Тёмный

पिली आक्रमण पछि माओवादीको कब्जामा ४० दिन / नेपाली सेनाको भोगाई - pili kalikot 

The Nepalese Civil War
Подписаться 50 тыс.
Просмотров 91 тыс.
50% 1

नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
------------------------------------------------
याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
धन्यवाद !
#Maoist_Attacks_pili_Base_Camp
#Maoist_Revolution
The Nepalese Civil War is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed.

Опубликовано:

 

10 ноя 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 184   
@max7272
@max7272 2 года назад
उहाको फोन मार्फत दिएको अन्तर्बार्ता भएनी सबै भन्दा मजा रमाइलो अनि दुख लाग्दो पनि लागो। सोद्ने र भन्ने उस्स्तै उस्तै परे पछि सुन्नेलाइ धेरै मजा हुदो रहेछ मगर पर्नु भएछ युवती गार्ड र युबतिनै हेल्थे असिस्टेन्ट अझ छुटै कोठामा बस्ने खाने सुत्त्ने😂 लफाले एक चोटि घर पल्टन नै हिर्से होला साची। अनि दुखद कुरो २० गते पट्रोल गएको टिम लाई गलत बुझाइमा आत्तिएर दुस्मन भनी गोलि हान्दा आफ्नै २ जाना सहकर्मिको मित्यु १ जाना गम्भीर घाइते हुनु एक्दम दुखद हो एहि घटनाकोकारण २३ गतेको लडाइमा जवानहरुमा एक प्रकरको निरासपनले मनसिक असर पर्दा युद्ध कम्जोर बन्यो र अर्को कुरा जुन सुत्केरी आइमाइलाइ तेत्रो दबाइ पानी गरेर उस्को ज्यान शुरक्षित गरि दियो तेइ आइमाइले योत सेनाको डक्टर हो एस्लाइ कच्याले रेटेर मार्नु पर्छ भनेर हान्ने त्यो कस्तो बुद्धि भको आईमाई हो? तेल्लाइ चै अहिले भेटे पनि मै हान्थे घुचुक्मा। पिलि घटनामा कमान्डर हरुकै कम्जोरी देखियो एदि लास्ट ३ पटक्को झट्का अलिबार सहन सके उनिहरु आफै ब्याक हुने इस्थितिमा रहेछ। कमान्डरको गल्तिले धेरै क्षेती र बाकी जवानले दुख पाए।
@chandrakatuwal2089
@chandrakatuwal2089 Год назад
म उहाँलाई चिन्छु । उहाँको सबै कुरा जस्ताको तस्तै छ । मैले एक शब्द पनि नछुटाई सुने । मैले बुकमा लेखजस्तै छन उहाँका कुरा । सत्य कुरा जस्ले बोलेपनि एउटै हुन्छ । He is very honest person. My salute to him.
@youngblood2849
@youngblood2849 2 года назад
दश बर्षे जनयुद्धमा बृहत जनाकारी राख्ने उहाँ पत्रकारले हाम्रो अपेक्ष्या भन्दा अझै गाहिराईमा पुगेर प्रश्न सोध्नु भयो ! धन्यवाद !! साथै नेपाली सेनाका उहाँ बहादुर सिपाहीलाई सलाम !! ५७ मिनेटमा आँशु थाम्न सकिएन 😥😥 !
@sirnare3408
@sirnare3408 2 года назад
घटनामा कति गहिरिएर प्रश्न गरे यी पत्रकारले भन्ने एउटा उदाहरण : त्यो भिर बाट चिप्लिने कप्तान साब के भयो होला भन्ने मेरो पनि मनमा लगिरहेको थियो तर अन्तिम सम्म बिर्सेको रहेनछन् पत्रकारले . धन्यवाद नेपाली सेनाका जवानलाई पनि film हेरे जसरि प्रस्ट पारिदिनु भयो , बोलि पनि कति मिठो रहेछ नेपाली सेनाका बहादुर जवानको !! हामीलाई अडियो वा भिडियो मतलब भएन सत्य तथ्य सहित छिटो छिटो भिडियो लिउनु पर्यो
@GaneshThapa99
@GaneshThapa99 2 года назад
त्यही पापले गर्दा कालीकोटे बेलाबेलामा गाडी पल्टेर हैजा लागेर मरीरन्छन् । दैबको लीला......।।।।
@khimthapamagar3043
@khimthapamagar3043 2 года назад
माओवादी आतङककारी मुर्दावाद
@rupbahadurthapa9259
@rupbahadurthapa9259 2 года назад
सार्है दर्द्नाक ती दिन्का भोगाइ । सलाम छ नेपाली सेनालाई । इन्टरभिउ पुरै पुर्फेक्ट छ ।
@rkleezonbabuthakuri2149
@rkleezonbabuthakuri2149 2 года назад
त्यसैले त गर्व छ मलाई नेपाली सेना भएर आज जिउनु मा।।
@anojmagar6207
@anojmagar6207 Год назад
पत्रकार ज्यु लाई नमन्🙏अन्तरबार्ता मा त्यो चिप्लेर समात समात मलाई भन्ने क्याप्टेन के भो होला भनेर कौतुहुल लागिराथ्यो। अन्त्यमा सोधिदिनु भो प्रष्ट भयो।स्रोताको मन जित्ने भनेको यसरी हो।
@nabinshrestha8781
@nabinshrestha8781 2 года назад
चोर माओवादीले गर्दा जुम्ला कर्णलीको आज यो हालत छ।।। सडक सञ्चार ऊर्जा विहिन बनाएर देशलाई ध्वस्त बनाए।।।सलाम छ वीर नेपाली सेना त्यस्तो जोखिम मोलेर देश विकास निर्माणमा लागि परेकोमा।।।।
@chhabichhetri2749
@chhabichhetri2749 2 года назад
सुंदा सुंदै १घण्टा५६ मिनेट मा मेरो आशु नै आयो😢
@rameshthadarai1453
@rameshthadarai1453 2 года назад
आज यो अन्तवार्ता सुनिसके पछि जुनसुकै क्षेत्रमा पनि राक्षेसी स्वभाब हुदो रहेछ भन्ने कुरा प्रमाणित भयो माओवादी साथीहरुको पनि धेरै अन्तर्वार्ताहरु हेर्ने सुन्ने गरेको थिए उहाहरुले पनि हामीले घाइते सेना भेटाए पछि उपचार गर्थेउ मार्ने काम कहिले पनि भएन भन्नु हुन्थ्यो तर आज यो अन्तर्वार्ता सुनिसके पछि थाहा भयो उनीहरु कति गलत थिए भन्ने कुरा त्यसैले कुनै पनि कुरा गर्दा आफ्नो गल्तीलाई स्वीकार गर्नु पर्छ जसरि आज यी नेपाली सेनाको दाजुले गर्नु भयो। घाइते हुदा राम्रो व्यक्ति पर्यो भने आर्मी को मा पनि बचेका छन् माओवादीको मा पनि तर गलत व्यक्तिको हातमा परेसी नत आर्मी बाचे नत माओबादि। तर यो लडाइमा मर्ने सबै माओवादी र आर्मी योद्दा प्रति सम्मान आखिर जो मरे पनि आफ्नै दाजु भाइ दिदि बहिनि मरे।
@rujalthapa6395
@rujalthapa6395 Год назад
फोन भय पनि पुरै सुन्दा ठाउँ ठाउँमा रुन मन लाग्छ हाम्रो देस आर्मी दाजुभाइ कम्ताको बिरता प्रतित गर्नु भाको छ भन्ने तारिफ गरेर साद्द्य छैन ।
@user-dq6el7ze7c
@user-dq6el7ze7c 2 года назад
गर्व लाग्छ शाही सेना हुनु मा,जय देश जय रास्ट्रबाद 🇳🇵
@chandrabhandari8065
@chandrabhandari8065 2 года назад
पिलि, खारा र गणेशपुर यी तीन घटना हरु को बारेम जति सुन्यो सुनौ सुनौ लाग्ने क्या
@deekaucha2446
@deekaucha2446 2 года назад
सुन्दर प्रस्तुति , उत्कृष्ट लाग्यो तपाइको खोज पत्रकारिता अनि हामि नेपालि ले भोगेको कहालि लाग्दो युद्द इतिहास को दुख लाग्दो अनुभुति हरु प्रस्तुत गरिदिनु भएकोमा धन्यवाद , ति सुत्केरि महिला लाइ पनि भगवान् ले सद्बुद्दि दिउन । अझै धेरै अपेक्ष्या गर्दछु
@premsinghkarki2818
@premsinghkarki2818 2 года назад
माओ बादिको इन्टरब्यु नलिए हुन्छ साला हरु एक कुरानि सहि भन्दै न जाठा हरु बिमल राज बाहेक सब हावा कुरा गर्छन
@sudeepmagarmagar4393
@sudeepmagarmagar4393 Год назад
दुस्मनलाई पनि दयामाया देखायर अाफ्नो नैतिकता प्रस्तुत गर्ने योद्दाहरुलाई सलाम ।छ ।
@user-ob7rb5ef5q
@user-ob7rb5ef5q Год назад
दुख तर हलुका रमाइलो पनि सारै राम्रो शीत सुनाउनु भो आफ्नो कथा
@madansingh7312
@madansingh7312 2 года назад
अति सुन्दर अन्तरबार्ता जय नेपाली सेना
Далее