Тёмный

विनयी व्यक्तिमा घमण्डीपन भेटिँदैन, छचल्किने त आधा गाग्री मात्र हो ! Tamasoma Jyotirgamaya 

Tikaram Yatri
Подписаться 173 тыс.
Просмотров 106 тыс.
50% 1

#himalayatv #tamasomajyotirgamaya # JayaRajAcharya
#tamasomajyotirgamaya #adhyarobataujyaalotira
#अँध्यारोबाट_उज्यालोतिर
प्रा. डा. जयराज आचार्य
(कूटनीतिज्ञ/साहित्यकार/प्राज्ञिक)
• जन्म: २००८ (तनहुँ)
एउटै वर्ष वाल्मीकि विद्यापीठबाट संस्कृतमा आचार्य र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट अङ्ग्रेजीमा स्नातकोत्तर (दुबैमा गोल्डमेडलिष्ट)
• अमेरिकाको जर्ज टाउन विश्वविद्यालयबाट छात्रवृत्तिमा भाषा विज्ञानमा विद्यावारिधि
• संयुक्त राष्ट्र सङ्घ‌का लागि नेपाली पूर्वराजदूत (१९९१-९४)
• संयुक्त राष्ट्र सङ्घको रङ्गभेदविरुद्धको समितिका उपाध्यक्ष
• नेपाल-भारत र नेपाल-चीन सम्बन्धबारे 'विशेष जानकार'
• आदिकवि भानुभक्त आचार्यका खलक (पनाति-भतिज)
• परराष्ट्र र साहित्यसम्बधी दर्जन बढी कृतिका सर्जक
• सरदार 'यदुनाथ खनाल: जीवनी र विचार' नामक पुस्तकका लेखक
• परराष्ट्र मामिलामा 'यदुनाथ खनालका एकलव्य' उप-नामले परिचित
• हिमवतखण्ड पुराण (१८८ अध्याय, १२ हजार ८०० श्लोक) को संस्कृतबाट अंग्रेजीमा अनुवाद
• आदिकवि भानुभक्त आचार्यको १०० फीट अग्लो मूर्ति निर्माणका अभियन्ता/अवधारणक
Guest: प्रा.डा. जयराज आचार्य- कुटनीतिज्ञ
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
RU-vid: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia

Опубликовано:

 

1 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 301   
@tikaramyatri
@tikaramyatri 9 месяцев назад
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RU-vid channel subscribe गर्नुहोला !
@deenanathacharya2743
@deenanathacharya2743 11 месяцев назад
टीकाराम यात्री ज्यू र सर्वोत्कृष्ट विद्वान श्री जयराज आचार्य ज्यू बधाई टक्र्याउँदछु । हालको सरकार र नेताहरु साथै राजा महेन्द्र, राजा बीरेन्द्र को शासन कालमा धेरैजसो विद्वानहरु लाई राजदूत र अन्य स्थानहरूमा बिशेषग्यंहरुलाई नियुक्ति गर्थे तर हालको अवस्थामा नेताहरु आफ्ना आसेपासे श्रीमती भाइ साला झोले गुण्डा भ्रष्टाचारी भू माफिया दलाल हरुलाई संरक्षण गर्ने मन्त्री राजदूत बिभिन्न आयोगमा नियुक्ति गर्छन् विग्यान र प्रबिधिको बिकाशमा लगानी नै गर्दैनन्,अनि देशले कसरी प्रगति गर्न सक्नु? आजको यो संबाद हाम्रा नेताहरुले सुनुन् खोजबिन गरुन्। नेताहरु आंफै भ्रष्टाचारी भू माफिया दलाल शैक्षिक माफिया हुनाले जनताको बिश्वास छैन अतः आफ्नो उत्तेजनाको सुरक्षा गर्न सयौं सुरक्षा गार्ड लिएरै बाहिर निस्कने देशको राजस्व केवल नेताहरुको स्वार्थकै लागि ल्याइएको हजारौं छोटे राजाहरु बनाएर लाजै नमानी ब्रह्मलुट गर्ने काम गर्दछन् कसरी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भनेर कराउँदैमा देश को हितमा जनताको हितमा काम हुंदैन। राजाको शासन हटाएर राम्रो काम गर्न सकेन र जनताको बिश्वास पाउन सकेन।
@sandipPokharel-u8v
@sandipPokharel-u8v 11 месяцев назад
उहाँ जस्ता विद्वान व्यक्तिहरु पनि अझै हुनुहुदाे रहेछ । देशकाे राजनीतिमा पनि यस्ता महान व्यक्तिको जन्म भए कठै हाम्रो देश ! खाडि , युरोप र अमेरिका जान लाम लाग्नुपर्ने थिएन हाेला ❤।
@rajankarki1576
@rajankarki1576 10 месяцев назад
कति साधारण प्रस्तुति वाफ रे ❤ विश्वका प्रसिद्ध व्यक्तित्व सँगको भेटहरुलाई हाम्रै गाउँठाउँका माल्दाइ, धने दाइ सँग भेट भए जस्तै 😊 असाधारण व्यक्तित्व 🙏🙏
@घतानरामुरत्ना
@घतानरामुरत्ना 11 месяцев назад
अन्य मिडियाको इन्टरभ्यु हेर्दा उहीँ दलाली भ्रष्टाचारको मात्रै आउछ्न तपाइको इन्टरभ्युमा महान बिदुवान ब्याक्तीको हुन्छ तपाईंका मिडियाबाट हामीले पनि धेरै कुरा सिक्ने अवसर पाएका छौं ,,
@GravyXLyum
@GravyXLyum 11 месяцев назад
सही पात्रको छनोट, जयराज सर जस्ता बिद्वानसँगको अन्तरवार्ता गज्जव थियो । यस्तै विद्वानको अपेक्षा छ आगामी श्रृंखलाहरूमा पनि ।
@dr.chhabiranabhat3082
@dr.chhabiranabhat3082 11 месяцев назад
हे राम का पनि राम टिकाराम, धन्न तपैले बोलाई दिनुहुन्छ र मान्छे ले मौका पाउछन्, 'मैले यहाँ बोलाएर ठुलो मान्छे बनाइदिए' भनेर भन्दा अतिथिलाइ पनि कस्तो महसुस हुदो हो ? ठुस्स गनाउने के यस्ता मपाई दोहोरिदा, खासमा निम्न पुजीबादी सस्कार को चरित्र नै यहि हुन्छ !! अनि तीनवटा गोल्ड मेदल्धारी महोदय, केदार भक्त माथेमालाइ त्रि बि मा रिसर्च को बजेट सोध्नु भएछ, प्र म गिरिजाले सिधै बोलाएर पद दिएको बेला यस्ता सल्लाह दिनुभएन ?
@narayanpoudal8839
@narayanpoudal8839 10 месяцев назад
कस्ताे माधुर्यता र विद्वत्वका साक्षत गुरु लाई काेटि काेटि नमन । धन्यवाद टिकाराम सर । वाँकि अंश पनि हेर्न पाए हुन्थ्याे ।
@gorakholi8267
@gorakholi8267 11 месяцев назад
मैले अरुको नसुनेको होकि interview यतिको बौद्धिक ब्याक्तित्व interview लिन भयको धन्यवाद ❤Tikaram Sir❤
@bhimshrestha6678
@bhimshrestha6678 10 месяцев назад
टिकारामजि र डा जयराज दुबैलाई अनुरोध पुन पुन यस्तो कार्यक्रम अाईरहोस।
@PhanindraDahal-f1x
@PhanindraDahal-f1x 11 месяцев назад
यात्री सर,यो सम्बाद नेपालका हरेक राजनीति दल,योजना आयोगका सदस्यले सुन्नु नै पर्छ! संसद चलिरहेको बेला लुछाचुडी गर्ने बेफ्वाकका गालिगलौजको सट्टा यो संमबाद हरेक महिनाको १ गते सुनाउनु पर्ने र नसुन्नेलाई कुनै कारबाहिको कानुन बनाउनु पर्ने देखे! कि देश बनाऊ कि राजनीतिबाट सन्यास ले भन्ने बेला आएको देखें मैले ! यस्ता ब्यक्तित्वबाट सल्लाहा आज सम्म कुन कुन ले लिए ! देशको माटोको चित्कार बोलेको सुने ! तपाईलाई कति धन्यबाद दिने म नतमस्तक छु जय होस !
@MEGHLALPARAJULI
@MEGHLALPARAJULI 11 месяцев назад
@bindudhungana7461
@bindudhungana7461 11 месяцев назад
नमस्कार सर। टीका राम भाइ यस्तै महान ब्यक्तिको अन्तर्वार्ता हेर्न मन पर्छ, तपाईको कार्यक्रम म कहिल्यै छुटाउँदिन।
@panipokhrel1
@panipokhrel1 11 месяцев назад
जयराज जस्तो मानिसले पनि हाम्रा नेताहरुले सिक्न सकेनन् कि सिकाउन सक्नु भएन? बत्तिले आफु मुनि अध्यारो भएर पनि अरुलाई उज्यालो बनाउँछ तर यहा के भयो? सिकाउनेको गल्ती कि सिक्नेको गल्ती?
@madhavbhatt6991
@madhavbhatt6991 11 месяцев назад
टिकाराम जि, नमस्कार, 🙏🙏आजको यो अन्तरबार्ता सारै रोचक अनि क्षान बर्धक लाघ्यो, जति सुन्दा नि कम हुने❤❤❤
@ramchandrapokharel593
@ramchandrapokharel593 11 месяцев назад
कति आनन्द को अन्तर्बार्ता १घण्टा १० मिनेटको अन्तर्वार्ता सकिएको पत्तै भएन । Thank you Tikaram sir And salute Jayaraj sir
@rajkumarshrestha687
@rajkumarshrestha687 11 месяцев назад
नेपालको अवानुमतिको सुत्रधारको महान कलङ्कित ब्यक्ति गिरजा प्र.होईन र?
@jayaramthapa970
@jayaramthapa970 11 месяцев назад
युग पुरुष भन्न चाहे मैले उहाँ लाइ 🙏🙏 स्वास्थ अनि दिर्घायु जीवन को शुभकामना 🙏🙏❤️❤️🇳🇵🇳🇵जय नेपाल जय नेपाली 🇳🇵🇳🇵
@bindudhungana7461
@bindudhungana7461 11 месяцев назад
जयराज सर जस्ता बिद्वान नेपालमा छन् उहाँहरु जस्तालाई देशको जिम्मेवार दिन पाए देश कस्तो हुन्थ्यो होला?
@yadavbhattaraiyadavadada5586
@yadavbhattaraiyadavadada5586 11 месяцев назад
आोली जसता लठुवाहरुलाई सोधनु पछॅ
@Sumanbhattaraipalpali
@Sumanbhattaraipalpali 11 месяцев назад
हाम्रा भूतपूर्व प्रधानाध्यापक सर लाई नमन र एउटा बहुआयामिक व्यक्तित्व ❤❤🙏🙏🙏🙏
@deepshahi1539
@deepshahi1539 11 месяцев назад
​@@yadavbhattaraiyadavadada5586😊
@sanjeevbabukafle6288
@sanjeevbabukafle6288 5 месяцев назад
उहाँहरु जस्तो बिद्द्वान को अन्तरवार्ता सुन्दा जति आनन्द आउँछ तेत्ति आनन्द केसैमा हुदैन नमन छ।हजुरहरुलाई।
@LekhNathDhakal
@LekhNathDhakal 11 месяцев назад
विद्वानको कुरा सुन्दा गौरब लाग्यो, यस्ता उच्च ज्ञान भएका मानिसलाई ल्याउनु भएकोमा टीकारामलाई धन्यवाद छ । प्रा.डा. जयराजको विचार बेजोड लाग्यो । यि विद्वानलाई फेरी पनि सुन्न पाइयोस है । यि त बैज्ञानिक सरह हुन । नोवेल लरेट लेवलका विद्वान ।
@narayankhanal4548
@narayankhanal4548 10 месяцев назад
ऋधर लोहोनी सरको interview पनि आओस्
@indirapoudyal4268
@indirapoudyal4268 11 месяцев назад
Sirko anubhav subnda dherai khushi lagyo. This is chiranjibi poudel of sanepa
@NityarajDahal
@NityarajDahal 11 месяцев назад
सौरभ भन्दा अन्य मान्छेलाई प्रायः विद्वान र ठूलो नठान्ने टिकाराम सरले जयराज आचार्य जस्तो सरल र विद्वानको अन्तर्वार्ता लिनु भएकोमा धन्यवाद छ।
@adhikari9681
@adhikari9681 11 месяцев назад
😂
@parushrestha-3826
@parushrestha-3826 10 месяцев назад
😅😅ihaha haha right sir
@robertwilliam2113
@robertwilliam2113 10 месяцев назад
Sahi ho
@bishnuprasadghimire6353
@bishnuprasadghimire6353 10 месяцев назад
😮😮
@gsamtim7813
@gsamtim7813 10 месяцев назад
He invited him to run the program, as Tika Ram still believes he's the wisest person.😂
@dineshbaskota9107
@dineshbaskota9107 11 месяцев назад
मैले सम्मान गर्ने मध्येका सम्मानित ब्यक्तित्व सलाम छ जयराज सरलाइ
@rajusubedi6170
@rajusubedi6170 11 месяцев назад
नेपालका यस्ता multi tallent ब्यक्तित्वहरुलाई लियर देश बनाउनु पर्छ।
@santoshgaire
@santoshgaire 11 месяцев назад
यस्ता मान्छे किन आउँदैनन्। राजनीतिमा
@digitaladda80
@digitaladda80 11 месяцев назад
ऋषी धमलाका फन्टुस अन्तर्वार्ता र लोग्ने स्वास्नीका झगडामा न्यायाधीश बन्ने यूट्यूवेका बेलगाम भिडीयो हेरेर रमाउने अधिंकाश नेपालीहरूले बरू बौद्धिक पत्रकार यात्री ज्यूका अन्तर्वार्ता हेर्ने गरून। जनता चेतनशील नभएसम्म देश बन्ने कल्पना नगरे हुन्छ!
@prajwolacharya7119
@prajwolacharya7119 11 месяцев назад
जीवन को बारेमा मइले पनि बुझेको छैन वाहा यसैमा बिज्ञता झल्किने नमन दुबैजना लाई वास्तवमै जीवन कसैले बुझ्नै सक्दैन किनकि सबैको पृथक हुन्छ तसर्थ सबैलाई मान्य हुने परिभाषा दिन सकिँदैन म धन्य भए प्रभु🙏🙏❤❤
@tribikramjungthapa1122
@tribikramjungthapa1122 11 месяцев назад
राम्रा विद्वान नेपाल को अमूल्य गहना जयराज आचार्य ...जय होस यस्तो असल आत्मा को🙏
@yakendraauji5735
@yakendraauji5735 11 месяцев назад
Kati salin ta Jay sir sulute
@himarusensei
@himarusensei 11 месяцев назад
टिकाराम जी यो एऊटा interview ले मात्र पुगेन। ऊहांसगॅं अझै एउटा episode बनाउनु पर्यो।
@abcdefghijalmnopqurs
@abcdefghijalmnopqurs 11 месяцев назад
Tika Ji, this one is the best episode among many. We Want more episodes with this professor.
@Patriot936
@Patriot936 11 месяцев назад
टीकाराम सर ,अन्तर्वार्ताको लागी जयराज गुरू समेत लाई समेत पुग्नेगरी धन्यबाद। मेरो देश प्रतिको भिजन र होप झन बलियो भएर आयो,युवाहरूले विदेश गएर कमाउदैमा नेपाल कमजोर हुँदैन,बरु नेपाल लाई परेका बखत इजरायली हरूजस्तै नेपालीहरू पनि आफ्नो माटोलाई सम्झेर फर्की आउॅदैनन की?भन्ने शंका व्यक्त गर्नाले कमजोर हुन्छ।कृपया नेपाली हरू माथि विश्वास गर्नुहोस र बढाउन मदत पनि ,उकालो लाग्छ एक रात मा जब कालरात्री को आव्हन हुन्छ ,नेपाली हरू नसुती कन औजार र हतीयार दुबै बोकेर हींडन बाध्य हुनेछन ।:12:45 1:12:45 1:12:45 1:12:45
@Binodji
@Binodji 11 месяцев назад
Yes , But देसमा रिभर्स माइग्रेसन हुनै लाग्दा झाक्रीहरु के के न दिएको जसरि छिमेकीको चौकीदार बनेर देश खालि गर्न को लागि बिदेसिएका नेपाली लाइ दुत्कार्न लागेसी कसरि देसमा युवा के रहलान र देश खोक्रो नबनोस ?.........सांस्कृतिक अधिकार सहित को नागरिकता रे हैन एन आर एन लाइ ? सांस्कृतिक अधिकार भनेको दशैँ मनाउने अधिकार भनेको हैन ? यस्तो काइते कुरा गर्ने ? दशैं मनाउन किन चाहियो नागरिकता ?, नदिए हुन्छ तर गोल्मोटल किन गर्ने बिदेसिएका नेपाली लाइ ?
@LalBahadurThapa-zt3gw
@LalBahadurThapa-zt3gw 11 месяцев назад
टीकाराम यात्रीको यस्तो श्रृॅखलाको म पुजारी नै हुँ, यस्ता व्यक्तित्वलाई पुन अर्को श्रृॅखलामा हेर्न सुन्न पाए हुने, समय थोरै भयो । पवित्र भए झैॅ लाग्यो।
@nirajshahi5750
@nirajshahi5750 11 месяцев назад
यस्ता दिग्गज व्यक्तित्व सङ्ग को अन्तर्वार्ता हेर्दा १ घन्टा बितेको पत्तै हुदैन।
@arjunneupane3204
@arjunneupane3204 10 месяцев назад
कति हो कति उच्च तहको प्रस्तुती। साच्चै महान मान्छेहरु सरल हुँदा रहेछन, देखिएका ठुला हरु त ठुला मात्रै रहेछ्न्🙏🙏
@naradpokharel9642
@naradpokharel9642 11 месяцев назад
उत्कृष्ट अन्तरक्रिया !
@ashishsuryabanshi
@ashishsuryabanshi 11 месяцев назад
यहाँले ल्याउनुहुने पात्रहरु साच्चिकै हिरा जस्तै 🙏मेराे पनि मास्टर्स इन स्वास्थ्य र ब्याचलर इन ICT सँगै भयाे । कुनै दिन यसैगरी ...।
@bhanucommu
@bhanucommu 10 месяцев назад
Rahar Pura Bhaye Pachhi Sabai Yuwa Swodesh Pharkinchhan Bhanne Manchhe Lai Maahan Neta Maannu Pareko Cha Ani Kasari Yo Mulukle Nikash Paucha Ta?
@Binodji
@Binodji 11 месяцев назад
good interview , By the way, देसमा रिभर्स माइग्रेसन हुनै लाग्दा झाक्रीहरु के के न दिएको जसरि छिमेकीको चौकीदार बनेर देश खालि गर्न को लागि बिदेसिएका नेपाली लाइ दुत्कार्न लागेसी कसरि देसमा युवा के रहलान र देश खोक्रो नबनोस ta ?
@ombasnet3488
@ombasnet3488 11 месяцев назад
Dherai majja ayo. Simply the best .
@DadhiramSapkota-nc5en
@DadhiramSapkota-nc5en 11 месяцев назад
नमस्ते
@Pathshala24npl
@Pathshala24npl 11 месяцев назад
One hour is actually less time for interviews like these We could watch interviews like this for million years
@dibyagiri5861
@dibyagiri5861 10 месяцев назад
बहुत् ज्ञानबर्द्धक अन्तर्वार्ता । नमन् जयराज सर । धन्यवाद टीकाराम सर ।
@bishnubohara7576
@bishnubohara7576 11 месяцев назад
प्रा.डा.जयराज आचार्य ज्यू संगको यो अन्तरसंवाद निक्कै खास लाग्यो। अा हा गजप व्यक्ति ल्याउँनु भयो टीका राम जी।नमन छ डाक्टर साप र टिकाराम जीलाई।
@bhagawatipanta1976
@bhagawatipanta1976 11 месяцев назад
गज्जबको इन्टरभ्यु ।
@arjunmykt
@arjunmykt 10 месяцев назад
अति राम्रो अंतरबार्ता। यो अंतरबार्ता राजनीतिज्ञहरुले र उनका भोटरहरुले सुने कान बहिरो हुन्छ। नेपाल यसका जनता र तिनका शासकहरुले खत्म पारे।
@pramilamaharjan6918
@pramilamaharjan6918 11 месяцев назад
Full of Intellectuality and simplicity .Thank you 😊
@akg6996
@akg6996 10 месяцев назад
कति धेरै फल फलेको डाली धन्य छ नेपाल आमा लाई
@uddhavrawat1570
@uddhavrawat1570 11 месяцев назад
छैट्टै अर्को एपिसोट देख्न र सुन्न पाइयोस
@dhrubabasnet796
@dhrubabasnet796 11 месяцев назад
यतृ सर, जय सर सङ नेपालको परराष्ट्र र कुतनिदि सम्बन्ध को बारेमा अन्तर्वार्ता लिनु पर्यो! सर!
@binodacharya5586
@binodacharya5586 11 месяцев назад
Thank you Tika Ram Yatri , I salute Jay Raj sir such our great Nepalese personality.
@LaxmibhaktaJoshi
@LaxmibhaktaJoshi 8 месяцев назад
Swodeshe❤❤❤pujyate ❤❤❤ Raja ❤❤❤bidwanm ❤❤❤sarbatra ❤❤❤ pujyate ❤❤❤ Dhanya ho Sir mahodaya Namaskar hajur ❤❤❤❤❤❤❤❤❤❤❤❤ Satyam Shivam Sundaram ❤❤❤❤❤ Om Asato MAA Sadgamaya Tamasomaa Jyotirgamay Mirtyormaa Amritam Gamaya ❤❤❤❤❤Yatri Sir mahodaya Namaskar ❤❤❤❤❤❤ Happy mangalmaya Shuv Kamanay 🎉🎉🎉❤❤❤
@BBBista
@BBBista 11 месяцев назад
"सुन्दर र अर्थपूर्ण अन्तर्वार्ता" । सुनौं सुनौं लाग्ने । श्रदाले शिर झुकाऊँदै प्रेमपूर्ण तरिकाले भन्न मन लाग्ने " यो धर्तिको असल र योग्य छोरा"
@dhurbaprasaddangal2640
@dhurbaprasaddangal2640 8 месяцев назад
सुनौ सुनौ लाग्ने अन्तरबार्ता यो धर्तीको असल पुत्र र योग्य बिद्दान
@AngarajPanday
@AngarajPanday 11 месяцев назад
नेता यस्तो हुनुपर्छ
@sajgautam
@sajgautam 11 месяцев назад
डा. साब नमन ...देशले अझ प्रतेक दिन जस्तै केहि केहि लिईरहौ न
@khemsattya
@khemsattya 11 месяцев назад
Excellent ! Waiting for his next arrival.
@kabitastha6247
@kabitastha6247 11 месяцев назад
कति स्वादिष्ट भोजन पञ्चतत्व पवित्र भयो
@durgapokhrel-ef5om
@durgapokhrel-ef5om 11 месяцев назад
Programme herera natamastak vaye.aaru episode pani chahiyo tikaram sir.
@dhurbarijal3562
@dhurbarijal3562 11 месяцев назад
एस्ता ब्यक्तित्व पनि नेपालमा छन गर्वले छाती फुल्छ
@ajitman4
@ajitman4 5 месяцев назад
धन्यवाद, टिकाराम यात्री, महत्वपूर्ण अनुभवका खानीहरूलाई पस्किनु भएको मा।
@acharyatoya6707
@acharyatoya6707 11 месяцев назад
जयराज अचार्य सर!तपाईं जस्ता माहान बिचारक बिद्वान ब्यक्तिहरु हुदाहुदै मेरो देसको यो हालत जन्ताको यो दुर्दसा हेर्न सहन तपाइहरुको बिद्वताले कसरी सक्या होला??!
@NiluAbi4632
@NiluAbi4632 11 месяцев назад
अत्यन्तै मिठो संम्बाद
@magartilak7975
@magartilak7975 11 месяцев назад
Hajur ta Nepalko Murti ho Tara Aba Yi netaharulai jhakjhakaunu hajur le sir
@thulolumpekgulmi1068
@thulolumpekgulmi1068 11 месяцев назад
A1
@krishnabahadurghimire5885
@krishnabahadurghimire5885 11 месяцев назад
First comment
@umeshthapa8292
@umeshthapa8292 11 месяцев назад
विगत मा आफुहरु विदेश मा गएर शिक्षित भए तर उक्त ज्यान स्वदेश मा परिचालित भएन। जस्ले देश लाई शिक्षित बनाउन महत्वपूर्ण भुमिका खेल्थ्यो। खै त बुजेको किन ज्यान पुस्तान्तरण भएन त।
@gurupaudel1062
@gurupaudel1062 10 месяцев назад
म टिकाजीकाे कार्यक्रम यसकारण सुन्छु, किनकी उहाँले डा. जयजी जस्तासँग दुर्लभ अन्तर्वार्ता गर्नुहुन्छ । अध्याराेबाट उज्यालाे जिवन्त रहाेस ।
@ghanshyambhatta9495
@ghanshyambhatta9495 11 месяцев назад
अति नै सान्दर्भिक,वास्तविक र समयानुकुल रास्ट्रहित सहितको कुराकानी।अर्को इपिसोड गर्नुपर्यो टिकाराम सर उहासग अझै मिहिन तरिकाको रास्ट्र,रास्टृयता,धर्म-सस्कृत्ती,कुटनिती र अर्थनिती सहितका हाम्रा आबस्यकता र कम्जोरिहरु बारे।
@rajshrestha6593
@rajshrestha6593 11 месяцев назад
डाग्डर सुरेन्द्र केसीलाई पनि कहिलेकाहीँ ल्याउन मिल्दैन, टीकाराम ब्रदर?✌️
@KamalKhanalOfficial
@KamalKhanalOfficial 11 месяцев назад
🙏🙏🙏
@sureshbista4843
@sureshbista4843 11 месяцев назад
हिजो जंग बहादुर को पालामा समुद्र पार गए मरेको मानिने रहेछ, आज नेपालमा बस्ने मरेको बराबर मानिन्छ। अयोग्य मान्छे सत्ता मा पुगेका हुनाले यसो भएको हो। जुन मावीय समस्या हो।
@buddhagurung8308
@buddhagurung8308 10 месяцев назад
डा. सन्दुक रुइतलाई सरकारले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०७५ ले सम्मानित गरेको थियो। रकम थोरै हुन सक्छ तर वहाँको योगदानको कदर सरकारले गर्दै नगरेको चाहिँ होइन।
@bhimshrestha6678
@bhimshrestha6678 10 месяцев назад
अादरणिय बिव्दान जयराज अाचार्य जिले मलाई यउटा कार्यक्रममा निकै महत्वदिएर प्रस्नगर्नुभयो।त्यबेला नेपालको राष्ट्र बादिनेता कस्लाई मान्नुहुन्छ भिम दाइ मअकबकिएं।र पछि भने बि पि र महेन्द्र तर बिपि यथार्थमा महेन्द्र मात्र भावनामा।भने।जायज नाजायज केभयो मलाई थाहाछैन।
@ghimirejee7971
@ghimirejee7971 8 месяцев назад
नेपाल का मै हुँ भन्ने अन्य 🎉❤ बिद्द्वान, बुद्दीजिबीहरू चै बोक्रा लाग्यो वहाँको सरलता देख्दा
@rupathapa7646
@rupathapa7646 11 месяцев назад
Best combination of Interviewer and Interviewee. Very informative ❤❤❤❤
@chirankandel604
@chirankandel604 10 месяцев назад
युटुबे लफङगा जसले हावा कुरा गरेर नेपाली जन्तालाइ बेवकुफ मात्रै बनाउने काम गर्छ्न ती दर्सकले यो इन्टरभिउ सुने भने बल्ल अलिक कुरा बुझने हुन्थेकी?
@santoshpaneru5768
@santoshpaneru5768 10 месяцев назад
तेस समयमा केही बेक्तिहरुको काठमाडौंमा नातेदार भयका बेक्तीहरुले मात्र पढ्न सक्ने हैसियत थियो तेसैले येस्ता बेक्ती ले नै यो देशको भन्दा बिदेसी को गीत गाउछन।😊
@dipakpaudel9057
@dipakpaudel9057 11 месяцев назад
प्रशारण को प्रतीक्षा मा थिए 🙏🙏🙏
@prabashkhatri6593
@prabashkhatri6593 10 месяцев назад
दोश्रो पटक चाडै उहाँ सगै अन्तर्वार्ता गरेको हेर्न सुन्न पाइयोस नमस्कार के था फेरि समयले छुटाउने पो हो कि?
@chetansunar4478
@chetansunar4478 11 месяцев назад
हार्दिक नमस्कार ❤
@Bikramthakuri999
@Bikramthakuri999 10 месяцев назад
अब देखि नेता नाबोलाउनु होला है टिकाराम ज्यु....
@jengurung5539
@jengurung5539 11 месяцев назад
Great perspective 🙏🏼
@krishnagosain1494
@krishnagosain1494 11 месяцев назад
Very very fruitful interview. Thanks both of you. God bless you to think about nationality more and more.
@prembhattarai8644
@prembhattarai8644 10 месяцев назад
महान बिद्वान जयराज सर लाई पुन: अर्को पटक ल्याउनु पर्योअनि विविध पक्छ को उजागर गर्नु पर्यो टीकाराम सर!
@sanjeevbabukafle6288
@sanjeevbabukafle6288 4 месяца назад
उहाँहरु जस्तो शालिन सरल बिद्द्वान पनि त हुनुहुन्छ केहि सिके त हुन्थ्यो नि ।
@bhubandevkota553
@bhubandevkota553 11 месяцев назад
Yesto baudik byektitwo ko bichar sunda man harsa le bivor vayo
@dharmachandranepal4029
@dharmachandranepal4029 10 месяцев назад
विनयी व्यक्तिमा घमण्डीपन भेटीदैन,छचल्किने त अाधा गाग्री हो,
@duryousuk4525
@duryousuk4525 11 месяцев назад
Great!
@Sunsar1
@Sunsar1 Месяц назад
Oho 9 months aagadiko raichha ...miss garechhu ..aaja ahile sundaichhu with tears rolling down my face 😢😭 Dhanyabad Yatri jyu ani Dr acharya jyu ... Bidwatwaka kura sunda herda ...kati khusi lagdo raichha ...maan variyera aaierahane🥹 🤍🙏
@arunrai51704
@arunrai51704 11 месяцев назад
जयराज आचार्य सरलाई भेट्ने मौका मिलेको थियो टिकाराम सर
@nirBikramThakuri5
@nirBikramThakuri5 11 месяцев назад
यस्ता विद्दान को अन्तर्वाता फेरि हेर्न सुन्न पाइयोस् सर❤❤❤❤❤ यो अन्त्य होइन सुरुवात बनोस् धेरै राम्रा कुराहरु सुन्न सिक्न पाइयो धन्य छु दुवै जना प्रति
@bharatranapaheli8345
@bharatranapaheli8345 11 месяцев назад
टिकाराम सर उहाले गर्नु भए योगदान एकै बर्स गर्नु तीन बिसय पाउनु भए गोल्ड मोडेल पाउनु भए उहाँ मा नर्म सरलता देखिन्छ । तर उहाले गर्नु भए योगदान मा हजुर घमण्ड देखिन्छ कि जस्तो लागो । सरि सर मैले गलत बुजाइ भयो कि । काम गर्दै सुन्दैछु ।
@ankitakhanal204
@ankitakhanal204 10 месяцев назад
एउटामात्र खराबि भनेको काङ्रेस हुनु हो ।
@tilakbhandari3466
@tilakbhandari3466 11 месяцев назад
naman cha sir
@HariNeupane-x5c
@HariNeupane-x5c 11 месяцев назад
यी यात्री जीको मोदीमोह पनि अचम्मकै छ 😂
@KeshabShah-le4ec
@KeshabShah-le4ec 11 месяцев назад
आहा
@ranjitlama1418
@ranjitlama1418 11 месяцев назад
🙏🙏🇳🇵🇳🇵🇳🇵
@aanchalghimire99
@aanchalghimire99 10 месяцев назад
मैले हेरेका अन्तर्वार्ता मध्येको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट लाग्यो हरेक पक्षको बारेमा बहस आहा यस्तो पो कार्यक्रम ❤
@udayarajniroula-cr1xh
@udayarajniroula-cr1xh 10 месяцев назад
टिकारामजीले मान्छे चिन्नुहुन्छ मित्र ।
@Dinesh_Karki
@Dinesh_Karki 11 месяцев назад
टिकाराम जी 🙏🙏🙏 यस्ता ब्याक्तित्व हरुलाई निम्त्याएको मा। नमन। 🙏🙏🙏
Далее
Ко мне подкатил бармен
00:58
Просмотров 204 тыс.