प्रथम विश्व युद्ध विश्व राजनीतिको बिषयमा चासो राख्ने जो कोहीको लागी पनि अध्ययन गर्नै पर्ने बिषय हो।
हुन त प्रथम विश्व युद्धका धेरै कारणहरु रहेता पनि बिशेष रूपमा तत्कालीन रूपमा अस्ट्रिया-हंगेरीको राजकुमार तथा उत्तराधीकरी आरड्युक फ्रेंज फ़र्डिनेण्डको हत्यालाई नै प्रमुख मान्ने गरिन्छ।
आरड्युक फ्रेंज फ़र्डिनेण्डको हत्यामा छिमेकी देश सर्बियाको पनि संलग्नता रहेको कारणले राजकुमार आरड्युक फ्रेंज फ़र्डिनेण्डको हत्याको जवाफमा अस्ट्रिया-हंगेरीले
सर्बिया माथी गरेको आक्रमणलाई नै प्रथम विश्व युद्धको सुरुवातको मिति मान्ने गरिन्छ जुन सन् १९१४ जुलाई २८ रहेको छ।
त्यसपछि अर्को प्रमुख कारणको रूपमा दुई गोप्य सन्धीहरु पनि रहेका छन् जुन Triple Alliance-18182 र अर्को Triple Entente-1907 हुन् जसको कारणले गर्दा अस्ट्रिया-हंगेरी र सर्बियाको लडाईमा पुरै विश्व नै होमिन पुग्यो। फलस्वरूप यो युद्ध अप्रत्यासित रुपमा चार वर्ष सन् १९१४-१९१८ सम्म लडियो।
19 сен 2024