Тёмный

77th Independence day Celebration at Kurseong. Venue-Monteviot Ground 

Triveni Network Online
Подписаться 24 тыс.
Просмотров 2,7 тыс.
50% 1

स्वतन्त्रता दिवस समारोह समितिको आयोजनामा आज खरसाङको मन्टीभियट खेल मैदानमा देशको 77 औं स्वतन्त्रता दिवस समारोह विभिन्न कार्यक्रमहरूबीच सम्पन्न भयो। खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङको अध्यक्षता आयोजि यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा जीटीएको मातृ अनि शिशु कल्याण विभागकी कार्यकारी सभासद कल्पना प्रधान उपस्थित थिइन्। शिक्षिका गोमा सुब्बा र सबिना गिरीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले राखेका थिए। कार्यक्रमको शुरुमा कार्यक्रमको प्रमुख अतिथि कल्पना प्रधानको बाहुलीबाट राष्ट्रीय झण्डा उत्तोलन गरिएको थियो। यस अवसरमा विद्यार्थीहरूले परेडसहित सलामी दिइएको थियो भने प्रमुख अतिथि र विशिष्ठ अतिथिहरूले सलामी ग्रहण गरेका थिए। कार्यक्रममा खरसाङ क्षेत्रबाट माध्यमिक, उच्च माध्यमिक, आईसीएससी, आईएससी, सीबीएसईमा खरसाङ टप्पर रहेका विद्यार्थीहरूलाई सम्बर्ध्दना जनाइयो। त्यसरी नै खरसाङ क्षेत्रका पत्रकारहरूलाई पनि सम्बर्ध्दना जनाइएको थियो। कार्यक्रममा शिक्षिका प्रिसिला गुरुङ, असरफ जाहान, गौतम छेत्री, सम्बर्ध्दना मुखिया आदिलाई आफ्नो आफ्नो क्षेत्रमा दिइएको योगदानको लागि सम्बर्ध्दना जनाइएको थियो। खरसाङमा सम्पन्न यस स्वतन्त्रता दिवस कार्यक्रममा खरसाङ क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले विभिन्न प्रतियोगिताहरू जस्तै ड्रिल, मार्च पास्ट, देशभक्ति गीतमा नृत्य आदिमा सहभागिता जनाएका थिए। स्वतन्त्रता दिवसको अवसरमा महिलावर्ग र पुरूषवर्क गरेर खुल्ला म्याराथन दौडको आयोजना गरिएको थियो। उक्त दौड़ अन्तर्गत महिलावर्गमा गान्तोककी चन्द्रकला शर्मा प्रथम, गोरूबथानकी सबिना राई दोस्रो र खरसाङ दिलरामकी प्रीति राई तेस्रो भइन्। त्यसरी नै पुरुषवर्गमा जलपाईगढीका जयन दास प्रथम, गोरूबथानका राजा सापकोटा दोस्रो र खरसाङका सुवर्ण सुब्बा तेस्रो भएका छन्। त्यसरी नै मार्च पास्टमा छात्रवर्गमा प्रथम पुष्परानी उच्चत्तर माध्यमिक विद्यालय, दोस्रो सन्त अल्फन्सेस र तेस्रो सन्त जेभियर्स भएका छन् भने छात्रावर्गमा प्रथम सन्त जोसेफ, दोस्रो पुष्परानी र तेस्रो सन्त अल्फन्सेस भएका छन्। त्यस्तै प्रकारले छद्य भेषमा प्रथम गणेशबहादुर सेवा, दोस्रो अयन मल्लिक र तेस्रो सुरेन रावत बनेका छन्। त्यसरी नै देशभक्ति गीतमा सामहिक नृत्य प्रतियोगितामा प्रथम सन्त जोसेफ प्रथम, दोस्रो डेजिस र तेस्रो स्कट मिशन स्कूल बन्न सफल बनेका छन्। कार्यक्रममा मुख्य अतिथि कल्पना प्रधान र सभाध्यक्ष ब्रिगेन गुरुङले वक्तव्य राखेका थिए।

Развлечения

Опубликовано:

 

15 авг 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 5   
@saandeepmallick6009
@saandeepmallick6009 11 месяцев назад
Video edited even after uploaded... But why? Also incomplete video...
@anusha6379
@anusha6379 11 месяцев назад
Who comes frst second and third in boys plz could any one send me the resuts
@ramtamang5470
@ramtamang5470 11 месяцев назад
33:33 the hit of the leg was everything
@anujbarman6559
@anujbarman6559 11 месяцев назад
Dance?
@roshnirauth8986
@roshnirauth8986 11 месяцев назад
Incomplete videos
Далее
band display at kurseong on 15th of august
19:38
Просмотров 6 тыс.
Chinese kung fu ||#shorts
1:00
Просмотров 33 млн