यहाँलाइ थाहा हाेस्, क्रान्तिजी जन्मनुभन्दा पहिल्यै कविता अालेका गीत अति लाेकप्रिय भइसकेका थिए । कविता अालेले गाएका गीत सप्पै कण्ठस्थ नहुने मानिस मेराे गाउँमा काेही थिएनन् कुनै बेलामा । मलाइ साेध्नुहुन्छ भने क्रान्ति अालेकाे एउटा गीत पनि मलाइ कण्ठस्थ छैन, तर कविता अालेका सात अाठ गीत म मजाले सप्पै गाउन सक्छु । म बर्मा घुम्न जाँदा बर्मेली नेपालीले कविता अालेका गीत गाएर मलाइ अाँसुमय बनाएका थिए । अरू कुनै नेपाली गायक त्यहाँ अघिल्लाे पुस्ताले चिन्दैन रहेछन् । नयाँ पुस्ताका बीचचाहिँ नेपाली गायकहरू प्रायः सबै चिन्दा र गाउँदा पनि रहेछन् ।