अछामको साफेबगर न. पा.13 बाब्ला सिउ मेरो मातृभुमी हो। म ९ बर्ष पछि एक्कासि गाउँमा जादा गाउँको अबस्था एकदम सुनसान छ,रित्तो छ। कुनैबेला भव्य र मस्त बासिन्दाहरुको एकमुष्ट जमघटले गाउँ हासिरहेको थियो तर आज गाउँ रोइरहेहेको छ किनकि बासिन्दाहरु विविध कारणले बाहिर बसेका छन कोहि रहरले त कोहि बाद्य्यताले र त्यसैगरी कोहि स्थाइ रुपमा त कोहि अस्थायी रुपमा बसेका छन। यस्ता रित्ता र सुनसान गाउहरु दुर्गम क्षेत्रहरूमा धेरै छन यो हाम्रो गाउँ त एउटा प्रतिनिधि गाउँ मात्र हो। अ साच्चै यसरी गाउँ छोड्ने क्रम निरन्तर हुने हो भने फेरि अर्को ९ बर्ष पछि यो गाउँ बासिन्दाहिन र अस्तित्वहिन अवस्थामा नहोला भन्न सकिन्न ।