खरसाङको चानमारी खेल मैदानमा खरसाङ फुटबल एसोसिएसनद्वारा आयोजना गरिएको पहिलो “गोर्खे चेली“ इन्भिटेशनल महिला गोल्ड कप नक आउट फुटबल प्रतियोगिताको आज फाइनल खेल जिटिए चियरमेन तथा नागरी धजे समष्टि सभासद् अञ्जुल चौहानको प्रमुख आतिथ्य अनि विशिष्ट अतिथिहरूमा जीटीए सभासद नवराज छेत्री, श्याम शेर्पा तथा अन्य अतिथिहरूको उपस्थितिमा सम्पन्न भयो। फाइनल खेल ए.एस.ओ.एस कोलकाता एफ०सी० बनाम सिक्किम सोरेङ एफ०सी० माझ सम्पन्न भयो। यस खेलमा सिक्किम सोरेङ एफ०सी०ले कोलकाता एफ०सी० लाई शुन्यको विरूद्ध 1 गोल गरेर पहिलो “गोर्खे चेली“ इन्भिटेशनल महिला गोल्ड कप नक आउट फुटबल प्रतियोगिता हत्याउन सफल भएका छन्।
आजको खेलको स्टार अफ दी म्याच कोलकाताका खेलाड़ी तित्ली सरकार, प्लेयर अफ-दी टुर्नामेन्ट, हायेस्ट गोल स्कोरर, अनि बेस्ट गोल किपर सिक्किम सोरेङ एफ०सी०का खेलाड़ीहरू क्रमैले निमिता गुरूङ, सिम्रन गुरुङ अनि गुर्ने तामाङ रहेका थिए। यस प्रतियोगिताको आयोजना बारे खरसाङ फुटबल एसोसिएशनका अध्यक्ष छिरिङ खाइबा अनि सुदिप राईले यसरी थप बताएका छन्
16 фев 2023