जिवन स्तार उच्च साथै अति राम्रो शुखी छन् l
@gyanuramtel98
@gyanuramtel98 Год назад
अब नेपालको बर्तमान अवस्था र भबिष्यको नेपाली लेण्डुडको यथावस्सा पनि चित्रित गरिदिनु पर्यो है पत्रकार महोदय ०७९/८/४ को चुनावी अवस्था पनि ।
@manojdachhepati6577
@manojdachhepati6577 Год назад
लेन्डुप दोर्जे देशद्रोही, राष्ट्रघाटी, गद्दारी थियो। नेपाली नेताहरु पनि संगठित देशद्रोही, राष्ट्रघाटी र गद्दारी हुन्। यिनीहरू भारत तथा विदेशीलाई हित हुने सन्धि सम्झौताहरु अनुदानको लोभमा गर्दै आएका छन्।
@reshamneupane6902
@reshamneupane6902 Год назад
Thanks a lot for this amazing and informative video!
@mahendralimbu8700
@mahendralimbu8700 Год назад
अब नेपाली राजनीतिमा पनि यो संकेत देखि सकिएको छ ।जानकारी मुलक छ सुनेर खुसि लागो
@kumariu2b683
@kumariu2b683 Год назад
मलाई एकदमै जान्न मन लागेको इतिहास यै हो थ्यान्क यु सर
@dhanbdrkc1433
@dhanbdrkc1433 2 года назад
कम्युनिष्टका नृताहरुले हाम्रो देश नेपालमा अान्दोलन एवं बिरोध सभाहरुमा नेपाली काँग्रेसलाई पनि अारोपमा लेण्डुप दोर्जेको उपमाले श्रृङ्गारने गर्दथे तर मैले लेण्डुप दोर्जे र सिक्किमसंगको वास्तविक ईतिहास युटुबबाट सुन्ने अवसर मिल्दा असाध्यै मन खिन्न भयो,हामीले हाम्रो अधिकारको सदुपयोगमा अाफ्नेा देशप्रति भक्तिभाव अोतप्रोत भएको नेता लाई गहिरोसंग चिनेर मूल्याङ्कन गर्ने क्रममा चुनाबि समयकालमा विभिन्न पार्टीका नेताका भाषणमा कान थापेर मात्र हामी जनताहरु सफल बन्नसक्ने सम्भावना एकदमै न्यून रहेकोप्रति मेरो अाफ्नो बिचार ब्यक्त गर्दछु। देशमा भए/ गरेका घटनाहरुका बारेमा जनता सचेत गराउन सक्ने प्रभावकारी माध्यम नै रेडियोहरुध्दारा बिगत,अाज र भोलिका परिदृश्यहरुका बारेमा पत्रपत्रिका एवं पुस्तिकाहरु प्रकासनको माध्यमहरुमा इतिहासबिद र देश भक्तिभावपूर्ण राजनितिज्ञहरुको पारदर्शिपूर्ण बिचारका लेख/ रचनाहरुलाई प्रोत्साहित् हुनेगरि संचार माध्यमका साधन स्रोतहरुलाई राज्य , बुध्दिजिवि एवं सचेत नागरिकहरुका तर्फबाट सहयोग/ योगदान पुर्याउनहुन् सर्वत्र हार्दिक अनुरोध गर्दछु।जय नेपाल।
@NBDahalNavin
@NBDahalNavin Год назад
जानकारीमुलक।सबैभन्दा धेरै लेनडुप दोर्जेको ब्यहोरा भएको नेपालका नेताहरु प्रसस्त छ्न ।जनताले चिन्न बाँकी छैन चिनिसके ,बुझिसके ।
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 2 года назад
एकदमै सहिभन्नुभयाे
@rktamu858
@rktamu858 Год назад
राम्रो जानकारि 👍️👍️👍️👍️
@ABSCREEN
@ABSCREEN Год назад
वास्तवमै लेण्डुप गद्दार रहेछन । देशप्रती गद्दारी गरेको हुनाले उत्तरार्धमा निकै दुख पाए । नेपालमा पनि थुप्रै लेण्डुपहरू छन । नेपालका शिर्षस्थ नेताहरूमा लेण्डुपको गुण देखिन्छ ।
@krishnakunwar6200
@krishnakunwar6200 Год назад
सिक्किममा एउटा लेन्डुप दोर्जेले सिक्किम भारत मा बिलय गराएर देशद्रोही उपाधी पाएर मर्यो तर नेपालमा थुप्रै लेान्डुप दोर्जेहरु जन्मेका छन यिनै लेान्डुप दोर्जेहरु कै कारणले नेपाल पनि सिक्किम जस्तै भारतमा बिलय हुने त होइन भन्ने धेरैको बुझाइ रहेको छ।
@bhaktapachabhaiya39
@bhaktapachabhaiya39 2 года назад
नेपाल का लेनडुप को पनि येहि पलान छ
@uranwmobil1642
@uranwmobil1642 2 года назад
Thank you for historical information
@nsjhk477
@nsjhk477 2 года назад
नेपालका गठबन्धनको लेन्डुप हरु को चाहना पनि भारतको पद्मभुषण पुरुस्कार पाउने आश होला तर जनताले पुराहुन दिने छैनन् नेपाल बीर हरुको देश हो खबरदार खबरदार खबरदार होसियार ।
@aseshrai474
@aseshrai474 Год назад
नेपालको राजनैतिक चश्माले भारतको तथा अन्तराष्ट्रिय राजनीतिलाई हेर्नु गलत हो।सायद संसारभरिको नेपालीहरूमा सिक्किमे नेपाली सबैभन्दा सुखी र सुरक्षित छन्।
@noone-mf5ir
@noone-mf5ir Год назад
Sahi ho maile dekhe ko xu najik bat sikkim lai
@bhimbahadurkc1696
@bhimbahadurkc1696 Год назад
Pinjadabhitrako suga pani surkshit hunxa
@aseshrai474
@aseshrai474 Год назад
Bharat loktantrik desh ho.sikkimese le highly education medical facilities aadi aadharbhut suvida payeka xan ra local Gpvn. pni aafnai xan.janha samma pinjada ko kuro ho k nepal ko public pni free bird ho ra.natra kna aru jati ra dharma lambi haru le brahminbaad dekhi chutakara mangi rko xa.vane pxi aftr rajtantra pni brahmin bahek aru jati ani dharma lambi manish haru pinjada ma nai xan?
@potatoboi5780
@potatoboi5780 Год назад
Honi dhoti
@aseshrai474
@aseshrai474 Год назад
Potato boi tapai pni काठा Parnu vyo keu?
@bharatbaral820
@bharatbaral820 Год назад
लेणडुव दाेर्जेकाे जप नेपालमा जस्ले जस्काेउदारण दिदै काम ग र्दै आएका नै अर्काेलाई देख्ने नेपालमा पाईन्छ किनभने आफू काे कहाँबाट संचालित छु थाहा नपाएका नै लेण्डुव हुन जनता भन्न।चाहान्छन।जयहाेस।
@balarampaudel5985
@balarampaudel5985 2 года назад
Thank you.
@MrKewalrai
@MrKewalrai Год назад
500 भन्दा धेरै नेपाली कलकारखाना बन्द गरेर भारतको सरसामान भित्र्याउने र सबै नदिनाला भारतलाई नै बेच्ने शेरेर 17000 नागरिक मारेर भारतीयलाई नागरकिता बेच्ने प्रचण्डे यी दुवै नेपालका लेण्डुपका प्रमुख ब्यक्ति हुन्।
@johanmagar4347
@johanmagar4347 Год назад
Thanks sir for the information
@gajsu6817
@gajsu6817 Год назад
Great information
@prakritidhami1909
@prakritidhami1909 2 года назад
Thank you for information
@BHOJ1587
@BHOJ1587 Год назад
सिक्किंममा एकजना लेण्डुप थिए, हाम्राे नेपालमा कति कति।
@sspark7699
@sspark7699 2 года назад
नेपालका धेरै नेताहरू का अनुहार र व्यवहार लेन्डुप दोर्जे कै जस्तो देख्छु
@sundarmanipokhrel8098
@sundarmanipokhrel8098 Год назад
मैले बुझ्न् चाहेको बिषयमा केहिमात्रामा भएनी भुझ्ने अवसर पाए धन्यवाद !
@gaumayapunmagar508
@gaumayapunmagar508 2 года назад
अति उत्तम जान्कारी दिनुभो जान्ने मौका पाइयो
@Sherpavlog138
@Sherpavlog138 Год назад
Thanku for information 👍
@PhalaichaEntertainment
@PhalaichaEntertainment Год назад
Welcome
@nanduthapa6452
@nanduthapa6452 Год назад
Very good sar, janakari mulak yetihansik kuro dinu vayeko ma
@atengabu7048
@atengabu7048 2 года назад
लेण्डुप अर्थपुर्ण विशेषण हो।
@krishnathapa9796
@krishnathapa9796 Год назад
नेपालले पनि अनुसरण गर्दै गएजस्तै घटना क्रमले देखाइरहेको छ
@rbgurung1139
@rbgurung1139 Год назад
लेणडुप काजीले गरेको गद्दारिले गरिब नेपाली लाई चै नाफा नै भएको छ। राजशाही र कजिहरु लाई घाटाको सौदा भयो । All over Sikkim लाई राजशाहि भनदा कता हो कता नाफा भएको छ।मैले दुवै राज देखेको छु। 1974 देखि 2022 समको Sikkim.
@kailashpatirai
@kailashpatirai Год назад
फुटबल खेल हेर्नुस् जब टिम हार्न लाग्छ अनि विपक्षीको खुट्टा तिर लात हान्न थाल्छ अझ पुगेन मुक्का पनि हान्न थाल्छन्
@khussunuwar3812
@khussunuwar3812 Год назад
अहिलेहालै नेपालमापनि ३नैपाटि्काे नेताहरुपनि!अमेरिका रभारत लाई, यिनै लेन्डुपले सिकिम भारतलाई बुजाए जसतै!शेरे।केपि।प्रचन्डले नेपाल भारत र अमेरिकालाई बुजाउन M.c.c.र P.p.r.पासगरनखाेजदैछन्। ०७९/४/२७/जयनेपाल।।
@sureshkhadka860
@sureshkhadka860 2 года назад
Good information 👍
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 года назад
Thanks
@mimbaduwal7772
@mimbaduwal7772 2 года назад
नेपाली नेता पनि कतै लेण्डुप को बाटोमा त गइरहेको छैनन्
@aarohirai2605
@aarohirai2605 2 года назад
sikkim ले भारात लाई नसुम्पिएको भए सिक्किम चाइना को हुन्त्यो भारत लाई सुमपिएरा अज सिक्किम बासी हरु खुशी छ्न
@shahiroshan5609
@shahiroshan5609 Год назад
पापी रैछ रत 104 वर्ष सम्म कष्ट सहेर बाँच्यो।
@tilakrai328
@tilakrai328 Год назад
देउवा र प्रचण्डको नियत पनि लेन्डेप जस्तै छ।
@ashokoli790
@ashokoli790 2 года назад
हे भगवान गाेरखनाथ यि पापी हरु काे सर्ब नास हाेस
@sagarmaharjan385
@sagarmaharjan385 Год назад
Thank you sir
@krisnathapa4098
@krisnathapa4098 Год назад
Nice historical story thanks sir
@PhalaichaEntertainment
@PhalaichaEntertainment Год назад
Most welcome
@suhannepali3697
@suhannepali3697 Год назад
आवाज मा दम छ ।
@damodarpanday4523
@damodarpanday4523 Год назад
नेपाली लेन्डुप दोर्जे भनेर एक बामपंथी नेता छन जसलाइ उखाने भनेर पनि चिनिन्छ।
@rameshworkattel4487
@rameshworkattel4487 Год назад
यदि नेपालमा नेपाली जनताहरु चुप लागे भने यहि अबस्था नेपालीको हुन्छ । तेसैले जनता उत्रिनैपर्छ र नेपाली लेण्डुपहरुलाई लखेटौँ ।
@maheshguragain8862
@maheshguragain8862 Год назад
Thanks for informing
@namastebirgorkhali4660
@namastebirgorkhali4660 2 года назад
जय सत गुरु गोरखनाथ।
@arjunbasyal1135
@arjunbasyal1135 Год назад
Hami nepali le pani yo serbahadur deuba nam ko manis lai samaye ma nai cinnu prxa paxi paxutaunu ko sibaye kehi rahane xaina yes le nepal lai indian ko hat ma supine xa.hai savdhan nepali hoo
@buddhatamang9971
@buddhatamang9971 Год назад
नेपालमा लेन्डुप दोर्जेको कमि छ र
@hairprasadgautam3706
@hairprasadgautam3706 Год назад
ऐतिहासिक कुराको जानकारी भयो।
@arjunghimire7294
@arjunghimire7294 Год назад
अरुको लागि खनेको खाल्डोमा आफै पुरिन्छ भनेको साचो हो। माटो, देश, धर्म, संस्कृति प्रती गद्दार गर्नेको कहिलेई भलो हुदैन.....
@ALLMOZ2831
@ALLMOZ2831 Год назад
गजब छ सर ।
@SanamTamling
@SanamTamling 2 года назад
thanks 🙏🙏
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 года назад
Welcome
@buddhilamichhane6844
@buddhilamichhane6844 Год назад
जानकारी को लागि आभार व्यक्त
@wowbow5566
@wowbow5566 2 месяца назад
नेपालमा त सबै दलका नेताहरु र. सि.आ.ए एजेन्ट हरु छन् सेना प्रहरी सबै सबै बिदेशी एजेन्टहरू भएको पाइन्छ एउटा लेन्डुप दोर्जे को कारण सिक्किम स्वतन्त्र भएन भने नेपाल मा त प्रायजसो सबै लेन्डुप छन् अब पनि नेपाली मा चेतना नआउने भए कसरी देश स्वतन्त्र रहला
@ramregmi6566
@ramregmi6566 2 года назад
Thanks for good information
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 года назад
Welcome
@raibhakta..2434
@raibhakta..2434 Год назад
भारत को खेल ले गर्दा नेपाल को मुख्या लेन्दुप चिन्न गाह्रो भयो कुन चै लाई मान्ने बढी सङ्का माओवादी र मधेसबादी माकुने मा छ अनि कङ्ग्रेस र एमाले पनि उस्तै उस्तै देखिन्छ भारत को आशिर्वाद बिना नेपाल को राजनीति छिन पनि चल्दैन भारत ले गर्दा नेपाली जनता को मत जहिले नि फोहोर जस्तै हुन्छ्😒
@lalmanithapa299
@lalmanithapa299 Год назад
यो सबै भारत सदेन्त्र हो बिचारो सोजो रहेछ च्क्र विउमा फसेको होला नेपाल मा फसाउन धेरै खोजेको देखिन्छ असम्भव छ
@rajkirant3641
@rajkirant3641 Год назад
अरु ईतिहास पनि सुन्न पाइयोस्🙏
@whatsuplol3883
@whatsuplol3883 Год назад
It is true and fact .
@muna9255
@muna9255 7 месяцев назад
He was not a prime minister or pradhan mantri..he was our first chief minister of Democratic Sikkim and we worship him as a Father of Democracy in Sikkim.Go through the Sikkim History before judging others. 1:44
@devarajDevkota
@devarajDevkota Год назад
त्यस्तो भने जस्तो कोहि छैन नेपाली हरु हावामा बग्ने जन्तु हुन।
@sharmasidhdartha1029
@sharmasidhdartha1029 Год назад
लेन्डुपे अर्थात देश बेचुवा।नेपालका नेताहरु लेण्डुपेको अौतारि हुन।सिक्किममा त एउटा लेनडुपे थिए।नेपालमा सयौं हजारौं छन।
@subashbaral7357
@subashbaral7357 Год назад
देउडा र आरजु राणा को जस्तै र छ कहानी
@Therexera
@Therexera Год назад
Sikkim ko mamla hamro mamla time cha nepal ko bari ma vedio banawo la ☠️🔥
@samyogitarana2564
@samyogitarana2564 Год назад
👍👍👍
@sarjanbc6192
@sarjanbc6192 2 года назад
ईतीहासको कलंक हो लेन्डुप दोर्जे यसको छाया यो धर्ती मा नै पर्नलायक छैन गद्धार दोर्जे ।
@ashisrai5497
@ashisrai5497 Год назад
Alik itihaas paltayera hera sathi sikkim ko, sabai video ma vaneko kura satya hudaina. Alik chanbin garnu parxa.
@tularampradhan3623
@tularampradhan3623 2 месяца назад
सिक्किम कसरी भारतमा बिल भयो गद्दारी लेण्डुप दोर्जेलाई चिनियो। 12:41
@dhanthadamagar8188
@dhanthadamagar8188 Год назад
अहिले नेपाल मा झन हजारौ लेन्डुपे हरु जन्मेका छन ..
@rajendrarai5764
@rajendrarai5764 Год назад
नेपालमा धेरै छ । कुनै दिन प्रकत हुन्छ
@gopigurung2413
@gopigurung2413 5 месяцев назад
लेण्डुपको अर्थ,? तिब्बती होकि गुम्बा शब्द बुझ्न पाए हुन्थ्यो।?
@hastamichael9596
@hastamichael9596 Год назад
नेपालमा धेरै लेण्डुपेहरु छ
@bhaktabamagar1810
@bhaktabamagar1810 Год назад
नेपाल भन्ने देशबाहुन हरुले भित्र रुपले गाबि सकृको छ
@sunitahongba3233
@sunitahongba3233 2 года назад
Jaankaariko laagi dhanyaabad🙏
@indragurung8294
@indragurung8294 2 года назад
Nepal mah jhan dherai landupey haru xa hami sabai sachet hunu abasek pari sakyo
@m.bbarakoti8290
@m.bbarakoti8290 Год назад
Shai kura ho
@manisharma2512
@manisharma2512 Год назад
No landup dorjee is not gaddar leader.Do not insult him.you have no knowledge about the merger of sikkim in India.Do not spread wrong news.stop.
@MrAndroidAsia
@MrAndroidAsia Год назад
Almost all Sikkimese born Nepali (especially Bahun Nepali) are Lendup Dorji. That is why, Bhutanese king never wanted Nepali community to settle in their tiny country….
@dawakarma7153
@dawakarma7153 Год назад
Very right advice to this boy.
@MrRabin420
@MrRabin420 Год назад
सिक्किम कसैलाइ सुम्पिनु पर्रने अावस्यक नै के थियाे र । याे एउटा सन्कीपनकाे नतिजा हाे ।
@krrishnagrg165
@krrishnagrg165 2 года назад
Dhanyavad lendup ko arth bujaunu lai, dherai jaga yo words padnu paye tara mero andaza ma lendup nepali ko kei naramro shabd hola vani sochai thiyo 😄
@nepalocsp4018
@nepalocsp4018 Год назад
Very nice video sir
@PhalaichaEntertainment
@PhalaichaEntertainment Год назад
Thanks and welcome
@nepalocsp4018
@nepalocsp4018 Год назад
@@PhalaichaEntertainment Thanks sir
@KamalKumar-er5ku
@KamalKumar-er5ku Год назад
इतिहाससँग पल्टेर हेर्दा १६४२ मा सुखिम शब्द लिम्बु बाट भनेको हो नामगयाल वंश जो तिब्बती हो यो भन्दा अघ सम्म सुखिम, रोग, मोङ, चोङ मतलब लिम्बु लेप्चा र मगर हरूको आफ्नो आफ्नो राजाहरू यो सुखिम शान्त प्रिय सानो देशमा तिब्बती भोटिया हरूले प्रथम लेप्चा को कमजोरीले गर्दा राज्य हत्याउन सफल भयो । लिम्बु र मगर का राजाहरू ले विरोध गर्यो लेप्चा कै सहयोगमा लिम्बु राजा लाई मारे यो मगर राजालाई थिक लागेन तर मगर राजा लाई पनि नामगयाल भोटे सेना ले मार्नुपर्छ भनेर दक्षिण-पश्चिम सुखिम मा मगर राजा पनि मारेर लेप्चा हरूको सोंझो पन ले गर्दा सुखिम तिब्बती भोटिया ले सन १६४२ देखि सन १९७५ साल सम्म राज गरे तब अहिले भारतमा विलय गराउने पनि लेणडुपे लेप्चा नै हो ।
Далее
Новые iPhone 16 и 16 Pro Max
00:42
Просмотров 1,6 млн
Wait for the BOWLING BALL! 👀
00:38
Просмотров 21 млн
ТРОЛЛИНГ СКАМЕРА СТАНДОФФ 2
00:59
Новые iPhone 16 и 16 Pro Max
00:42
Просмотров 1,6 млн